सुनको भाउ ३ सयले घट्यो

अर्थ / व्यापार

चिनी मिलले ३१ करोड भुक्तानी गरेन



अर्थ / व्यापार प्रकाशित मिति: कलमपाटी

रौतहट २४ भदौ//
श्रीराम सुगर मिल गरुडालाइ किसानको बाकी रहेको उखुको रकम भुक्तानीका लागी पहल गरी दिन उधोग वाणिज्य तथा आपुर्ती मन्त्रालय संग जिल्ला प्रशासन कार्यालयले अनुरोध गरेको छ ।

गएको  आर्थिक वर्षमा मिलले खरिद गरेको उखु वापतको १४ करोड ५० लाख र अघिल्लो तीन आर्थिक बर्षको १६ करोड ५० लाख  भुक्तानी बाकी रहेको छ ।

सिडिओ गोबिन्द प्रसाद रिजालले मिलको  स्थलगत अनुगमन गरी उद्योगका महाप्रबन्धक पिके झालाई रकम भुक्तानी गर्न मौखिकरुपमा समेत निर्देशन गरेका हुन ।

जिल्ला प्रहरी प्रमुख, नेपाली सेना, सशस्त्र प्रहरी, कर कार्यालय प्रतिनिधी, आन्तरिक राजस्व प्रतिनिधी , घरेलु तथा साना उद्योग कार्यालयका प्रमुखहरुले मिलको अनुगमन गरेका थिए । 

जिल्लाका करीव १४ हजार किसानले उखु खेती गर्दै आएका छन । अधिकाश किसानहरुको भुक्तानी बांकी छ ।

  किसानको करोडौ रकम भुक्तानी नगरेको ले रौतहटका किसान पिडित रहेको उखु उत्पादक संघ रौतहटका अध्यक्ष अशोक यादवले बताएका छन ।


एक हप्तामा एनसेलबाट ६० लाख बढी बाढीपहिरो अलर्ट एसएमएस - 2017-08-16
एनसेलले गत एक हप्तामा ६० लाख बढी बाढीपहिरो अलर्ट एसएमएस प्रेषित गरेको छ । साउन २४ देखि साउन ३०सम्म बाढी प्रभावित तथा बाढीपहिरोको उच्च जोखिम रहेका देशका विभिन्न स्थानहरुमा बसोबास गर्ने ग्राहकहरुलाई ६० लाख भन्दा बढी बाढीपहिरोको सम्बन्धी पूर्वसूचना पठाएको हो ।

पाँच रुपैयाँको नयाँ नोट साउन ३१ बाट चलनचल्तिमा आउने - 2017-08-14
नेपाल राष्ट्र बैंकले यही मंगलवारबाट ५ रुपैयाँको नयाँ नोट चलनचल्तिमा ल्याउने भएको छ । हालको नोटमा रहेको जस्तो तलेजु भवानीको मन्दिरको चित्र नयाँ नोटमा रहने छैन् ।

नेपाल बैंकको नाफा पनि ३ अर्बमाथि, खुद व्याज आम्दानी ५ अर्ब - 2017-08-14
गत आव २०७३/७४ मा नेपाल बैंकको नाफा करिब १२ प्रतिशतले बढेर ३ अर्ब २१ करोड रुपैयाँ पुगेको छ । अघिल्लो आव २०७२/७३ मा भने बैंकको नाफा २ अर्ब ८८ करोड रहेको थियो ।

पेट्रोलियम व्यवसायीको आन्दोलन फिर्ता, अब सहज रुपमा इन्धन पाइने - 2017-08-11
पेट्रोलियम व्यवसायीले आन्दोलनका कार्यक्रम फिर्ता लिएका छन् । नेपाल आयल निगमले माग सम्बोधन गर्ने आश्वासन दिएपछि व्यवसायीले आन्दोलनका कार्यक्रम फिर्ता लिएका हुन् ।

पुर्वाधार बिकास बैंकमा विदेशी संस्थाले ८५ प्रतिशतसम्म लगानी गर्न सक्ने - 2017-08-11
राष्ट्र बैंकले शुक्रवार पुर्वाधार बिकास बैंक सम्बन्धि नीतिगत व्यवस्था २०७४ सार्वजनिक गरेको छ ।

कृषि विकास बैक चन्द्रपुर शाखा ४ करोड नाफामा - 2017-08-10
रौतहटको चन्द्रनिगाहपुरमा रहेको कृषि विकास बैकको शाखाले आर्थिक वर्ष २०७३÷०७४ मा ३ करोड ९१ लाख नाफा गरेको छ । सोही आर्थिक वर्षमा १५ करोड ८५ लाख निक्षेप संकलन र ६९ करोड ६ लाख कर्जा लगानी गरेको छ ।

भानु नगरपालिकाको बजेट ५२ करोड ४७ लाख - 2017-08-07
तनहुँको भानु नगरपालिकाको नगरपरिषद्ले चालु आर्थिक वर्षका लागि ५२ करोड ४७ लाख ३३ हजार रुपैयाँको अनुमानित बजेट सार्वजनिक गरेको छ ।

बारामा एक अर्बको चैतेधान उत्पादन - 2017-08-04
बारामा आर्थिक वर्ष २०७३/७४ मा रु.(एक अर्ब नौ करोड ९४ लाख १३ हजार) बराबरको ५२ हजार ३५३ मेट्रिक टन चैते धान उत्पादन भएको छ ।

लगानी बोर्डको उपाध्यक्षमा अर्थमन्त्री - 2017-08-04
प्रधानमन्त्री शेरबहादुर देउवाले अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई लगानी बोर्डको उपाध्यक्षको जिम्मेवारीसमेत तोकेका छन् ।

PREV 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 NEXT

English News



1693060 Times Visited.

Suprim Sanchar Pvt. Ltd.
Main Raod, Chandranighapur -1, Chandrapur Municipality, Rautahat
Mobile: 9855041125
http://www.kalampati.com
Email: kalampati@gmail.com
द. न. ४११
सचालक/ सम्पादक : फणि महत
more...
कम्पनी दर्ता : १५३७६१/०७३/०७४
सुचना बिभाग दर्ता : ४११, चन्द्रपुर ४, रौतहट
All right reserved 2017 © Suprim Sanchar Pvt. Ltd.
Powered by :
Top