बिदेश

न्युजल्याण्डकी प्रधानमन्त्री गर्भवती



बिदेश प्रकाशित मिति:

न्युजरल्याण्डकी प्रधानमन्त्री जसिन्डा आर्डनले आफू गर्भवती भएको खुलासा सामाजिक सञ्जालबाट गरेकी छिन्। सरकारको प्रमुख पदको जिम्मेवारीमा रहेकै समयमा आफू गर्भवती भएको खुलासा आर्डनले स्वयम् गरेकी हुन्।

प्रधानमन्त्री आर्डनले आफ्नो बच्चा जन्मिएको समयको ६ हप्तासम्म उपप्रधानमन्त्री विन्सटन पिटर्सले प्रधानमन्त्रीको जिम्मेवारी सम्हाल्नेसमेत बताएकी छिन्। आर्डन न्युजल्याण्डको इतिहासमा सन् १८५६ यताकै सबैभन्दा कान्छी प्रधानमन्त्री हुन्। उनले ३७ वर्षको उमेरमा बच्चा जन्माउन लागेको बिबिसीले जनाएको छ। आर्डन गत अक्टोबरमा मध्य वामपन्थी गठबन्धनको समर्थनमा प्रधानमन्त्री बनेकी हुन्।

उनले ६ हप्तापछि आफूले सरकारको जिम्मेवारी सम्हाल्दा श्रीमानले घरमै बसेर सन्तान हेर्ने बताएकी छिन्। आर्डनले भनेकी छिन्, ‘हामीलाई सन् २०१७ महत्वपूर्ण वर्ष लाग्यो।’ आर्डनले आफू प्रधानमन्त्री हुनुभन्दा ६ दिनअघि मात्र गर्भवती भएको उल्लेख गर्दै गर्भवती भएको थाहा पाउँदा आफू अचम्मित भएको बताएकी छिन्।

विश्व इतिहासमा सरकार प्रमुखको जिम्मेवारीमा हुँदा बच्चा जन्माउन लागेको यो रोचक समाचार हो। पाकिस्तानकी प्रधानमन्त्री स्वर्गीय बेनेजिर भुट्टोले सन् १९९० मा प्रधानमन्त्री हुँदा बच्चालाई जन्म दिएको इतिहास छ। साभार अन्नपुर्ण

तीन वर्षीया छोरीलाई बलात्कारपश्चात् हत्या गर्ने छिमेकीलाई ‘मेसिन गन’ ले उडाएपछि बुवाले भने, ‘मेरो पुनर्जन्म भयो’ - 2017-08-04
यमनमा एक तीन वर्षीया बालिकालाई बलात्कार र हत्या गर्ने एक व्यक्तिलाई सार्वजनिक रुपमा ‘मेसिन गन’ ले उडाइएको छ ।

पाकिस्तानको नयाँ मन्त्रिपरिषदले शपथ लियो - 2017-08-04
साउन २०, २०७४ पाकिस्तानको नयाँ मन्त्रिपरिषदले शुक्रबार आफ्नो पद तथा गोपनीयताको शपथ लिएको हो। पाकिस्तानका नयाँ प्रधानमन्त्री सहिद खक्वान अब्बासी र उनको मन्त्रिपरिषदका सदस्यहरुले शुक्रबार शपथ लिएका छन्।

मरेको बाख्राको रिपोर्टिङ गरेको भन्दै पत्रकार पक्राउ - 2017-08-03
साउन १९, २०७४ एक मरेको बाख्राको रिपोर्टिङ गरेको आरोपमा पत्रकार अब्दुल लतिफ मोरोललाई पक्राउ गरेको छ ।

धर्तीलाई एलियनबाट बचाउनका लागि नासामा जागिर खुल्योः तलब लगभग २ करोड - 2017-08-03
साउन १९, २०७४ तपाईंले कहिले आफूलाई धर्ती बचाउने हिरोको रुपमा हेर्नुभएको छ वा महसुस गर्नुभएको छ, यदि त्यस्तो छैन भने नासाले तपाईंका लागि ‘हिरो’ बन्ने अवसर लिएर आएको छ ।

मेक्सिकोमा पत्रकारको गोली हानी हत्या - 2017-08-01
साउन १७, २०७४ मेक्सिकोको उत्तरपश्चिमी राज्य बाजा क्यालिफोर्नियाको रोसारिटो सहरमा रहेको एक रेष्टुरेन्टमा गोली प्रहार गरी एक मेक्सिकन पत्रकारको हत्या गरिएको छ ।

पाकिस्तानमा आज नयाँ प्रधानमन्त्री चयन हुँदै - 2017-08-01
साउन १७, २०७४ पाकिस्तानको नयाँ प्रधानमन्त्री चयन गर्न मंगलबार हुने निर्वाचनका लागि छ जनाले उम्मेदवारी दिएका छन्।

चट्याङ लागेर ११ जनाको मृत्यु - 2017-07-31
साउन १६, २०७४ भारतको दक्षिणी राज्य उडिशामा चट्याङ परेर कम्तीका ११ व्यक्तिको मृत्यु भएको अधिकारीहरूले सोमबार जानकारी दिएका छन ।

उत्तरकोरिया माथि आर्थिक दबाब दिन अमेरिका र जापान सहमत - 2017-07-31
साउन १६, २०७४ अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र जापानी प्रधानमन्त्री सिन्जो आबे विश्व समुदायको आग्रहको बेवास्ता गर्दै उत्तर कोरियाले जारी राखेको शक्तिशाली ब्यालेस्टिक क्षेप्यास्त्र परीक्षण विश्वव्यापी खतरा बन्दै गएको निष्कर्षमा पुगेका छन् ।

लागुऔषधविरुद्धको कारबाहीमा मारिए मेयर - 2017-07-31
साउन १६, २०७४ फिलिपिन्समा लागुऔषध र तस्करीविरुद्धको कारबाहीका क्रममा नगरपालिकाका मेयर मारिएका छन् ।

PREV 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 NEXT

English News



749514 Times Visited.

Suprim Sanchar Pvt. Ltd.
Main Raod, Chandranighapur -1, Chandrapur Municipality, Rautahat
Mobile: 9855041125
http://www.kalampati.com
Email: kalampati@gmail.com
द. न. ४११
सचालक/ सम्पादक : फणि महत
Contact Us
All right reserved 2017 © Suprim Sanchar Pvt. Ltd.
Powered by :
Top