बिदेश

न्युजल्याण्डकी प्रधानमन्त्री गर्भवती



बिदेश प्रकाशित मिति:

न्युजरल्याण्डकी प्रधानमन्त्री जसिन्डा आर्डनले आफू गर्भवती भएको खुलासा सामाजिक सञ्जालबाट गरेकी छिन्। सरकारको प्रमुख पदको जिम्मेवारीमा रहेकै समयमा आफू गर्भवती भएको खुलासा आर्डनले स्वयम् गरेकी हुन्।

प्रधानमन्त्री आर्डनले आफ्नो बच्चा जन्मिएको समयको ६ हप्तासम्म उपप्रधानमन्त्री विन्सटन पिटर्सले प्रधानमन्त्रीको जिम्मेवारी सम्हाल्नेसमेत बताएकी छिन्। आर्डन न्युजल्याण्डको इतिहासमा सन् १८५६ यताकै सबैभन्दा कान्छी प्रधानमन्त्री हुन्। उनले ३७ वर्षको उमेरमा बच्चा जन्माउन लागेको बिबिसीले जनाएको छ। आर्डन गत अक्टोबरमा मध्य वामपन्थी गठबन्धनको समर्थनमा प्रधानमन्त्री बनेकी हुन्।

उनले ६ हप्तापछि आफूले सरकारको जिम्मेवारी सम्हाल्दा श्रीमानले घरमै बसेर सन्तान हेर्ने बताएकी छिन्। आर्डनले भनेकी छिन्, ‘हामीलाई सन् २०१७ महत्वपूर्ण वर्ष लाग्यो।’ आर्डनले आफू प्रधानमन्त्री हुनुभन्दा ६ दिनअघि मात्र गर्भवती भएको उल्लेख गर्दै गर्भवती भएको थाहा पाउँदा आफू अचम्मित भएको बताएकी छिन्।

विश्व इतिहासमा सरकार प्रमुखको जिम्मेवारीमा हुँदा बच्चा जन्माउन लागेको यो रोचक समाचार हो। पाकिस्तानकी प्रधानमन्त्री स्वर्गीय बेनेजिर भुट्टोले सन् १९९० मा प्रधानमन्त्री हुँदा बच्चालाई जन्म दिएको इतिहास छ। साभार अन्नपुर्ण

महिनावारी भएकाे बेलामा शिक्षकले खिसी गरेपछि बालिकाले गरिन् आत्महत्या - 2017-09-09
भारतको दक्षिणी राज्य तमिलनाडुकी १२ वर्षीया बालिकाले मासिक धर्मका वेला शिक्षकले लज्जित बनाएपछि आत्महत्या गरेकी छिन् । विद्यालयमा अत्यधिक रक्तश्रावका कारण शिक्षकले खिसी गरेपछि उनले आत्महत्या गरेकी हुन् । शिक्षकले आफूलाई यातना दिएको उनको सुसाइड नोटमा उल्लेख छ ।

बाढीका कारण बालबालिकाको बिचल्ली - 2017-09-08
सियरा लिओनमा अगस्त महिनाको सुरुमा आएको भिषण बाढी र पहिरोका कारण कम्तीमा पनि पाँच हजार जना बालबालिकाको बिचल्ली भएको छ। उनीहरुमध्ये अधिकांशले अभिभावक गुमाएका छन् भने अरु कैयौँ घरबारबिहीन भएर बिचल्लीमा परेका छन्। बिचल्लीमा परेकाहरुलाई स्थानीय स्तरमा शिविर बनाएर रेखदेख गरी राखिएको छ।

मेक्सिकोमा ८ रेक्टर स्केलको भूकम्प - 2017-09-08
उत्तर अमेरिकी देश मेक्सिकोमा ८ म्याग्निच्यूडको भूकम्प गएको छ । बिहीबार राति मेक्सिकोको पिजीजीपन शहरभन्दा करीब सय किलोमिटर टाढा प्रशान्त महासागरमा ३५ किलोमिटर गहिराइ केन्द्रविन्दु भएर भूकम्प गएको अमेरिकी भौगर्विक संस्था 'यूएसजीएसुलाई उद्धृत गर्दै बीबीसीले खबर दिएको छ ।

गौरी लंकेश हत्याको भारतभर विरोध - 2017-09-07
भारतकी प्रख्यात पत्रकार गौरी लंकेशको हत्याको भारतभर विरोध भएको छ । उनको हत्या प्रजातन्त्र र मानवअधिकारमाथिको आक्रमण भएको भारतीय बुद्धिजीवी र सञ्चारकर्मीहरूले बताएका छन् ।

'रोहिंग्यामाथि ज्यादती' भएको छैन– सुकी - 2017-09-07
म्यान्मारमा केही समययता भड्किएको हिंसाको कारण यहाँका अल्पसंख्यक रोहिंग्या मुस्लिम समुदायका नागरिकमाथि ज्यादती बढेको अधिकारवादीहरूको आरोप छ ।

सीमा विवादपछि मोदी र सीबीच पहिलोपटक प्रत्यक्ष भेटवार्ता - 2017-09-06
सीमा विवादपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र चीनका राष्ट्रपति सी जिन पिङबीच पहिलोपटक भेटवार्ता भएको छ । चीनको दक्षिणपूर्वी सहर सियामेनमा ब्रिक्सको नवौँ सम्मेलनका क्रममा दुई नेताबीच मंगलबार भेट भएको हो ।भेटका अवसरमा राष्ट्रपति सीले चीन र भारतबीच स्थिर र स्वस्थ सम्बन्ध हुुनुपर्नेमा जोड दिएका थिए ।

दक्षिणपन्थीको कट्टर विरोधी भारतीय पत्रकार गौरी लंकेशको हत्या - 2017-09-06
भारतकी बरिष्ठ पत्रकार गौरी लंकेशको हत्या भएको छ ।

उत्तर कोरियाविरुद्ध अमेरिकी प्रस्तावमा चीन र रुस असहमत - 2017-09-05
उत्तर कोरिया माथि थप प्रतिबन्ध लगाउने सवालमा संयुक्त संराष्ट्र सुरक्षा परिषद्का सदस्यहरु विभाजित भएका छन् । सोमबार बसेको सुरक्षा परिषद्को बैठकमा उत्तर कोरियाले गरेको पछिल्लो परमाणु अस्त्रको परीक्षणको बदलामा थप प्रतिबन्ध लगाउने बारे छलफल भएको थियो।

उत्तर कोरियाद्वारा हिरोसिमामा खसालिएको बम भन्दा तीन गुणा ठूलो बम परिक्षण - 2017-09-04
उत्तर कोरियाले आइतबार गरेको आणविक परीक्षण करिब ५० किलोटनको रहेको दक्षिण कोरियाको रक्षा मन्त्रालयले सोमबार संसदमा जानकारी दिएको छ ।

PREV 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 NEXT

English News



749512 Times Visited.

Suprim Sanchar Pvt. Ltd.
Main Raod, Chandranighapur -1, Chandrapur Municipality, Rautahat
Mobile: 9855041125
http://www.kalampati.com
Email: kalampati@gmail.com
द. न. ४११
सचालक/ सम्पादक : फणि महत
Contact Us
All right reserved 2017 © Suprim Sanchar Pvt. Ltd.
Powered by :
Top