बिदेश

न्युजल्याण्डकी प्रधानमन्त्री गर्भवती



बिदेश प्रकाशित मिति:

न्युजरल्याण्डकी प्रधानमन्त्री जसिन्डा आर्डनले आफू गर्भवती भएको खुलासा सामाजिक सञ्जालबाट गरेकी छिन्। सरकारको प्रमुख पदको जिम्मेवारीमा रहेकै समयमा आफू गर्भवती भएको खुलासा आर्डनले स्वयम् गरेकी हुन्।

प्रधानमन्त्री आर्डनले आफ्नो बच्चा जन्मिएको समयको ६ हप्तासम्म उपप्रधानमन्त्री विन्सटन पिटर्सले प्रधानमन्त्रीको जिम्मेवारी सम्हाल्नेसमेत बताएकी छिन्। आर्डन न्युजल्याण्डको इतिहासमा सन् १८५६ यताकै सबैभन्दा कान्छी प्रधानमन्त्री हुन्। उनले ३७ वर्षको उमेरमा बच्चा जन्माउन लागेको बिबिसीले जनाएको छ। आर्डन गत अक्टोबरमा मध्य वामपन्थी गठबन्धनको समर्थनमा प्रधानमन्त्री बनेकी हुन्।

उनले ६ हप्तापछि आफूले सरकारको जिम्मेवारी सम्हाल्दा श्रीमानले घरमै बसेर सन्तान हेर्ने बताएकी छिन्। आर्डनले भनेकी छिन्, ‘हामीलाई सन् २०१७ महत्वपूर्ण वर्ष लाग्यो।’ आर्डनले आफू प्रधानमन्त्री हुनुभन्दा ६ दिनअघि मात्र गर्भवती भएको उल्लेख गर्दै गर्भवती भएको थाहा पाउँदा आफू अचम्मित भएको बताएकी छिन्।

विश्व इतिहासमा सरकार प्रमुखको जिम्मेवारीमा हुँदा बच्चा जन्माउन लागेको यो रोचक समाचार हो। पाकिस्तानकी प्रधानमन्त्री स्वर्गीय बेनेजिर भुट्टोले सन् १९९० मा प्रधानमन्त्री हुँदा बच्चालाई जन्म दिएको इतिहास छ। साभार अन्नपुर्ण

पाँच महिनामा जन्मिएको बच्चा यस्तो देखिन्छ, आमाले सेयर गरिन् हृदयविदारक तस्बिर - 2017-09-17
हरेक कुरा बन्नका लागि एक निश्चित समय तोकिएको हुन्छ । गर्भमा ९ महिना बसेपछि बच्चा पूर्ण रुपमा विकसित भएर जन्म लिने गर्दछ ।

उत्तर कोरियालाई धम्की नदिन अमेरिकालाई चीनको चेतावनी - 2017-09-17
चीनले उत्तर कोरियामाथि धम्की नदिन अमेरिकासँग आग्रह गरेको छ । अमेरिकाका लागि चिनियाँ राजदूत कुई तियनकाईले अमेरिकी सरकारसँग यस्तो आग्रह गरेका हुन् ।

जापानी आकाशमा उत्तर कोरियाको अर्काे क्षेप्यास्त्र - 2017-09-16
उत्तर कोरियाले अर्को क्षेप्यास्त्र प्रहार गरेको छ । उत्तर कोरियाली प्रायद्वीपमा तनाव बढिरहेका वेला प्योङयाङले शुक्रबार शक्तिशाली ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार गरेको हो ।

१२ वर्षीया छोरीलाई आमाले देहव्यापारका लागि बेचिदिइन्, १२ वर्षपछि फिर्ता हुँदा भयो यस्तो हाल - 2017-09-16
भारतको मध्यप्रदेशमा बस्ने १२ वर्षीया किशोरीलाई उनकै आमाले नागपुरमा रहेको एक कोठीमा बेचिदिइन् । ती किशोरी लगातार १२ वर्षसम्म शोषणको शिकार भइरहिन् । शोषण सहँदा सहँदै उनी २४ वर्षकी भइन् ।

अमेरिकालाई इतिहासकै ठूलो पीडा भोग्न तयार रहन उत्तर कोरियाको चेतावनी - 2017-09-11
उत्तर कोरियाले संयुक्त राष्ट्रसंघको सुरक्षा परिषदले आफू बिरुद्ध नाकाबन्दी कस्ने निर्णय गरेमा अमेरिकाले इतिहासमै नभोगेको पीडा भोग्नुपर्ने चेतावनी दिएको छ ।

उत्तर कोरियाको आणविक परीक्षण भविष्यका लागि चुनौती - 2017-09-11
दक्षिण कोरियाका विदेशमन्त्रीले उत्तर कोरियाले हालै गरेको आणविक परीक्षण आगामी दिनका लागि सबैभन्दा ठूलो चुनौती भएको बताएका छन्।

म्यानमारमा रोहिंग्या विद्रोहीले गरे युद्धविरामको घोषणा - 2017-09-10
म्यानमारका रोहिंग्या विद्रोहीले आइतबारदेखि नै लागू हुने गरी एक महिने युद्धविरामको घोषणा गरेका छन् ।

परमाणु बम र हाइड्रोजन बमबीच के भिन्नता ? - 2017-09-10
उत्तर कोरियाले गत आइतबार एक शक्तिशाली हाइड्रोजन बम परीक्षण गरेपछि संसार भर त्यसको चासो र चर्चा भइरहेको छ ।

मेक्सिकोमा १३ घण्टामा ३३७ भूकम्पका धक्का - 2017-09-09
मेक्सिकोमा बिहीबार राति गएको ८.२ म्याग्निच्यूडको भूकम्पमा परी मृत्यु हुनेको संख्या ६० पुगेको छ ।

PREV 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 NEXT

English News



749511 Times Visited.

Suprim Sanchar Pvt. Ltd.
Main Raod, Chandranighapur -1, Chandrapur Municipality, Rautahat
Mobile: 9855041125
http://www.kalampati.com
Email: kalampati@gmail.com
द. न. ४११
सचालक/ सम्पादक : फणि महत
Contact Us
All right reserved 2017 © Suprim Sanchar Pvt. Ltd.
Powered by :
Top