बिदेश

सिरिया आक्रमणबारे सुरक्षा परिषदमा छलफल



बिदेश प्रकाशित मिति:

संयुक्त राष्ट्रसंघ :
संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुतेरेसले सिरियामा जारी हिंसा तथा यहाँको हिंसामा प्रयोग भएको भनिएको रासायनिक एवम् घातक हतियारको प्रयोगका बारेमा चासो व्यक्त गरेका छन्।
उनले यस बारेमा सुरक्षा परिषद्का सबै सदस्य राष्ट्रहरूलाई एकताबद्ध हुन आग्रह पनि गरेका छन्। सुरक्षा परिषद्का सदस्य राष्ट्रहरूलाई उनले सिरियाली सैनिकले पछिल्लो समयमा घौटा, इदलिबलगायतका क्षेत्रमा आक्रमण गर्ने क्रममा यस्ता हतियारको प्रयोग गरेको भन्ने व्यापक गुनासो आएकाले यसका लागि सबैको ध्यानाकर्षण गराएका हुन्।

सिरियामा भएको घातक रासायनिक हतियारसहितको आक्रमणको छानबिन गर्न छुट्टै संयन्त्रको माग भएका बेला उनको यस्तो प्रतिक्रिया आएको हो। सिरियामा लगातार रासायनिक आक्रमण भइरहेको भन्दै मंगलबार सुरक्षा परिषद्को बैठकमा सदस्य राष्ट्रहरूले जिम्मेवार र उत्तरदायी बनाउन छुट्टै संयन्त्र आवश्यक रहेको बताएका थिए। महासचिव गुतेरेसका प्रवक्ता स्टेफन डुजेरिकले महासचिवको भनाइ उद्धृत गर्दै भनेका छन्, ‘यस्ता हतियारको प्रयोग भएको पाइयो भने त्यो मानवमाथिको सबैभन्दा ठूलो जघन्य अपराध हो।

त्यसैले यस्ता काममा संलग्न हुने सबैमाथिको कारबाहीका लागि एकताबद्ध भई काम गर्नु जरुरी छ।’ परिषद्का सदस्य राष्ट्रहरूले सिरियामा अन्तर्राष्ट्रिय कानुनको उल्लंघन गर्दै भइरहेका गतिविधि बन्द गर्न छुट्टै संयन्त्र बन्नुपर्ने विषयमा पनि छलफल भएको थियो। गुतेरेसले अपराधको छानबिन गगर्न र यस्ता अपराध प्रमाणित भए भने त्यसमा संलग्नहरूलाई कडा कारबाही गर्न सबैसँग आह्वान गरेका छन्। रासायनिक आक्रमण गम्भीर प्रकारको हिंसा भएकाले यसमा संलग्नलाई कडा कारबाही गर्नुपर्ने सुरक्षा परिषदका सदस्य राष्ट्रहरूको पनि जोड थियो।

मार्च महिनामा परिषद्को अध्यक्षता गरेका राष्ट्रसंघका लागि डेनमार्कका स्थायी प्रतिनिधि कारेलभान ओस्टेरोमले व्यक्तिगत, संस्थागत, समूहगत वा सरकारी तवरबाट यस्ता आक्रमणमा संलग्नहरूको खोजी गर्नुपर्नेमा जोड दिए। महासचिव गुतेरेसले यस्ता हतियारको प्रयोग युद्धअपराधसम्बन्धी कार्य भएको चर्चा गर्दै नागरिकको बाँच्न पाउने अधिकारको हनन हुनु जघन्य अपराध भएको बताएका छन्। गत महिना मात्र पनि अमेरिकाले सिरियाली सेनाले यस्ता हतियार प्रयोग गरिरहेको भन्दै यदि अनुसन्धानबाट यस्तो पाइएमा सिरियामाथि युद्धअपराधमा कारबाही हुने चेतावनी दिएको थियो।

अमेरिकाले सिरियाली सेनाले देशको पूर्वी घौटा क्षेत्रमा विद्रोहीविरुद्धको कारबाहीका क्रममा मानव स्वास्थ्यमा अत्यन्तै नराम्रो असर पार्ने घातक रसायन मिसाइएका हातहतियार प्रयोग गरेको जनाएको थियो।

सिरियाले त्यहाँका विद्रोही र विपक्षीहरूलाई दबाउने क्रममा यस्ता प्रकारका हतियार प्रयोग गर्ने गरेको भनी पहिलेदेखि नै अमेरिका र संयुक्त राष्ट्रसंघले अनुसन्धान र अनुगमन गर्ने गरेका छन्। सिरियाली सरकारले पछिल्लो समयमा जारी राखेको इदलिब, पूर्वी घौटालगायतमा यस्ता घातक हतियारको प्रयोग गरिरहेको सूचना आफूहरूलाई प्राप्त भएको राष्ट्रसंघले जनाएको छ।

यस्ता आक्रमणका कारण यी क्षेत्रबाट मात्र चार लाखभन्दा बढी सिरियाली भागेर अन्यत्र सरेका वा विदेशिएका छन्। त्यस्तै ती क्षेत्रमा ठूलो संख्यामा बालबालिकासहित एक हजारभन्दा बढीको ज्यान पनि गएको छ।

घातक हतियार प्रयोग भएको छैन : सिरिया

सिरिया सरकारले भने विद्रोहीहरूका विरुद्धमा आफ्नो देशमा घातक रासायनिक हतियार प्रयोग गरिएको समाचारको खण्डन गरेको छ। सिरियाली सेनाले घौटा क्षेत्रका साथै इदलिब र हामामा पनि विद्रोहीविरुद्धको कारबाहीका क्रममा घातक रसायन मिसाइएका हातहतियार प्रयोग गरेको भन्दै बदनाम गर्ने प्रयास भएको उसको भनाइ छ। सिरियाली विदेश मन्त्रालयले अमेरिकाले लगाएको आरोप कपोलकल्पित भएको बताएको छ। साभार अनलाईन खबर
साउदी अवरको राजकुमार लाई मृत्यूदण्ड - 2016-10-20
कलमपाटी ३ कार्तिक साउदी अरेवियाको शाही परिवारका एकजना सदस्यलाई मंगलबार फाँसी दिइएको छ । झगडा भएको समयमा गोली हानेर एक व्यक्तिको हत्या गरेको अभियोग लागेको थियो ।

राजा मरेपछि थाइल्यान्डमा एक वर्ष शोक मनाइने - 2016-10-14
थाइल्यान्डका राजा भूमिबोल अदुल्यादेजको निधन भएपछि एक वर्ष शोक मनाइने भएको छ । विश्वकै लामो समय राजसिंहासन सम्हालेका भूमिबोलको बिहीबार देहान्त भएपछि थाइल्यान्ड सरकारले एक वर्षसम्म शोक मनाउने घोषणा गरेको हो ।

चिनले ब्रम्हपुत्र नदी छेक्ने - 2016-10-02
चीनले आफ्नो सवैभन्दा महँगो विद्युत आयोजना निर्माणका लागी तिब्बतमा ब्रम्हपुत्रको सहायक नदीहरुको प्रवाह रोकेको छ । भारतको पूर्वी क्षेत्र भएर बग्ने ब्रम्हपुत्रको सहायक नदी रोकेपछि यसबाट तल्ला तटय क्षेत्रमा पानीको प्रवाह कम हुने बताइएको छ ।

भारतिय सेना द्धारा पाकिस्तानी सैनिक मारीए - 2016-09-29
दिल्ली १३ असोज / भारतीय सेनाले काश्मिरको विवादित सीमामा दुइजना पाकिस्तानी सैनिक मारेको जनाएको छ । पाकिस्तानी सेनाले बिहीबार एक विज्ञप्ति जारी गर्दै भारतीय सेनाले आक्रमण गरेको र आफ्ना दुइ जना सैनिक मारीएको जनाएको छ ।

अमेरीकामा बन्दुकधारीको आक्रमण तीन जनाको मृत्यू - 2016-09-24
कलापाटी ८ असोज अमेरिकाको वार्लिङटनमा बन्दुकधारीहरुले आक्रमण गर्दा तीन जनाको ज्यान गएको छ । राति करीव ८ बजे एक सपिङ मलमा बन्दुकधारीले आक्रमण गरेका थिए ।

काश्मीर आक्रमणमा १७ सैनिक मारीए - 2016-09-18
कश्मीरमा आइतबार विद्रोही समूहको आक्रमणबाट १७ सैनिकको मृत्यु भएको छ । सो घटनामा चार जना विद्रोहीहरु पनि मारीएको जनाइएको छ ।

कावेरी नदीको पानीको विवादमा हिंसात्मक आन्दोलन - 2016-09-13
दिल्ली २८ भदौ कावेरी नदीको पानी को बिषयमा भएको विवादमा भारतको कर्णाटक राज्यमा हिंसात्मक आन्दोलन भएको छ । सोमवार देखि शुरु हिंसात्मक आन्दोलनमा करीव एकसय सवारी साधन जलाइएको छन भने केहि को ज्यान समेत भएको छ ।

आज सेप्टेम्बर ११ - 2016-09-11
एजेन्सी पन्ध्र वर्ष अगाडि सन २०११ सेप्टेम्वर ११ कै दिन अमेरिकामा आतंकवादीले न्युयोर्कमा अवस्थित वल्र्ड टावर सेन्टरको जुम्ल्याहा भवनमा आक्रमण गरेका थिए । आक्रमणमा दुई हजार नौ सय ९६ जनाको मृत्यु भएको थियो ।

टर्कीमा ४२ पत्रकारमाथि पक्राउ आदेश - 2016-07-28
एजेन्सी ,साउन १० , टर्कीका सरकारी अधिकारीले मुलुकमा केही दिन पहिले भएको असफल सैनिक विद्रोहमा संलग्नमाथि अनुसन्धान तथा कारबाही अघि बढाइरहेको बेला विभिन्न सञ्चार माध्यममा कार्यरत ४२ जना पत्रकारलाई पनि पक्राउ आदेश दिइएको टर्कीको एनटिभी टेलिभिजन च्यानलले जनाएको छ ।

PREV 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 NEXT

English News



1014925 Times Visited.

Suprim Sanchar Pvt. Ltd.
Main Raod, Chandranighapur -1, Chandrapur Municipality, Rautahat
Mobile: 9855041125
http://www.kalampati.com
Email: kalampati@gmail.com
द. न. ४११
सचालक/ सम्पादक : फणि महत
Contact Us
All right reserved 2017 © Suprim Sanchar Pvt. Ltd.
Powered by :
Top