अर्थ / व्यापार

पूर्व अर्थ मन्त्री पाण्डेको पहलमा उन्नत गाइ पालन सम्वन्धी अध्ययन



अर्थ / व्यापार प्रकाशित मिति: कलमपाटी

चितवन, १२ मंसिर //
भारतको प्रख्यात दुग्ध उत्पादक व्राण्ड अमुलले नेपालमा उन्नत गाइ पालन गरेर दुध उत्पादन गर्न सकिने विषयमा अध्ययन सुरु गरेको छ ।

व्यवसायिक रुपमा दुग्ध उत्पादन गरी त्यसलाई राम्रो आय गर्न सकिने भन्दै धेरै दुध दिने जातको गाइ पालनको लागि कसरी सहयोग गर्न सकिने भन्ने वारेमा छलफल गरेको छ । चितवनको निर्वाचन क्षेत्र नं. १ का उम्मेदवार तथा पूर्व अर्थ मन्त्री सुरेन्द्र पाण्डेको पहलमा नेपाल आएका प्रतिनिधिले पूर्वी चितवनको रत्ननगरमा व्यवसायिक किसानहरुसंग छलफल गरेको हो ।

निर्वाहमुखी पशु पालनले व्यवसायिकता लिन नसक्ने भन्दै प्रसस्त आम्दानी गर्न सकिने पशु पालन गर्नु पर्ने विषयमा छलफल भएको हो । गाइ पालनका लागि चितवन जिल्ला उर्वर भूमि भएकाले यहाँका किसानलाई एक दिनमा ६० लिटर सम्म दुध दिने गाय पाल्न सकिने विषयमा अध्ययन थालेको हो । अमुल व्राण्ड साउथ एसीया फाउण्डेशनका सचिव राहुल वरुणाले उन्नत गाइ पालन गर्ने किसान तयार भए त्यसको लागि सहयोग गर्न सकिने बताउनु भयो । दैनिक १० देखि २० लिटर दुध दिने गाइ होइन अव ६० लिटर दुध दिने गाइ पाल्न सकिन्छ ।

धेरै दुध पाल्ने र दुध प्रसोधन गरी विभिन्न परिकारहरु बजारमा लान सकिने उनले बताए । त्यसको लागि यहाँको सरकारी निकाय, दुग्ध सहकारीहरु, व्यवसायिक पशु पालन किसानहरु संगको छलफल पछि एउटा नीति लिन सकिने बताए । स्थायी सरकार भएमा काम गर्न सकिने बताएका छन ।

छलफल कार्यक्रममा पूर्व अर्थ मन्त्री सुरेन्द्र पाण्डेले अव निर्वाह मुखि पेशाबाट व्यवसायिक कर्म गर्नु पर्ने बताए ।

 चितवन कृषिको लागि उपयुक्त स्थान भएकालेअहिले सञ्चालन भइरहेका पशु पालनलाई माथि उकासेर व्यवसायिक गर्नु आवश्यक छ । त्यसको लागि स्थायी सरकारले काम गर्न सक्दछ । देश र जनताको पक्षमा रहेर सहयोग गर्ने भए यहाँको किसानको जीवन स्तर माथि उकास्नको लागि आफ्नो पहल कदमी हुने जानकारी दिए ।

 छलफलमा सचिव वरुणाले मिलेर काम गर्न तयार भएको भन्दै मिल प्रोसेसिङ्गको लागि आफ्नो ग्यारेन्टी भएको बताएका छन ।

छलफलमा नेकपा एमालेका जिल्ला उपाध्यक्ष तेजेन्द्रवहादुर खड्का, किसान भागिरथ तिमल्सिना, आनन्द न्यूरे लगायतले सकरात्मक कामको लागि सहयोग गर्ने जानकारी दिए ।

 भारतीय टोली नेता पाण्डेको पहलमा उन्नत गाइ पालनको विषयमा अध्ययन गरी लगानी गर्न चितवन आएको थियो ।

 


उखुको पुर्जी बितरण हुन थाल्यो - 2017-01-03
कलमपाटी १९ पुस उखुको मुल्य निर्धाणमा उखु किसान र उद्योगी सहमति भएको द्ध । रौतहट,बारा,पर्सामा उखु खरिद विक्री कार्य शुरु भएको छ ।

गौर नगरपालिकाको आगामी बर्षको बजेट २१ करोड १० लाख - 2016-12-29
रौतहट १४ पुस / रौतहटको गौर नगरपालिकाको २४ औ नगर परिषद बिहिवार सम्पन्न भएको छ ।

चिनीमिलले सास्ति दिएपछि उँखु किसान सख्खर मिल तर्फ - 2016-12-24
रौतहट ९ पुस / नगदेबाली को रुपमा परीचित उँखुको उचित मुल्य र समयमा भुक्तानी पाउन नसकेका कारण रौतहटका किसानले सख्खर उधोगमा सस्तो मुल्यमा उखु बिक्री गर्न बाध्य भएका छन ।

उखुको मूल्य निर्धारण हुन सकेन - 2016-12-24
काठमाण्डौ ९ पुस/ उखुको मूल्य निर्धारण गर्न शुक्रवार काठमाण्डौमा सरकार , किसानका प्रतिनिधी तथा उधोगीहरु विच बसेको बैठक विना निष्कर्ष टुगिंएको छ ।

मोटरसाईकल सहीत अवैध सामान बरामद - 2016-12-21
कलमपाटी ६ पुस / रौतहटको कटहरीया स्थित प्रहरीको टोलीले मोटरसाईकलमा राखेर भन्सार राजश्व छलेर नेपाल ल्याएको समान बरामद गरेको छ ।

पेट्रोल, डिजल र मट्टितेलको मूल्य बढ्यो - 2016-12-18
कलमपाटी ३ पुस / नेपाल आयल निगमले पेट्रोल, डिजल र मट्टितेलको मुल्य बढाएको छ । आइतबार राति १२ बजेदेखि लागु हुने गरी निगमले मुल्य बढाएको हो ।

सिन्धली महोत्सव पुसको दोस्रो सातादेखि - 2016-12-17
काठमाण्डौ २ पुस सिन्धुली उद्योग बाणिज्य संघले पुसको दोस्रो साता सिन्धुली महोत्सव गर्ने भएको छ । संघले राजधानीमा मंगलबार पत्रकार सम्मेलन गरी आगामी पुस ७ देखि १७ सम्म महोत्सव गर्ने जानकारी दिएको हो ।

मौरीको अनुसन्धान तथा प्रबद्र्धनका लागि सम्झौता - 2016-12-17
काठमाडौं २ पुस इजराएड र कृषि तथा वन विश्वविद्यालय, रामपुरबीच स्थानीय जातका मौरीहरुको अनुसन्धान र प्रवद्र्धन गर्न दुइपक्षीय सम्झौता भएको छ ।

जडिबुटी तथा बनस्पतिको व्यवसायिक उत्पादनमा जोड - 2016-12-13
काठमाण्डौ २८ मंसिर/ बन तथा भू संरक्षणमन्त्री शङ्कर भण्डारीले संसारमा नपाईने दुर्लभ बनस्पती तथा जडिबुटी नेपालमा पाइएको बताएका छन ।

PREV 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 NEXT

English News



678817 Times Visited.

Suprim Sanchar Pvt. Ltd.
Main Raod, Chandranighapur -1, Chandrapur Municipality, Rautahat
Mobile: 9855041125
http://www.kalampati.com
Email: kalampati@gmail.com
द. न. ४११
सचालक/ सम्पादक : फणि महत
Contact Us
All right reserved 2017 © Suprim Sanchar Pvt. Ltd.
Powered by :
Top