बिदेश

न्युजल्याण्डकी प्रधानमन्त्री गर्भवती



बिदेश प्रकाशित मिति:

न्युजरल्याण्डकी प्रधानमन्त्री जसिन्डा आर्डनले आफू गर्भवती भएको खुलासा सामाजिक सञ्जालबाट गरेकी छिन्। सरकारको प्रमुख पदको जिम्मेवारीमा रहेकै समयमा आफू गर्भवती भएको खुलासा आर्डनले स्वयम् गरेकी हुन्।

प्रधानमन्त्री आर्डनले आफ्नो बच्चा जन्मिएको समयको ६ हप्तासम्म उपप्रधानमन्त्री विन्सटन पिटर्सले प्रधानमन्त्रीको जिम्मेवारी सम्हाल्नेसमेत बताएकी छिन्। आर्डन न्युजल्याण्डको इतिहासमा सन् १८५६ यताकै सबैभन्दा कान्छी प्रधानमन्त्री हुन्। उनले ३७ वर्षको उमेरमा बच्चा जन्माउन लागेको बिबिसीले जनाएको छ। आर्डन गत अक्टोबरमा मध्य वामपन्थी गठबन्धनको समर्थनमा प्रधानमन्त्री बनेकी हुन्।

उनले ६ हप्तापछि आफूले सरकारको जिम्मेवारी सम्हाल्दा श्रीमानले घरमै बसेर सन्तान हेर्ने बताएकी छिन्। आर्डनले भनेकी छिन्, ‘हामीलाई सन् २०१७ महत्वपूर्ण वर्ष लाग्यो।’ आर्डनले आफू प्रधानमन्त्री हुनुभन्दा ६ दिनअघि मात्र गर्भवती भएको उल्लेख गर्दै गर्भवती भएको थाहा पाउँदा आफू अचम्मित भएको बताएकी छिन्।

विश्व इतिहासमा सरकार प्रमुखको जिम्मेवारीमा हुँदा बच्चा जन्माउन लागेको यो रोचक समाचार हो। पाकिस्तानकी प्रधानमन्त्री स्वर्गीय बेनेजिर भुट्टोले सन् १९९० मा प्रधानमन्त्री हुँदा बच्चालाई जन्म दिएको इतिहास छ। साभार अन्नपुर्ण

मोटरसाइकलमा आइसक्रिम बेच्छिन् यी युवती, सोसल मिडियामा रातारात छाइन् - 2017-08-19
सोसल मिडियामा आजकाल एक सुन्दर युवतीको तस्बिर भाइरल भइरहेको छ । यी युवती हिजाब लगाउँछिन् र साधारण तरिकाले बस्छिन् । उनी आफ्नो कामका कारण सोसल मिडियामा रातारात छाएकी छिन् ।

नायिका लैला : जसले फ्रिजभित्र बसेर ज्यान जोगाइन् - 2017-08-19
स्पेनको लसयाम्बर्समा ध्यानले सर्वसाधारणलाई आक्रमण गर्न थालेपछि मानिस नजिकैको क्याफे तथा पसलभित्र लुकेर ज्यान जोगाएका छन् ।

‘कोरियाली प्रायद्वीपमा युद्ध हुँदैन’ - 2017-08-18
भाद्र २, २०७४ दक्षिण कोरियाका राष्ट्रपति मुन जे–इनले कोरियाली प्रायद्वीमा युद्ध नहुनेमा आफू ढुक्क भएको बताएका छन् ।

बार्सिलोना आक्रमणमा १३ को मृत्यु : दोस्रो हमला प्रयास रोकेको प्रहरीको दावी - 2017-08-18
स्पेनको बार्सिलोना शहरमा आतंकवादी आक्रमण हुँदा कम्तिमा १३ जनाको मृत्यु भएको छ । घटनामा ८० जना घाइते भएका छन् ।

बिहारमा बाढीबाट ९१ को मृत्यु, करिब एक करोड बासिन्दा प्रभावित - 2017-08-17
भारतीय राज्य बिहारमा बाढीका कारण कम्तिमा पनि ९१ जनाको ज्यान गएको समाचार छ। साथै यसबाट करिब ९६ लाख जना नागरिक प्रभावित भएका छन्।

भारतले स्वतन्त्रता दिवस मनाइरहँदा भारतीय र चिनीयाँ सेनाबीच कश्मीरमा ढुंगा हानाहान - 2017-08-17
भारतीय रनिीयाँ सैनिकबीच कश्मीरको विवादास्पद सीमा क्षेत्रमा झडप भएको छ ।

बराक ओबामाले ट्वीटरमा बनाए यो ऐतिहासिक रेकर्ड - 2017-08-17
अमेरिकाका पूर्व राष्ट्रपति बराक ओबामाले अमेरिकी राज्य भर्जिनियाको शेर्लोट्सविलमा एक र्यालीको क्रममा भएको हिंसामाथि प्रतिक्रियास्वरुप गरेको ट्वीटले २८ लाख ‘लाइक’ पाएसँगै यो ट्वीटरको इतिहासमा सबैभन्दा धेरै स्विकृत पोष्ट बनेको छ ।

गोली र गालीले समस्या समाधान हुँदैन : मोदी - 2017-08-16
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारतको प्रमुख प्राथमिकता सुरक्षा भएको बताएका छन् ।आफ्नौ ७० औं स्वतन्त्रता दिवस मनाउन मंगलबार लाल किल्लामा उपस्थित हजारौँ भारतीय नागरिकलाई सम्बोधन गर्दै उनले यस्तो स्पष्ट पारेका हुन् ।

भीषण पहिरोमा परी सियरालियोनमा मर्नेको संख्या ३ सय पुग्यो - 2017-08-15
सियरालियोनको राजधानी फ्रिटाउनमा गएको भीषण पहिरोमा परी मर्नेको संख्या ३ सय पुगेको छ । मृतकमध्ये २ सय ५० जनाको शव फेला पारिएको अधिकारीहरुले जनाएका छन् ।

PREV 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 NEXT

English News



749517 Times Visited.

Suprim Sanchar Pvt. Ltd.
Main Raod, Chandranighapur -1, Chandrapur Municipality, Rautahat
Mobile: 9855041125
http://www.kalampati.com
Email: kalampati@gmail.com
द. न. ४११
सचालक/ सम्पादक : फणि महत
Contact Us
All right reserved 2017 © Suprim Sanchar Pvt. Ltd.
Powered by :
Top