सुनको भाउ ३ सयले घट्यो

अर्थ / व्यापार

स्वतन्त्रता दिवसको अवसरमा भारतले नेपाललाई दियो ३० एम्बुलेन्स



अर्थ / व्यापार प्रकाशित मिति:

काठमाडौं :
भारतले नेपाललार्इ ३० वटा एम्बुलेन्स र ६ वटा बस उपलब्ध गराएको छ ।

भारतको ७२ औं स्वतन्त्रता दिवसको अवसरमा नेपालस्थित भारतीय दूतावासले नेपालका विभिन्न अस्पताल, परोपकार संस्था तथा शैक्षिक संस्थाहरुलाई एम्बुलेन्स र बसहरु उपलब्ध गराएको हो ।

लैनचौरस्थित दूतावासमा बुधबार आयोजित समारोहमा भारतीय राजदूत मञ्जीवसिंह पुरीले नेपालका बिभिन्न संघ, संस्थाहरुलाई एम्बुलेन्स तथा बसहरु हस्तान्तरण गरेका हुन् ।

समारोहमा भारतीय सेनामा गइ वीरगति प्राप्त गरेका तथा अपाङ्गता भएका नेपालका परिवारलाई ५ करोड ३५ लाख नगद तथा कम्मल पनि वितरण गरिएको थियो ।

भारतीय स्वतन्त्रता दिवसकै अवसर पारेर भारतले यसअघि नै विभिन्न सामाजिक संघसंस्थालाई ६ सय ९२ वटा एम्बुलेन्स, १३६ वटा बस उपलब्ध गराइसकेको छ ।

समारोहमा भारतीय राजदूत पुरीले भारतीय राष्ट्रपति रामनाथ कोविन्दले देशवासीको नाममा दिएको सन्देश पढेर सुनाएका थिए ।
सन्देशमा भारत स्वतन्त्र भएको ७१ वर्षयताका उपलब्धिहरुको चर्चा गरिएको छ ।

समारोहमा भारतीय दूतावासका कर्मचारीहरु, उनीहरुका परिवारलगायत नेपालमा रहेका भारतीय समूदायको सहभागिता रहेको थियो ।

समारोहमा भारतीय सांस्कृतिक केन्द्र, केन्द्रीय विद्यालय, मोर्डन इन्डियन स्कुलका विद्यार्थीहरुले देशभक्तिपूर्ण गीत गाएका थिए । साभार अनलाईन खबर
करोडौंका सवारी कवाडी बन्दै - 2018-06-01
चन्द्रपुर : २०६६ असार १८ गते तत्कालीन पौराई गाविस ६ का लालबहादुर जिम्मा समेतले अवैध काठ तस्करी गर्न लाग्दा वनले बरामद गरेको ना२ख ३४६६ नम्बरको ट्रक सड्दै गएको छ ।

पुल को लागी भन्दै अवैधरुपमा क्रसर संचालन गरेर गिट्टी बिक्री - 2018-05-26
रौतहट १२ जेठ // रौतहटको समनपुरघाट मा निमार्णाधिन पुलको केही मिटर पर क्रसर संचालनमा रहेको छ । बर्षौ अघि देखि समनपुरघाटमा उक्त क्रसर संचालनहुदै आएको भएपनि स्थानिय प्रशासन तथा सरोकारवाला निकायले ध्यान दिएको थिएन ।

हजारौँ किसानको करोडौँ रुपैया बाँकी - 2018-05-26
रौतहट १२ जेठ // श्रीराम सुगर मिल्स लिमिटेडले हजारौँ किसानको करोडौँ रुपैया बाँकी राखेको समस्यामा परेको किसानहरु बताउँछन्।

नर्सरी व्यवसायी संग अन्र्तकृया - 2018-05-22
रौतहट ८ जेठ // रौतहटको चन्द्रनिगाहपुरमा नर्सरी तथा केराखेती गर्दै आएका व्यवसायीक किसानहरु संग अन्र्तकृया कार्यक्रम गरीएको छ ।

वीरगन्ज नाकाको व्यापारघाटा बढ्यो - 2018-05-17
वीरगन्ज : भारत र तेस्रो मुलुकतर्फको निर्यात घट्दै गएपछि पछिल्लो समय वीरगन्ज नाकाको व्यापार घाटा उच्च बनेको छ । गत आर्थिक वर्षको साउनदेखि वैशाखसम्मको तुलनामा चालु आवको सोहीअवधिमा वीरगन्ज नाकाको व्यापार घाटा ५६ अर्ब चार करोड रुपैयाँ बढी भएको छ ।

‘आगामी आर्थिक वर्षबाट निकुञ्जको विकास अघि बढ्छ’ - 2018-05-16
सिमरा : पर्सा राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत हरीभद्र आचार्यले आगामी आर्थिक वर्षबाट निकुञ्जको अवधारणा अनुरुपको विकास आरम्भ हुने बताएका छन् ।

प्रदेश २ को विकासका लागि १ अर्ब सहायता दिने मोदीको घोषणा - 2018-05-11
जनकपुरधाम : भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले जनकपुर र आसपासका क्षेत्रको विकासका लागि १ अर्ब सहायता दिने घोषणा गरेका छन् ।

नर्सरीको हरियाली संगै जीवनमा खुशियाली - 2018-05-01
कटहरिया : ‘परिश्रमको फल मिठो हुन्छ’ रौतहट जिल्लाको कटहरीया नगरपालिका वाड न. ८ पिप्रा पोखरीया वस्ने सुमिन्त्रा देवी साहको भनाई हो उनी एक सफल उधमी महिलाको रुपमा चिनिन थालेकी छन् ।

गौतम होटलले धुर्मुस सुन्तली लाइ मुनाफाको ३० प्रतिशत दिने - 2018-04-28
रौतहट १५ बैसाख // रौतहटको चन्द्रनिगाहपुर सुबिधा सम्पन्न होटलको उद्घाटन हास्य कलाकार धुर्मुस र सुन्तलीले गरेका छन ।

PREV 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 NEXT

English News



1364470 Times Visited.

Suprim Sanchar Pvt. Ltd.
Main Raod, Chandranighapur -1, Chandrapur Municipality, Rautahat
Mobile: 9855041125
http://www.kalampati.com
Email: kalampati@gmail.com
द. न. ४११
सचालक/ सम्पादक : फणि महत
Contact Us
All right reserved 2017 © Suprim Sanchar Pvt. Ltd.
Powered by :
Top