बिदेश

न्युजल्याण्डकी प्रधानमन्त्री गर्भवती



बिदेश प्रकाशित मिति:

न्युजरल्याण्डकी प्रधानमन्त्री जसिन्डा आर्डनले आफू गर्भवती भएको खुलासा सामाजिक सञ्जालबाट गरेकी छिन्। सरकारको प्रमुख पदको जिम्मेवारीमा रहेकै समयमा आफू गर्भवती भएको खुलासा आर्डनले स्वयम् गरेकी हुन्।

प्रधानमन्त्री आर्डनले आफ्नो बच्चा जन्मिएको समयको ६ हप्तासम्म उपप्रधानमन्त्री विन्सटन पिटर्सले प्रधानमन्त्रीको जिम्मेवारी सम्हाल्नेसमेत बताएकी छिन्। आर्डन न्युजल्याण्डको इतिहासमा सन् १८५६ यताकै सबैभन्दा कान्छी प्रधानमन्त्री हुन्। उनले ३७ वर्षको उमेरमा बच्चा जन्माउन लागेको बिबिसीले जनाएको छ। आर्डन गत अक्टोबरमा मध्य वामपन्थी गठबन्धनको समर्थनमा प्रधानमन्त्री बनेकी हुन्।

उनले ६ हप्तापछि आफूले सरकारको जिम्मेवारी सम्हाल्दा श्रीमानले घरमै बसेर सन्तान हेर्ने बताएकी छिन्। आर्डनले भनेकी छिन्, ‘हामीलाई सन् २०१७ महत्वपूर्ण वर्ष लाग्यो।’ आर्डनले आफू प्रधानमन्त्री हुनुभन्दा ६ दिनअघि मात्र गर्भवती भएको उल्लेख गर्दै गर्भवती भएको थाहा पाउँदा आफू अचम्मित भएको बताएकी छिन्।

विश्व इतिहासमा सरकार प्रमुखको जिम्मेवारीमा हुँदा बच्चा जन्माउन लागेको यो रोचक समाचार हो। पाकिस्तानकी प्रधानमन्त्री स्वर्गीय बेनेजिर भुट्टोले सन् १९९० मा प्रधानमन्त्री हुँदा बच्चालाई जन्म दिएको इतिहास छ। साभार अन्नपुर्ण

'गुअम' आक्रमणको योजनाबारे सेनालाई किमको 'ब्रिफिङ' - 2017-08-15
उत्तर कोरियाली नेता ‘किम जोन उन’ले अमेरिकी सेना तैनाथ रहेको समुद्री क्षेत्र ‘गुअम्’ मा मिसाइ आक्रमण गर्न सेनाले गरेको तयारीकोे प्रसंशा गरेका छन् ।

रेष्टुरेन्टमा बन्दुकधारीले हमला गरी १७ को हत्या - 2017-08-14
बुर्किनाफासोको एक रेष्टुरेन्टमा बन्दुकधारीले आक्रमण गरी कम्तीमा पनि १७ जनाको हत्या गरेको समाचार छ । आइतबार साँझ सो घटना भएको थियो ।

चिनियाँ उपप्रधानमन्त्री पाकिस्तानबाट आज काठमाडौ आउँदै - 2017-08-14
चिनियाँ उपप्रधानमन्त्री वाङ याङ नेतृत्वको उच्चस्तरीय टोली सोमबार साँझ पाकिस्तानबाट बिशेष बिमानमा नेपाल भ्रमणमा काठमाडौं आउँदै छ । नेपालबाट राष्ट्रपति, प्रधानमन्त्री र मन्त्रीका तहमा उच्चस्तरीय भ्रमण चीनतर्फ भइरहे पनि चीनबाट भने करिब ६ वर्षपछि उच्चस्तरीय भ्रमण हुन लागेको हो ।

पाकिस्तानमा बम बिस्फोटः १७ को मृत्यु ३२ घाइते - 2017-08-13
पाकिस्तानको क्वेटा शहरमा शनिबार भएको एक बम बिस्फोटमा कम्तीमा पनि १७ जनाको मृत्यु भएको छ भने ३२ घाइते भएका छन् । उक्त बिस्फोट पिशिन बस स्टप नजिकै रहेको पार्किङ भएको बताइएको छ ।

अक्सिजनको अभावमा भारतमा ‘साठी जना’को मृत्यु - 2017-08-12
उत्तर भारतको एक सरकारी अस्पतालमा अक्सिजनको अभाव हुँदा विगत पाँच दिनमा कम्तीमा ६० जनाको मृत्यु भएको छ । अक्सिजनको अभावका कारण थप व्यक्ति पनि प्रभावित मृत्यु हुनसक्ने भारतीय अधिकारीले जनाएका छन् ।

पाकिस्तानमा भएको बम विस्फोटमा पाँचकोे मृत्यु, पच्चीस जना घाइते - 2017-08-11
पाकिस्तानको उत्तरपश्चिमी क्षेत्रमा शुक्रबार भएको बम विस्फोटनमा परी कम्तीमा पाँच जनाको मृत्यु भएको छ भने अरु २५ जना घाइते भएका छन् ।

चीनमा फेरी भूकम्प, क्षतिको विवरण आउन बाँकी - 2017-08-11
दक्षिणी चीनको समूद्रको जलक्षेत्रमा ६।५ म्याग्नीच्युडको भूकम्प आएको समाचार छ । चिनियाँ भूकम्प सञ्जाल केन्द्रले शुक्रबार सो जानकारी दिएको छ ।

चीन भूकम्पमा कम्तिमा १३ को मृत्यु, घाइते १७५ जना - 2017-08-09
चीनको सिचुआन र गान्सु सीमा क्षेत्रमा मंगलबार साँझ गएको शक्तिशाली भूकम्पमा परी मृत्यु हुनेको संख्या कम्तिमा १३ पुगेको अधिकारीहरूले जनाएका छन् ।

विदेशबाट फर्किएका छोराले ढोका खोल्दा भेटे आमाको कंकाल - 2017-08-07
साउन २३, २०७४ मुम्बईको एक आलिसान फ्ल्याटमा महिलाको मृत्यु हुँदा पनि चार महिनासम्म कसैलाई अत्तोपत्तो थिएन ।

PREV 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 NEXT

English News



749510 Times Visited.

Suprim Sanchar Pvt. Ltd.
Main Raod, Chandranighapur -1, Chandrapur Municipality, Rautahat
Mobile: 9855041125
http://www.kalampati.com
Email: kalampati@gmail.com
द. न. ४११
सचालक/ सम्पादक : फणि महत
Contact Us
All right reserved 2017 © Suprim Sanchar Pvt. Ltd.
Powered by :
Top