सुनको भाउ ३ सयले घट्यो

अर्थ / व्यापार

चिनी मिलले ३१ करोड भुक्तानी गरेन



अर्थ / व्यापार प्रकाशित मिति: कलमपाटी

रौतहट २४ भदौ//
श्रीराम सुगर मिल गरुडालाइ किसानको बाकी रहेको उखुको रकम भुक्तानीका लागी पहल गरी दिन उधोग वाणिज्य तथा आपुर्ती मन्त्रालय संग जिल्ला प्रशासन कार्यालयले अनुरोध गरेको छ ।

गएको  आर्थिक वर्षमा मिलले खरिद गरेको उखु वापतको १४ करोड ५० लाख र अघिल्लो तीन आर्थिक बर्षको १६ करोड ५० लाख  भुक्तानी बाकी रहेको छ ।

सिडिओ गोबिन्द प्रसाद रिजालले मिलको  स्थलगत अनुगमन गरी उद्योगका महाप्रबन्धक पिके झालाई रकम भुक्तानी गर्न मौखिकरुपमा समेत निर्देशन गरेका हुन ।

जिल्ला प्रहरी प्रमुख, नेपाली सेना, सशस्त्र प्रहरी, कर कार्यालय प्रतिनिधी, आन्तरिक राजस्व प्रतिनिधी , घरेलु तथा साना उद्योग कार्यालयका प्रमुखहरुले मिलको अनुगमन गरेका थिए । 

जिल्लाका करीव १४ हजार किसानले उखु खेती गर्दै आएका छन । अधिकाश किसानहरुको भुक्तानी बांकी छ ।

  किसानको करोडौ रकम भुक्तानी नगरेको ले रौतहटका किसान पिडित रहेको उखु उत्पादक संघ रौतहटका अध्यक्ष अशोक यादवले बताएका छन ।


सरकारले टेलिकमलाई सोध्यो-धरहरा बनाउने कि नबनाउने ? - 2017-09-08
राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले नेपाल टेलिकमलाई पाँच दिनभित्र धरहरा पुनर्निर्माणसम्बन्धमा आफ्नो आधिकारिक प्रस्ताव एवं धारणा तयार गरी प्राधिकरणसमक्ष पेश गर्न निर्देशन दिएको छ ।

प्रधानमन्त्री तहमा नसल्टिएको विषयमा सचिवलाई र्‍याखर्‍याख्ती - 2017-09-08
प्रधानमन्त्रीको तहमा नसल्टिएको विषयमा बैठक डाकेर संसदीय समितिले सचिवलाई र्‍याखर्‍याख पारेको छ ।

वीरगञ्‍ज भन्सारबाट ८६ हजार नक्‍कली अन्तशुल्क स्टिकर बरामद - 2017-09-05
नेपालमा उत्पादित शीलबन्दी मदिराको बोत्तलमा आन्तरिक राजश्व विभागले टाँस्ने अन्तशुल्क स्टिकर ठूलो परिमाणमा बरामद भएको छ।भारतबाट ल्याइएको नक्कली अन्तशुल्क स्टिकर वीरगन्ज भन्सार कार्यालयमा जाँच पासका क्रममा बरामद भएको हो।

‘अवरोध नभए पाँच वर्षमै निजगढ विमानस्थल' - 2017-09-03
बारामा निर्माण गर्न लागिएको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल पाँच वर्षभित्र पूरा गर्न सकिने निष्कर्ष निकालिएको छ।

नेपाली बोरामा भारतीय चामल - 2017-08-30
चामल तस्करहरुले रौतहटमा नयाँ उपाय शुरु गरेको रहस्य खुलेको छ । नेपाली बोरामा भारतीय चामल राखेर ओसारपसार गर्दै गरेको अवस्थामा सशस्त्र प्रहरीले बरामद गरे पछि तस्करीको नयाँ तरीका खुलेको हो ।

गोदाममा बाढी पस्दा खाध्यान्न नष्ट, करौडौको क्षेती - 2017-08-25
गोदाममा भण्डारण गरी राखेको खाध्यान्नहरु बाढी पस्दा रौतहट गौर मा मात्रै १५ करोड भन्दा बढीको खाध्यान्न नष्ट भएको छ ।

देशका २० स्थानमा कलात्मक ‘सिग्नेचर’ पुल बन्ने - 2017-08-21
संसारमा त्यस्ता धेरै पुलहरु छन्, जुन पर्यटकीय हिसावले पनि महत्वपूर्ण मानिन्छिन् । युरोपेली मुलुकहरुमा आकर्षक तरिकाले बनाइएका पुल पर्यटकका लागि आकर्षणको केन्द्रमा पर्छन् ।

भोलिबाट सवारी धनीलाई आर्थिक भार थपिदै - 2017-08-20
सरकारले सोमबारदेखि सवारीसाधनमा उच्च प्रविधिको ‘इम्बोस्डु नम्बर प्लेट जडान गर्ने भएको छ । इम्बोस्ड नम्बर प्लेट जडानपछि सवारीसाधनको सम्पूर्ण अवस्था एकै स्थानबाट जानकारी लिन सकिनेछ ।

टेलिभिजन र भैंसी धितो राखेर पनि ऋण लिन सकिने - 2017-08-17
अब टेलिभिजन, घरपालुवा चौपाया, घरायसी सामानलगायत सबैजसो चल सम्पत्ति धितो राखेर पनि कर्जा लिन सकिने भएको छ । आपसी समझदारीका आधारमा हुने व्यक्तिगत वा संस्थागत लेनदेनलाई सुरक्षित बनाउन सरकारले धितो दर्ता गर्ने व्यवस्था बिहीबारदेखि लागू गरेको छ ।

PREV 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 NEXT

English News



1693124 Times Visited.

Suprim Sanchar Pvt. Ltd.
Main Raod, Chandranighapur -1, Chandrapur Municipality, Rautahat
Mobile: 9855041125
http://www.kalampati.com
Email: kalampati@gmail.com
द. न. ४११
सचालक/ सम्पादक : फणि महत
more...
कम्पनी दर्ता : १५३७६१/०७३/०७४
सुचना बिभाग दर्ता : ४११, चन्द्रपुर ४, रौतहट
All right reserved 2017 © Suprim Sanchar Pvt. Ltd.
Powered by :
Top