सुनको भाउ ३ सयले घट्यो

अर्थ / व्यापार

चिनी मिलले ३१ करोड भुक्तानी गरेन



अर्थ / व्यापार प्रकाशित मिति: कलमपाटी

रौतहट २४ भदौ//
श्रीराम सुगर मिल गरुडालाइ किसानको बाकी रहेको उखुको रकम भुक्तानीका लागी पहल गरी दिन उधोग वाणिज्य तथा आपुर्ती मन्त्रालय संग जिल्ला प्रशासन कार्यालयले अनुरोध गरेको छ ।

गएको  आर्थिक वर्षमा मिलले खरिद गरेको उखु वापतको १४ करोड ५० लाख र अघिल्लो तीन आर्थिक बर्षको १६ करोड ५० लाख  भुक्तानी बाकी रहेको छ ।

सिडिओ गोबिन्द प्रसाद रिजालले मिलको  स्थलगत अनुगमन गरी उद्योगका महाप्रबन्धक पिके झालाई रकम भुक्तानी गर्न मौखिकरुपमा समेत निर्देशन गरेका हुन ।

जिल्ला प्रहरी प्रमुख, नेपाली सेना, सशस्त्र प्रहरी, कर कार्यालय प्रतिनिधी, आन्तरिक राजस्व प्रतिनिधी , घरेलु तथा साना उद्योग कार्यालयका प्रमुखहरुले मिलको अनुगमन गरेका थिए । 

जिल्लाका करीव १४ हजार किसानले उखु खेती गर्दै आएका छन । अधिकाश किसानहरुको भुक्तानी बांकी छ ।

  किसानको करोडौ रकम भुक्तानी नगरेको ले रौतहटका किसान पिडित रहेको उखु उत्पादक संघ रौतहटका अध्यक्ष अशोक यादवले बताएका छन ।


मन्त्रीद्वारा जनकपुर-जटही सडक अनुगमन, छिटो काम सक्न निर्देशन - 2018-03-10
जनकपुरधाम : जनकपुर-जटही सडक निर्माण सुस्त भएको गुनासो बढेपछि भौतिक पूर्वाधार तथा विकासमन्त्री जितेन्द्र सोनलले शुक्रबार स्थलगत अनुगमन गरी छिटो काम सक्न ठेकेदारलाई निर्देशन दिएका छन्।

वीरगन्जमा दुई दिनमा ७ करोडको मासु खपत - 2018-03-04
पर्सा : होली पर्वमा वीरगन्ज महानगरमा ७ करोड रुपैयाँभन्दा बढीको माछा मासुको कारोबार भएको छ । जिल्ला माछा मासु व्यवसायी संघका अध्यक्ष अन्सार मन्सुरीका अनुसार बिहीबार र शुक्रबार ७ करोड रुपैयाँको माछा मासुको कारोबार भएको हो ।

सडक निर्माणमा अवरोध - 2018-02-23
बर्दिबास : मुआब्जा वितरण नगरी सम्सी–गौशाला–माईस्थान सडक विस्तार थालेको भन्दै स्थानीयले अवरोध गरेका छन्। २६.९४ किमि लम्बाइ र सात मिटर चौडाइको चार लेन सडक विस्तार हुन लागेको हो।

५ करोडमा वाथ पोइन्ट सेन्टर - 2018-02-22
काठमाडौं । काठमाडौंको वसुन्धरा चौकीसँगै पाँच करोडको लगानीमा वाथ पोइन्ट सेन्टर सञ्चालनमा आएको छ ।

फेमिलिएरका १५ उत्पादन बजारमा - 2018-02-22
काठमाडौं // स्वदेशी आयुर्वेदिक जडिबुटीजन्य बस्तुको उत्पादन तथा बजारीकरण गर्दै आएको फेमिलिएर ब्रान्डले १५ नयाँ उत्पादन सार्वजनिक गरेको छ ।

टन्न मनी दिन्छ भन्ने बन्नी मकैको बिउले किसानको बिचल्ली - 2018-02-17
रौतहट ५ फागुन// हाइब्रिड जातको मकै उत्पादन गरी परीवारको पालनपोषण गर्ने आशामा रहेका रौतहटको गैडाटारका किसान यति वेला निराशामा छन । रौतहटको चन्द्रपुर नपा ३ स्थित गैडाटारका ३ सय भन्दा बढी किसानले लगाएको हाइब्रिड मकैको बोटमा घोगा लागेपनि दाना नफलेपछि किसान चिन्तीत बनेका छन ।

सुुन चाँदी व्यवसायी संघका केन्द्रिय उपाध्यक्ष साह सम्मानित - 2018-01-31
रौतहट १७ माघ // नेपाल सुुन चाँदी ब्यवसायी महासंघ का केन्द्रिय उपाध्यक्ष रामजी साह सम्मानित भएका छन ।

१४ वटै अञ्चलको प्रमुख शहरहरुमा डिस होमको सर्भिस सेन्टर - 2018-01-30
रौतहट १६ माघ// बिक्री पछिको सेवा चुस्त दुरुस्त बनाउनका लागी डिस होमले देशका १४ वटै अञ्चलको प्रमुख शहरहरुमा आफ्नो सर्भिस सेन्टरको स्थापना गरेको छ ।

गढीमाइ नगरको बजेट ३१ करोड भन्दा बढी - 2018-01-24
रौतहट १० माघ// रौतहटको गढीमाइ नगरपलिकाले ३१ करोड भन्दा बढी बजेट प्रस्ताव गरेको छ । बुधवार आर्थीक बर्ष २०७४÷०७५ को निती, बजेट तथा कार्यक्रम प्रस्तुत गर्दै गढीमाइ नगरपालिकाका मेयर श्याम प्रसाद यादवले एक करोड ४० लाख रकम ग्यास सिलिन्डर र चुलो बितरण गर्न छुट्याएको बताएका छन ।

PREV 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 NEXT

English News



1692919 Times Visited.

Suprim Sanchar Pvt. Ltd.
Main Raod, Chandranighapur -1, Chandrapur Municipality, Rautahat
Mobile: 9855041125
http://www.kalampati.com
Email: kalampati@gmail.com
द. न. ४११
सचालक/ सम्पादक : फणि महत
more...
कम्पनी दर्ता : १५३७६१/०७३/०७४
सुचना बिभाग दर्ता : ४११, चन्द्रपुर ४, रौतहट
All right reserved 2017 © Suprim Sanchar Pvt. Ltd.
Powered by :
Top