बिदेश

न्युजल्याण्डकी प्रधानमन्त्री गर्भवती



बिदेश प्रकाशित मिति:

न्युजरल्याण्डकी प्रधानमन्त्री जसिन्डा आर्डनले आफू गर्भवती भएको खुलासा सामाजिक सञ्जालबाट गरेकी छिन्। सरकारको प्रमुख पदको जिम्मेवारीमा रहेकै समयमा आफू गर्भवती भएको खुलासा आर्डनले स्वयम् गरेकी हुन्।

प्रधानमन्त्री आर्डनले आफ्नो बच्चा जन्मिएको समयको ६ हप्तासम्म उपप्रधानमन्त्री विन्सटन पिटर्सले प्रधानमन्त्रीको जिम्मेवारी सम्हाल्नेसमेत बताएकी छिन्। आर्डन न्युजल्याण्डको इतिहासमा सन् १८५६ यताकै सबैभन्दा कान्छी प्रधानमन्त्री हुन्। उनले ३७ वर्षको उमेरमा बच्चा जन्माउन लागेको बिबिसीले जनाएको छ। आर्डन गत अक्टोबरमा मध्य वामपन्थी गठबन्धनको समर्थनमा प्रधानमन्त्री बनेकी हुन्।

उनले ६ हप्तापछि आफूले सरकारको जिम्मेवारी सम्हाल्दा श्रीमानले घरमै बसेर सन्तान हेर्ने बताएकी छिन्। आर्डनले भनेकी छिन्, ‘हामीलाई सन् २०१७ महत्वपूर्ण वर्ष लाग्यो।’ आर्डनले आफू प्रधानमन्त्री हुनुभन्दा ६ दिनअघि मात्र गर्भवती भएको उल्लेख गर्दै गर्भवती भएको थाहा पाउँदा आफू अचम्मित भएको बताएकी छिन्।

विश्व इतिहासमा सरकार प्रमुखको जिम्मेवारीमा हुँदा बच्चा जन्माउन लागेको यो रोचक समाचार हो। पाकिस्तानकी प्रधानमन्त्री स्वर्गीय बेनेजिर भुट्टोले सन् १९९० मा प्रधानमन्त्री हुँदा बच्चालाई जन्म दिएको इतिहास छ। साभार अन्नपुर्ण

दक्षिण कोरियाले गर्‍यो उत्तरको प्रतिरोध गर्न 'लाइभ-फायर' परीक्षण - 2017-09-04
दक्षिण कोरियाले उत्तर कोरियाको परमाणु बम परीक्षण लगत्तै त्यस्ता अस्त्रको प्रतिरोध गर्ने क्षमता भएको 'लाइभ-फायर' अभ्यास गरिएको जनाएको छ।उत्तर कोरियाको कदमलाई लिएर चीन र रुसमा गम्भीर चिन्ता व्यक्त भइरहँदा दक्षिण कोरियाले सैन्य अभ्यास गरेको हो।

बाढी प्रभावित क्षेत्रमा ट्रम्पको दोस्रो भ्रमण - 2017-09-03
अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले बाढी प्रभावित क्षेत्र टेक्सासमा शनिबार दोस्रो पटक भ्रमण गर्नुभएको छ । बाढीपीडितलाई पर्याप्त ध्यान नदिएको भन्दै आलोचना भएपछि उहाँले श्रीमती मेलानिआसहित प्रभावित ठाउँको भ्रमण गर्नुभएको हो ।

इराकमा दुई हजार लडाकू मारिएको सेनाको दाबी - 2017-09-03
इराकको मोसुलमा पर्ने ताल अफारमा भएको प्रतिकात्मक सुरक्षा कारबाहीमा परी दुई हजारभन्दा बढी इस्लामिक स्टेट (आइएस)का लडाकू मारिएका छन्। कारबाहीका क्रममा अरू ५० जना आत्मघाती बम हमलाकारी पनि मारिएको इराकी सेनाले शनिबार एक विज्ञप्तिमार्फत जनाएको छ।

उत्तरकोरिया विरुद्ध लड्न शसक्त समन्वय गर्ने ट्रम्पको प्रतिवद्धता - 2017-09-02
संयुक्त राज्य अमेरिका र दक्षिण कोरियाले उत्तर कोरियाबाट सिर्जना हुने सुरक्षा चुनौती सामना गर्न सहकार्यलाई थप शसक्त बनाउने प्रतिवद्धता जाहेर गरेका छन्। यसका लागि अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले सोललाई अमेरिकी सैनिक सामग्री बेच्ने अर्वौ अमेरिकी डलर बराबरको 'अवधारणात्मक सहमतिु जनाए।

राम रहिमको अदालतसामू गुहारः मसाजका लागि हनिप्रितसँग बस्न देउ - 2017-09-02
बलात्कारी बाबा गुरमित राम रहिम जेलमा आफ्नी ‘हनी’ का लागि तड्पिरहेका छन् । रामरहिमले सिआईबी कोर्टसमक्ष हनिप्रितलाई जेलमा उनीसँगै बस्नका लागि अनुमती दिनका लागि अपिल गरेका छन् ।

जर्मनीमा भेटियो द्वितीय विश्वयुद्धको बम, ७० हजारलार्इ घर छाड्न आदेश - 2017-09-01
जर्मनीको फ्र्यांकफर्टमा विस्फोट नभएको एउटा बम फेला परेपछि करिब ७० हजार व्यक्तिलाई घर छोडेर जान आदेश दिइएको छ।

बन्ने भो ट्रम्पको पर्खाल, नमूना पर्खाल बनाउन ४ कम्पनी छनौट - 2017-09-01
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको योजना अनुसार अमेरिका–मेक्सिको सीमामा पर्खाल निर्माण गर्न चारवटा कम्पनीलाई नमूना पर्खाल निर्माण गर्न छनौट गरिएको छ । अमेरिकी कस्टम तथा सीमा सुरक्षा (सिबिपी)ले यसबारे जानकारी दिएको हो ।

मुम्बइमा भवन भत्किँदा ४० जना पुरिए, उद्वार जारी - 2017-08-31
भारतको आथिक राजधानी सहर मानिने मुम्बइमा बिहीबार बिहान एक आवासीय भवन भत्किँदा त्यसमा करिब ४० जना पुरिएको आशङ्का गरिएको छ । ती व्यक्तिको जिवीतै उद्वारका लागि ठूलो सङ्ख्याका उद्वारकर्मीले बिहानैदेखि प्रयास जारी राखेका समाचारमा जनाइएको छ ।

बङ्गलादेशमा डुंगा डुब्दा २० को मृत्यु - 2017-08-31
बङ्गलादेशमा बुधबार भएको डुंगा दुर्घटनामा परी २० जनाको ज्यान गएको छ । मृत्यु हुनेमा म्यानमारबाट बङ्गलादेश आएका रोहिङ्गा समुदायका नागरिक रहेका छन् ।

PREV 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 NEXT

English News



749522 Times Visited.

Suprim Sanchar Pvt. Ltd.
Main Raod, Chandranighapur -1, Chandrapur Municipality, Rautahat
Mobile: 9855041125
http://www.kalampati.com
Email: kalampati@gmail.com
द. न. ४११
सचालक/ सम्पादक : फणि महत
Contact Us
All right reserved 2017 © Suprim Sanchar Pvt. Ltd.
Powered by :
Top