बिदेश

इन्डोनेसियामा आँधी, २० को ज्यान गयो, १७ हजार घर नष्ट



बिदेश प्रकाशित मिति: १६ मंसिर, काठमाडौं

इन्डोनेसियाको प्रकोप व्यवस्थापन विभागले एक हप्ता अघि आएको आँधीका कारण मृत्यु हुनेहरूको संख्या २० पुगेको शुक्रबार जनाएको छ ।

भारतीय सामुद्रिक टापुहरूबाट आएको आँधी, बाढी र चक्रवायुले १७ हजार ९ ओटा घरहरु नष्ट भएको पनि अधिकारीहरूले जनाएका छन् ।

प्राकृतिक प्रकोपमा पररी अरु चार जना घाइते भएका छन् भने एक हजार ८ सय ७९ जना घरवारविहिन भएका छन् ।

उनीहरुलाई सुरक्षित ठाँउका आश्रयस्थलहरूमा राखिएको विभागका प्रवक्ता पुर्वो नुग्रोहोले जानकारी दिए । प्रभावित सवै ठाँउहरूमा अझै पनि पुग्न नसकेको उनले बताए ।

ठूलो क्षति बनाउनेगरी आँधी आएपछि नोभेम्बर २७ देखि संकटकाल घोषणा गरिएको छ । घटनाबाट प्रभावितहरूलाई सहयोग गर्न ११ सय ७४ जना सुरक्षाकर्मी र विभिन्न कार्यालयका उद्धारकर्ता तथा स्वयम्सेवीहरू परिचालन गरिएको छ ।

उनीहरूलाई खाना, बच्चाको खाना, औषधी र अन्य राहत सामग्रीहरु पनि पठाइएको उनले बताए ।

मर्निङ वकमा निस्किएकी टिभीकी पूर्व कार्यक्रम प्रस्तोताको रुख ढल्दा मृत्यु - 2017-07-23
काठमाडौ ८ साउन/ भारतीय टेलिभिजन च्यानल दूरदर्शनकी पूर्व कार्यक्रम प्रस्तोताको मृत्यु भएको छ । ५७ वर्षीया कञ्चन रजत नाथको मर्निङवकमा निस्किएका बेला नरिवलको रुख उनीमाथि खसेपछि मृत्यु भएको हो ।

अमेरिकी राष्ट्रपति कार्यालयका प्रेस सचिवद्वारा राजीनामा - 2017-07-22
काठमाडौ ७ साउन/ अमेरिकाको राष्ट्रपति कार्यालय ह्वाइट हाउसका प्रेस सचिव सन इस्पिसरले शुक्रबार पदबाट राजीनामा दिनुभएको छ ।

उत्तर कोरियालाई दक्षिण कोरियाको आग्रह - 2017-07-21
काठमाडौ ६ साउन/ दक्षिण कोरियाले उत्तर कोरियासँग राखेको सैन्य वार्ताको प्रस्तावको जवाफ दिन उत्तर कोरियासँग शुक्रबार पुनः आग्रह गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

गोर्खा सैनिकका मेजरको कश्मिरमा हत्या - 2017-07-18
काठमाणडौ, ३ साउन / भारत प्रसाशित जम्बु कश्मिरमा आफ्नै सैनिक जवानले एक गोरखा सैनिकका मेजरको हत्या गरेका छन् ।

मलेसियामा भाइरल बन्यो नेपाली सुरक्षा गार्डको ‘पराक्रम’ - 2017-07-18
मलेसियामा पहिलो रोजाइमा पर्ने नेपाली सुरक्षा गार्डले हालै गरेको एउटा कामले यतिबेला यहाँको इन्टरनेट दुनियाँ तताइरहेको छ

साउदीका राजा भेटन सुडानका राष्ट्रपति खाडी राष्ट्रको भ्रमणमा - 2017-07-16
काठमाणडौ १ साउन / सुडानका राष्ट्रपति ओमार अल बसिरले आइतबारदेखि खाडीका तीन ओटा देशको भ्रमण सुरु गर्नुहुने भएको छ ।

चीनको पहिलो विदेशी सैन्य अखडा - 2017-07-13
काडमाणडौ २९ असार बेइजिङ स् चीनले देशबाहिर पहिलो सैन्य अखडा निर्माणका लागि सैनिक लिएर चिनियाँ पानीजहाज अफ्रिकी राष्ट्र जिबुटीतर्फ पठाएको सरकारी समाचार एजेन्सी सिन्ह्वाले जनाएको छ ।

कतारसँगको सम्झौतापछि अमेरिकी विदेशमन्त्री खाडीका विदेशमन्त्रीको बैठकमा - 2017-07-12
काठमाणडौ २८ असार / कतारसँग आतंकवाद विरुद्ध लडने सम्झौतामा हस्ताक्षर गरेपछि अमेरिकी विदेशमन्त्री रेक्स टिलरसन बुधवार साउदीको जेदाहमा हुने खाडी मुलुकका विदेश मन्त्रीस्तरीय बैठकमा सहभागी हुन लाग्नु भएको छ ।

अमेरिकाको राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा नेपालीले संचालन गरेको स्कुल सहभागी - 2017-04-11
आउँदो जुन २९ देखि जुलाई ६ सम्म मिचिगन राज्यमा हुने अमेरिकाको राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा वाटरफोर्डस्थित नेपालीले संचालन गरेको स्कुलका सहभागी खेलाडी छनोट गरिएको छ।

PREV 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 NEXT

English News



681254 Times Visited.

Suprim Sanchar Pvt. Ltd.
Main Raod, Chandranighapur -1, Chandrapur Municipality, Rautahat
Mobile: 9855041125
http://www.kalampati.com
Email: kalampati@gmail.com
द. न. ४११
सचालक/ सम्पादक : फणि महत
Contact Us
All right reserved 2017 © Suprim Sanchar Pvt. Ltd.
Powered by :
Top