उत्तर कोरियाले आणविक परीक्षण गर्दा २०० जनाको मृत्यु भएको खुलासा

बिदेश

पुटिन शत्रु नभई प्रतिस्पर्धी : ट्रम्प



बिदेश प्रकाशित मिति:

ब्रसेल्स :
अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्ना रूसी समकक्षी भ्लादिमिर पुटिनलाई प्रतिस्पर्धीको रूपमा मात्र देख्ने गरेको बताएका छन्। उनले रूसी राष्ट्रपति पुटिनलाई कहिले पनि शत्रुको रूपमा नलिने पनि उनले स्पष्ट पारेका छन्। उत्तर सहयोग सन्धि संगठन (नाटो) शिखर सम्मेलनका क्रममा एक दिनअगाडि पुटिनलाई भेटेका ट्रम्पले बिहीबार यस्तो बताएका हुन्। बेल्जियमको ब्रसेल्समा भएको नाटो शिखर सम्मेलनमा भइरहेको छ।

ट्रम्पले नाटो सम्मेलनभन्दा केही घण्टा अगाडि जर्मनी रूसको बन्दी भएको आरोप लगाएका छन्। जर्मनीले रूससँग पाइपलाइनबारे सम्झौता गरेको भन्दै उनले असन्तुष्टि व्यक्त गरे। जर्मनीको यो कदमबाट रूसलाई करोडौं अमेरिकी डलर फाइदा भएको बताए। यसबाट रूस आर्थिक रूपमा सबल हुने उनको भनाइ छ। जर्मनीको रक्षा गर्न अमेरिकाले लागिपरेको उनले स्मरण गराए। यसविपरीत रूसलाई आर्थिक रूपमा सक्षम बनाउन जर्मनी लागेको उनको गुनासो थियो। गत वर्ष पनि ट्रम्पले नाटो शिखर सम्मेलनमा यसका सदस्यहरूको आलोचना गरेका थिए। रक्षा खर्च वृद्धि नगरेर उनीहरूले अमेरिकालाई अप्ठेरो पारेको दाबी गरेका थिए।

सुरक्षा खर्च बढाउन ट्रम्पको आग्रह अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर एटलान्टिक सन्धि संगठन ९नेटो०का गठबन्धन राष्ट्रहरुलाई आफ्नो देशको सुरक्षा खर्च बढाउन आग्रह गरेका छन्। उनले नेटो साझेदार राष्ट्रहरूसँगको बैठकमा देशको कुल गार्हस्थ उत्पादनको कम्तीमा चार प्रतिशतसम्म सुरक्षा खर्चमा वृद्धि गर्न आग्रह गरेका हुन्। ब्रसेल्समा मंगलबारदेखि नेटो गठबन्धन राष्ट्रहरूको बैठक जारी छ। सोही क्रममा उनले अहिलेको रकममा भारी मात्रामा वृद्धि गरेर यो रकम छुट्याउन आह्वान गरेका हुन्।

हाल प्रत्येक देशले आफ्नो कुल गार्हस्थ उत्पादनको करिब २ प्रतिशत मात्र बजेट छुट्याउने गरेका छन्। अमेरिकी राष्ट्रपति ट्रम्पले सुरक्षाका क्षेत्रमा अरू देशहरूको तुलनामा जर्मनीले भने कममात्र बजेट खर्च गर्ने गरेको भन्दै जर्मनीको आलोचना पनि गरेका छन्। नेटोका सदस्य राष्ट्रहरूले भने हालको दुई प्रतिशतको लक्ष्य पूरा गर्नेमा नै उनीहरूको ध्यान केन्द्रित हुनुपर्ने बताएका थिए। त्यसैगरी नेटोका महासचिव जेन्स स्टोलटनबर्गले भने अहिलेको लक्षित दुई प्रतिशतको लक्ष्यलाई नै प्राथमिकता दिनुपर्नेमा जोड दिएका थिए।ले नाटोका सदस्यले सुरक्षा खर्च बढाउन आग्रह गरे।

युरोप र अमेरिकाको आरोप–प्रत्यारोप हुँदा ब्रसेल्समा आयोजित दुईदिने सम्मेलन निकै तनावपूर्ण देखिएको छ। नाटोका सदस्य देशहरूले सन् २०१४ मा वेल्स सम्मेलनमा १० वर्षमा आफ्नो कुल गार्हस्थ उत्पादनको २ प्रतिशत रकम रक्षाखर्च गर्न सहमत भएका थिए। ट्रम्पले यो रकम निकै भएको बताउँदै यसलाई ४ प्रतिशत पु¥याउनुपर्नेमा जोड दिएका छन्। उक्त सम्मेलनमा ट्रम्प र जर्मन चान्सलर एन्जेला मर्केलबीच भनाभन भएको थियो। अमेरिकी राष्ट्रपति ट्रम्पले जर्मनी रूसको चंगुलमा फसेको बताएका थिए। उनले जर्मनीले तत्काल रक्षाखर्च वृद्धि गर्न भनेका थिए। ट्रम्पको भनाइको प्रतिवाद गर्दै मर्केलले भनिन्, ‘आफ्नो देशको नीति निर्माण गर्न अधिकार हामीसँग छ।’

अफगानिस्तान र सिरियाबारे छलफल

नेटो शिखर सम्मेलनमा सबैभन्दा धेरै अफगानिस्तानको विषयमा छफफल भएको बताइएको छ। सम्मेलनमा अफगानिस्तानमा नेटो सैनिक रहेका तर तालिबानको हत्या हिंसाको अन्त्य नभएकोमा ट्रम्पसहित नेटोका सबै साझेदार राष्ट्रबीच कुराकानी भएको थियो। त्यसैगरी सो सम्मेलनका क्रममा साझेदार राष्ट्रबीच सिरियाका बारेमा पनि कुराकानी भएको थियो। उनीहरूले शुरुमा सिरियामा नेटो सेनाको प्रवेशको बारेमा व्यापक छलफल गरेका थिए। लिबियामाजस्तै सिरियामा पनि नेटो सेनाको प्रवेशको कुरा भएर पनि सेना प्रवेश गर्न नसकेको विषयमा त्यहाँ कुराकानी भएको अधिकारीले जनाएका छन्। साभार अन्नपुर्ण
न्युजल्याण्डकी प्रधानमन्त्री गर्भवती - 2018-01-20
न्युजरल्याण्डकी प्रधानमन्त्री जसिन्डा आर्डनले आफू गर्भवती भएको खुलासा सामाजिक सञ्जालबाट गरेकी छिन्। सरकारको प्रमुख पदको जिम्मेवारीमा रहेकै समयमा आफू गर्भवती भएको खुलासा आर्डनले स्वयम् गरेकी हुन्।

अमेरिकाको कोलोराडोमा गोली प्रहार, एक प्रहरीको मृत्यु - 2018-01-01
अमेरिकाको कोलोराडोमा भएको गोली प्रहारमा एक प्रहरीको मृत्यु भएको छ । गोली लागेर अरु चार जना घाइते भएका छन् ।

अंग्रेजी नयाँ वर्ष आजदेखि सुरु - 2018-01-01
अंग्रेजी नयाँ वर्ष २०१८ आजबाट सुरु भएको छ ।

मुम्बईको भवनमा आगलागी : १४ को मृत्यु, २० भन्दा बढी घाइते - 2017-12-29
मुम्बईको लोअर परेलको एक भवनमा बिहिबार राती भएको आगलागीमा १४ जनाको मृत्यु भएको छ । घटनामा २० भन्दा बढी घाइते भएको समाचार एजेन्सीहरुले जनाएका छन् ।

इन्डोनेसियामा आँधी, २० को ज्यान गयो, १७ हजार घर नष्ट - 2017-12-02
इन्डोनेसियाको प्रकोप व्यवस्थापन विभागले एक हप्ता अघि आएको आँधीका कारण मृत्यु हुनेहरूको संख्या २० पुगेको शुक्रबार जनाएको छ ।

इरान र इराकको सीमानामा ७.३ म्याग्निच्यूडको भूकम्प - 2017-11-13
इरान र इराकको सीमा क्षेत्रमा शक्तिशाली भूकम्प गएको छ ।

मोदीलाई पूर्व प्रधानमन्त्रीको सुझाव : 'राजनीति सकिए, अर्थतन्त्रमा ध्यान दिनुस् - 2017-11-08
नोटबन्दीले अर्थतन्त्रका सूचकांकमा परेकोभन्दा धेरै प्रभाव समाजको विपन्न वर्ग र मध्यमवर्गीय व्यवसायीमाथि परेको छ', भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सरकारले डिमोनिटाइजेसन (नोटबन्दी) सफल भएको रट लगाइरहेका बेला भारतका पूर्वप्रधानमन्त्री मनमोहन सिंहले एउटा अनलाइनलाई दिएको अन्तर्वार्तामा भनेका छन् ।

साउदी राजकुमारको हेलिकप्टर दुर्घटनामा मृत्यु - 2017-11-06
साउदी अरवको सरकारी टीभी च्यानलका अनुसार यमनको सीमा नजिकै एक हेलिकप्टर दुर्घटनामा एक राजकुमारसहित केही उच्च सरकारी अधिकारीको मृत्य भएको छ ।

उत्तरप्रदेश विष्फोटमा मारिनेको संख्या २२ पुग्यो - 2017-11-02
भारत उत्तरप्रदेशको रायबरेलीस्थित एक ‘पावर प्लान्ट’मा भएको विष्फोटमा परी मारिनेको संख्या २२ पुगेको छ ।

PREV 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 NEXT

English News



1257147 Times Visited.

Suprim Sanchar Pvt. Ltd.
Main Raod, Chandranighapur -1, Chandrapur Municipality, Rautahat
Mobile: 9855041125
http://www.kalampati.com
Email: kalampati@gmail.com
द. न. ४११
सचालक/ सम्पादक : फणि महत
Contact Us
All right reserved 2017 © Suprim Sanchar Pvt. Ltd.
Powered by :
Top