बिदेश

सिरिया आक्रमणबारे सुरक्षा परिषदमा छलफल



बिदेश प्रकाशित मिति:

संयुक्त राष्ट्रसंघ :
संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुतेरेसले सिरियामा जारी हिंसा तथा यहाँको हिंसामा प्रयोग भएको भनिएको रासायनिक एवम् घातक हतियारको प्रयोगका बारेमा चासो व्यक्त गरेका छन्।
उनले यस बारेमा सुरक्षा परिषद्का सबै सदस्य राष्ट्रहरूलाई एकताबद्ध हुन आग्रह पनि गरेका छन्। सुरक्षा परिषद्का सदस्य राष्ट्रहरूलाई उनले सिरियाली सैनिकले पछिल्लो समयमा घौटा, इदलिबलगायतका क्षेत्रमा आक्रमण गर्ने क्रममा यस्ता हतियारको प्रयोग गरेको भन्ने व्यापक गुनासो आएकाले यसका लागि सबैको ध्यानाकर्षण गराएका हुन्।

सिरियामा भएको घातक रासायनिक हतियारसहितको आक्रमणको छानबिन गर्न छुट्टै संयन्त्रको माग भएका बेला उनको यस्तो प्रतिक्रिया आएको हो। सिरियामा लगातार रासायनिक आक्रमण भइरहेको भन्दै मंगलबार सुरक्षा परिषद्को बैठकमा सदस्य राष्ट्रहरूले जिम्मेवार र उत्तरदायी बनाउन छुट्टै संयन्त्र आवश्यक रहेको बताएका थिए। महासचिव गुतेरेसका प्रवक्ता स्टेफन डुजेरिकले महासचिवको भनाइ उद्धृत गर्दै भनेका छन्, ‘यस्ता हतियारको प्रयोग भएको पाइयो भने त्यो मानवमाथिको सबैभन्दा ठूलो जघन्य अपराध हो।

त्यसैले यस्ता काममा संलग्न हुने सबैमाथिको कारबाहीका लागि एकताबद्ध भई काम गर्नु जरुरी छ।’ परिषद्का सदस्य राष्ट्रहरूले सिरियामा अन्तर्राष्ट्रिय कानुनको उल्लंघन गर्दै भइरहेका गतिविधि बन्द गर्न छुट्टै संयन्त्र बन्नुपर्ने विषयमा पनि छलफल भएको थियो। गुतेरेसले अपराधको छानबिन गगर्न र यस्ता अपराध प्रमाणित भए भने त्यसमा संलग्नहरूलाई कडा कारबाही गर्न सबैसँग आह्वान गरेका छन्। रासायनिक आक्रमण गम्भीर प्रकारको हिंसा भएकाले यसमा संलग्नलाई कडा कारबाही गर्नुपर्ने सुरक्षा परिषदका सदस्य राष्ट्रहरूको पनि जोड थियो।

मार्च महिनामा परिषद्को अध्यक्षता गरेका राष्ट्रसंघका लागि डेनमार्कका स्थायी प्रतिनिधि कारेलभान ओस्टेरोमले व्यक्तिगत, संस्थागत, समूहगत वा सरकारी तवरबाट यस्ता आक्रमणमा संलग्नहरूको खोजी गर्नुपर्नेमा जोड दिए। महासचिव गुतेरेसले यस्ता हतियारको प्रयोग युद्धअपराधसम्बन्धी कार्य भएको चर्चा गर्दै नागरिकको बाँच्न पाउने अधिकारको हनन हुनु जघन्य अपराध भएको बताएका छन्। गत महिना मात्र पनि अमेरिकाले सिरियाली सेनाले यस्ता हतियार प्रयोग गरिरहेको भन्दै यदि अनुसन्धानबाट यस्तो पाइएमा सिरियामाथि युद्धअपराधमा कारबाही हुने चेतावनी दिएको थियो।

अमेरिकाले सिरियाली सेनाले देशको पूर्वी घौटा क्षेत्रमा विद्रोहीविरुद्धको कारबाहीका क्रममा मानव स्वास्थ्यमा अत्यन्तै नराम्रो असर पार्ने घातक रसायन मिसाइएका हातहतियार प्रयोग गरेको जनाएको थियो।

सिरियाले त्यहाँका विद्रोही र विपक्षीहरूलाई दबाउने क्रममा यस्ता प्रकारका हतियार प्रयोग गर्ने गरेको भनी पहिलेदेखि नै अमेरिका र संयुक्त राष्ट्रसंघले अनुसन्धान र अनुगमन गर्ने गरेका छन्। सिरियाली सरकारले पछिल्लो समयमा जारी राखेको इदलिब, पूर्वी घौटालगायतमा यस्ता घातक हतियारको प्रयोग गरिरहेको सूचना आफूहरूलाई प्राप्त भएको राष्ट्रसंघले जनाएको छ।

यस्ता आक्रमणका कारण यी क्षेत्रबाट मात्र चार लाखभन्दा बढी सिरियाली भागेर अन्यत्र सरेका वा विदेशिएका छन्। त्यस्तै ती क्षेत्रमा ठूलो संख्यामा बालबालिकासहित एक हजारभन्दा बढीको ज्यान पनि गएको छ।

घातक हतियार प्रयोग भएको छैन : सिरिया

सिरिया सरकारले भने विद्रोहीहरूका विरुद्धमा आफ्नो देशमा घातक रासायनिक हतियार प्रयोग गरिएको समाचारको खण्डन गरेको छ। सिरियाली सेनाले घौटा क्षेत्रका साथै इदलिब र हामामा पनि विद्रोहीविरुद्धको कारबाहीका क्रममा घातक रसायन मिसाइएका हातहतियार प्रयोग गरेको भन्दै बदनाम गर्ने प्रयास भएको उसको भनाइ छ। सिरियाली विदेश मन्त्रालयले अमेरिकाले लगाएको आरोप कपोलकल्पित भएको बताएको छ। साभार अनलाईन खबर
जिउँदै गाडिएको शिशु खाल्डोभित्र रोएपछि... - 2017-07-29
भारतको मध्ये प्रदेशमा सात दिनको एक शिशुलाई उनकी आमाले जिउँदै गाडेर छोडेको घन्टौंपछि जीवितै उद्धार गरिएको छ ।

‘श्रीमानलाई यौन सम्बन्धका लागि अस्विकार गर्नु अत्याचार - 2017-07-28
मलेशियाली संसदका एक सदस्यले महिलाले श्रीमानलाई यौन सम्बन्धका लागि अस्विकार गर्नु ‘मानसिक र भावनात्मक अत्याचार’ भएको बताएका छन् ।

भारतलाई चीनको अर्को धम्कीः डोकलाममा भारत तेस्रो पार्टी, सेना नहटाए कश्मिरमा दखल दिनेछौं - 2017-07-28
साउन १३, २०७४ सिक्किमको डोकलाम एरियामा जारी विवादको विषयमा चीनको सरकारी मिडियाले एकपटक पुनः भारतलाई धम्की दिएको छ । चीनियाँ मिडियाले भनेको छ, ‘डोकलाम मसला चीन–भूटान सीमामा विवाद छ ।

उत्तर कोरियापछि इरानद्वारा सफलतापूर्वक रकेट परिक्षण, अमेरिकालाई टाउको दुखाई - 2017-07-28
साउन १३, २०७४ इरानले उपग्रहलाई अन्तरिक्षको कक्षमा स्थापित गर्न सक्षम एक रकेटको सफलतापूर्वक प्रक्षेपण गरेको दाबी गरेको छ ।

उत्तर कोरियाले अर्को क्षेप्यास्त्र परीक्षण गर्ने सङ्केत छैन–दक्षिण कोरिया - 2017-07-27
साउन १२, २०७४ उत्तर कोरियाले तत्कालै अर्को ब्यालेस्टिक क्षेप्यास्त्र परीक्षण गर्ने तयारी गरिरहेको भनिए पनि त्यसको कुनै सङ्केत नभेटिएको दक्षिण कोरियाको रक्षा मन्त्रालयले जानकारी दिएको छ ।

नाकाबन्दी दुई देशको सम्बन्ध बिगार्ने गम्भीर कदम: रूस - 2017-07-27
काठमाण्डौ १२ साउन/ रूसमाथि नाकाबन्दी गर्ने सम्बन्धमा अमेरिकी संसद्ले मंगलबार पास गरेको कानुन रूस र अमेरिकाबीचको सम्बन्ध बिगार्ने एउटा गम्भीर कदम भएको रूसले जनाएको छ।

मुम्बईमा भवन भत्किदा मृत्यु हुनेको संख्या १२ पुग्यो - 2017-07-26
काठमाण्डौ ११ साउन/ भारतको मुम्बईमा मंगलबार एक पाँच तले भवन भत्किँदा मृत्यु हुनेको संख्या १२ पुगेको छ ।

रुस, इरान र उत्तरकोरियामाथि नाकाबन्दी लाउन आज अमेरिकी संसदमा मतदान हुने - 2017-07-25
साउन १०, २०७४ रुस, उत्तर कोरिया र इरानमाथि नाकाबन्दी गर्ने सम्बन्धमा अमेरिकी संसदमा मङ्गलबार मतदान हुदैछ । इरान र उत्तर कोरियामाथि यसअघि पनि नाकाबन्दी जारी नै छ । तर त्यसमा पनि थप नाकाबन्दीका लागि अमेरिकी संसदमा विधेयक लगिने भएको हो ।

भारतलाई चीनको खतरनाक चेतावनी स् चीनले सीमाक्षेत्रमा थप सेना खटाउने - 2017-07-25
साउन १०, २०७४ भारतसंग केही समय अघिदेखि विवाद परिरहेको सीमाक्षेत्रमा थप सेना खटाउने चेतावनी चीनले दिएको छ ।

PREV 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 NEXT

English News



1014924 Times Visited.

Suprim Sanchar Pvt. Ltd.
Main Raod, Chandranighapur -1, Chandrapur Municipality, Rautahat
Mobile: 9855041125
http://www.kalampati.com
Email: kalampati@gmail.com
द. न. ४११
सचालक/ सम्पादक : फणि महत
Contact Us
All right reserved 2017 © Suprim Sanchar Pvt. Ltd.
Powered by :
Top