सुनको भाउ ३ सयले घट्यो

अर्थ / व्यापार

जमिन भाडामा लिएर तरकारी खेती गरेर आम्दानी



अर्थ / व्यापार प्रकाशित मिति:

रौतहट ४ असार//
गुजरा नगरपालिकामा एक सुकुम्वासीले जमिन भाडामा लिएर तरकारी खेती गरेर आम्दानी लिइरहेका छन । गुजरा नपा २ कटानीटोलका चन्द्र बहादुर थिङ्गले तरकारी खेती गरेका हुन ।

 बार्षिक प्रति कठ्ठा दुइ हजार जमिन धनीलाइ बुझाउने गरी १२ कठ्ठा जमिन भाडामा लिएका छन । 

भाडामा लिएको १२ कठ्ठा मध्ये करीव ५ कठ्ठा जमिनमा तरकारी खेती गरेका थिङ्गले गएको सिजनमा ६५ हजार नाफा गरेको बताए । 

जनताशिल भुमि अधिकार संगठनबाट ३५ हजार कर्जा लिएर उनले तरकारी खेती शुरु गरेका थिए । कर्जाको रकमले सिचाइ गर्न पानी तान्ने मोटर राखेका छन ।

मल, बिउ सहजरुपमा नपाइने र उचित प्राबिधिक सल्लाह समेत नपाइने हुदा व्यवसायीकरुपमा तरकारी खेती गर्ने किसानहरु पिडित बन्दै आएको उनले बताउका छन ।

गएका सिजनमा बोडी, लौका, करेला, भिन्डी, फर्सी , खुर्सानी उनले उत्पादन गरेका छन । 

पछिल्लो दिनहरुमा श्रीमान श्रीमती नै तरकारी खेतीमा जुटेका छन । मेहनत गर्न सके तरकारी खेती बाट कमाइ हुने उनीहरुको अनुभव रहेको छ ।

अव आउने सिजनमा बढी  जमिनमा तरकारी खेती गर्ने तयारीमा रहेका   थिङ्ग रहेका छन ।

जमिन भाडामा लिएर भएपनि सुकुम्वासीहरु लाइ आत्मनिर्भर बनाउनका लागी भुमि अधिकार मन्चले आयआर्जन कार्यमा आर्थिक सहयोग गर्दै आएको भुमि अधिकार मन्चका रौतहट जिल्ला संयोजक अनुप माझी मुसहरले बताएका छन ।

रौतहट जिल्लाको ५ वटा नगरपालिकोको २१ वटा वडामा सुकुम्वासीहरु संगठीत भएर बिभिन्न आयमुलक कार्यक्रमहरु तथा अकिारका लागी आवाज उठाउदै आएका छन ।

जिल्लामा यस बर्ष दुइ हजार ५ सय ६७ जना सुकुम्वासीले नाम दर्ता गराएका छन ।

फोटो ः रौतहटको गुजरा नपा २ का सुकुम्वासी दम्पती जमिन भाडामा लिएर उब्जाएको तरकारी टिप्दै । 


पानी परेर काचो इटा नष्टहुदा व्यवसायी मर्कामा - 2017-03-15
रौतहट २ चैत्र/ पानी परेर काचो इटा नष्ट भएका कारण रौतहटका इटा व्यवसायीहे करोडौको क्षेती व्यहोर्नु परेको छ । केही दिन अघि परेको बर्षाका कारण रौतहटका ईटा उद्योग क्षेत्रमा करोडौको क्षती भएको व्यवसायीहरुले बताएका छन ।

सुर्तीजन्य पदार्थ बेच्‍न इजाजतपत्र चाहिने, यस्तो छ नयाँ नियम - 2017-03-14
सरकारले धूमपान तथा सुर्ती सेवन गर्ने कार्यलाई न्यूनीकरण, नियन्त्रण तथा नियमन गर्न इजाजत लिएका पसलबाट मात्र बिक्री वितरण गर्न पाइने व्यवस्था आजदेखि लागू गरेको छ ।

देशभर ग्यास अभाव - 2017-03-12
कुल मागको ६५ प्रतिशत मात्रै ग्यास आपूर्ति हुँदा राजधानीसहित देशभर खाना पकाउने ग्यास अभाव सुरु भएको छ ।

प्रत्येक स्थानिय तह लाइ एक करोड दिइने - 2017-03-08
काठमाण्डौ २५ फागुन / सरकारले ७ सय ४४ वटै स्थानीय तहलाइ १ करोडका दरले बजेट बिनियोजन गर्ने भएको छ । ७ सय ४४ स्थानीय तह बनाउने निर्णय लाइ केही दिनमा नै राजपत्रमा प्रकाशित गरेपछि अहिले भएको स्थानिय निकायलाइ हट्ने छ ।

रौतहट उधोग वाणिज्य संघमा जयसवाल - 2017-03-03
रौतहट २० फागुन/ रौतहट उधोग वाणिज्य संघमा कन्थमणी जयसवाल निर्विरोध निर्वाचित भएका छन । शुक्रवार भएको जिल्ला अधिवेशनमा छलफल हुदा जयसवाल सर्वसम्मतीले अध्यक्षमा चयन भएका छन

बाराको दुईवटा सिमानाकाहरु बाट तस्करी बढ्यो - 2017-02-10
बाराको दुईवटा सिमा नाका बाट ब्यापक तस्करी शुरु भएको छ । तस्करले बाराको कचोर्वा र सिमौनगढ नाका हुदै दैनिक लााखौं मुल्यपर्ने भारतिय सामानहरुको तस्करी गरीरहेका हुन ।

जिल्लाकै ठुलो हांस फार्म - 2017-02-05
रौतहट २३ माघ/ रौतहटको पतौरा गाबिसमा व्यवसायिकरुपमा हांस पालन गरीएको छ । मासु तथा अण्डा उत्पादन गर्ने उदेश्यले पतौरा ८ का रामआश्रय साहले निर्मल हांस र्फम स्थापना गरी हांस पालन शुरु गरेका छन ।

भारतमा उत्पादीत सेतो अण्डा नष्ट - 2017-02-04
कलमपाटी २२ माघ / प्रहरीले चेक जाँच गर्ने क्रममा विभिन्न मितिमा रौतहटको गौर क्षेत्र बाट बरामद गरेको भारतमा उत्पादन भएको सेतो अण्डा नष्ट गरेको छ ।

रातो गुलाब यस वर्ष ५० लाख बराबरको आयात गरिने - 2017-02-04
प्रेमको प्रतीक मानिने रातो गुलाब यस वर्षको लागि भारतबाट ५० लाख रुपैयाँ बराबरको आयात गरिने भएको छ ।

PREV 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 NEXT

English News



1143853 Times Visited.

Suprim Sanchar Pvt. Ltd.
Main Raod, Chandranighapur -1, Chandrapur Municipality, Rautahat
Mobile: 9855041125
http://www.kalampati.com
Email: kalampati@gmail.com
द. न. ४११
सचालक/ सम्पादक : फणि महत
Contact Us
All right reserved 2017 © Suprim Sanchar Pvt. Ltd.
Powered by :
Top