बिदेश

इन्डोनेसियामा आँधी, २० को ज्यान गयो, १७ हजार घर नष्ट



बिदेश प्रकाशित मिति: १६ मंसिर, काठमाडौं

इन्डोनेसियाको प्रकोप व्यवस्थापन विभागले एक हप्ता अघि आएको आँधीका कारण मृत्यु हुनेहरूको संख्या २० पुगेको शुक्रबार जनाएको छ ।

भारतीय सामुद्रिक टापुहरूबाट आएको आँधी, बाढी र चक्रवायुले १७ हजार ९ ओटा घरहरु नष्ट भएको पनि अधिकारीहरूले जनाएका छन् ।

प्राकृतिक प्रकोपमा पररी अरु चार जना घाइते भएका छन् भने एक हजार ८ सय ७९ जना घरवारविहिन भएका छन् ।

उनीहरुलाई सुरक्षित ठाँउका आश्रयस्थलहरूमा राखिएको विभागका प्रवक्ता पुर्वो नुग्रोहोले जानकारी दिए । प्रभावित सवै ठाँउहरूमा अझै पनि पुग्न नसकेको उनले बताए ।

ठूलो क्षति बनाउनेगरी आँधी आएपछि नोभेम्बर २७ देखि संकटकाल घोषणा गरिएको छ । घटनाबाट प्रभावितहरूलाई सहयोग गर्न ११ सय ७४ जना सुरक्षाकर्मी र विभिन्न कार्यालयका उद्धारकर्ता तथा स्वयम्सेवीहरू परिचालन गरिएको छ ।

उनीहरूलाई खाना, बच्चाको खाना, औषधी र अन्य राहत सामग्रीहरु पनि पठाइएको उनले बताए ।

उत्तर कोरियापछि इरानद्वारा सफलतापूर्वक रकेट परिक्षण, अमेरिकालाई टाउको दुखाई - 2017-07-28
साउन १३, २०७४ इरानले उपग्रहलाई अन्तरिक्षको कक्षमा स्थापित गर्न सक्षम एक रकेटको सफलतापूर्वक प्रक्षेपण गरेको दाबी गरेको छ ।

उत्तर कोरियाले अर्को क्षेप्यास्त्र परीक्षण गर्ने सङ्केत छैन–दक्षिण कोरिया - 2017-07-27
साउन १२, २०७४ उत्तर कोरियाले तत्कालै अर्को ब्यालेस्टिक क्षेप्यास्त्र परीक्षण गर्ने तयारी गरिरहेको भनिए पनि त्यसको कुनै सङ्केत नभेटिएको दक्षिण कोरियाको रक्षा मन्त्रालयले जानकारी दिएको छ ।

नाकाबन्दी दुई देशको सम्बन्ध बिगार्ने गम्भीर कदम: रूस - 2017-07-27
काठमाण्डौ १२ साउन/ रूसमाथि नाकाबन्दी गर्ने सम्बन्धमा अमेरिकी संसद्ले मंगलबार पास गरेको कानुन रूस र अमेरिकाबीचको सम्बन्ध बिगार्ने एउटा गम्भीर कदम भएको रूसले जनाएको छ।

मुम्बईमा भवन भत्किदा मृत्यु हुनेको संख्या १२ पुग्यो - 2017-07-26
काठमाण्डौ ११ साउन/ भारतको मुम्बईमा मंगलबार एक पाँच तले भवन भत्किँदा मृत्यु हुनेको संख्या १२ पुगेको छ ।

रुस, इरान र उत्तरकोरियामाथि नाकाबन्दी लाउन आज अमेरिकी संसदमा मतदान हुने - 2017-07-25
साउन १०, २०७४ रुस, उत्तर कोरिया र इरानमाथि नाकाबन्दी गर्ने सम्बन्धमा अमेरिकी संसदमा मङ्गलबार मतदान हुदैछ । इरान र उत्तर कोरियामाथि यसअघि पनि नाकाबन्दी जारी नै छ । तर त्यसमा पनि थप नाकाबन्दीका लागि अमेरिकी संसदमा विधेयक लगिने भएको हो ।

भारतलाई चीनको खतरनाक चेतावनी स् चीनले सीमाक्षेत्रमा थप सेना खटाउने - 2017-07-25
साउन १०, २०७४ भारतसंग केही समय अघिदेखि विवाद परिरहेको सीमाक्षेत्रमा थप सेना खटाउने चेतावनी चीनले दिएको छ ।

काबुलमा कार बम विष्फोट, २४ जनाको मृत्यु - 2017-07-24
९ साउन, काबुल । अफगानिस्तानको राजधानी काबुलमा सोमबार कार बम विष्फोट हुँदा २४ जनाको मृत्यु भएको छ । अन्य ४० जना घाइते भएका छन् ।

मलेसियामा गयो एक नेपालीको ज्यान, शव ल्याइदिन परिवारको आग्रह - 2017-07-24
९ साउन, सप्तरी / वैदेशिक रोजगारीका सिलसिलामा मलेसिया गएका सप्तरीका एक नेपाली युवाको आइतबार मृत्यु भएको छ ।

उत्तरको त्रास : अमेरिकाको हवाइमा परमाणु चेतावनी सिस्टमको परिक्षण गरिने - 2017-07-23
काठमाडौ, साउन ८ हवाइ – उत्तर कोरियाको परमाणु क्षेप्यास्त्र हमलाको तयारी स्वरुप हवाइ ‘आक्रमण–चेतावनी’ सिस्टम परिक्षण गर्ने पहिलो अमेरिकी राज्य बन्ने भएको छ ।

PREV 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 NEXT

English News



681260 Times Visited.

Suprim Sanchar Pvt. Ltd.
Main Raod, Chandranighapur -1, Chandrapur Municipality, Rautahat
Mobile: 9855041125
http://www.kalampati.com
Email: kalampati@gmail.com
द. न. ४११
सचालक/ सम्पादक : फणि महत
Contact Us
All right reserved 2017 © Suprim Sanchar Pvt. Ltd.
Powered by :
Top