बिदेश

इन्डोनेसियामा आँधी, २० को ज्यान गयो, १७ हजार घर नष्ट



बिदेश प्रकाशित मिति: १६ मंसिर, काठमाडौं

इन्डोनेसियाको प्रकोप व्यवस्थापन विभागले एक हप्ता अघि आएको आँधीका कारण मृत्यु हुनेहरूको संख्या २० पुगेको शुक्रबार जनाएको छ ।

भारतीय सामुद्रिक टापुहरूबाट आएको आँधी, बाढी र चक्रवायुले १७ हजार ९ ओटा घरहरु नष्ट भएको पनि अधिकारीहरूले जनाएका छन् ।

प्राकृतिक प्रकोपमा पररी अरु चार जना घाइते भएका छन् भने एक हजार ८ सय ७९ जना घरवारविहिन भएका छन् ।

उनीहरुलाई सुरक्षित ठाँउका आश्रयस्थलहरूमा राखिएको विभागका प्रवक्ता पुर्वो नुग्रोहोले जानकारी दिए । प्रभावित सवै ठाँउहरूमा अझै पनि पुग्न नसकेको उनले बताए ।

ठूलो क्षति बनाउनेगरी आँधी आएपछि नोभेम्बर २७ देखि संकटकाल घोषणा गरिएको छ । घटनाबाट प्रभावितहरूलाई सहयोग गर्न ११ सय ७४ जना सुरक्षाकर्मी र विभिन्न कार्यालयका उद्धारकर्ता तथा स्वयम्सेवीहरू परिचालन गरिएको छ ।

उनीहरूलाई खाना, बच्चाको खाना, औषधी र अन्य राहत सामग्रीहरु पनि पठाइएको उनले बताए ।

मेक्सिकोमा पत्रकारको गोली हानी हत्या - 2017-08-01
साउन १७, २०७४ मेक्सिकोको उत्तरपश्चिमी राज्य बाजा क्यालिफोर्नियाको रोसारिटो सहरमा रहेको एक रेष्टुरेन्टमा गोली प्रहार गरी एक मेक्सिकन पत्रकारको हत्या गरिएको छ ।

पाकिस्तानमा आज नयाँ प्रधानमन्त्री चयन हुँदै - 2017-08-01
साउन १७, २०७४ पाकिस्तानको नयाँ प्रधानमन्त्री चयन गर्न मंगलबार हुने निर्वाचनका लागि छ जनाले उम्मेदवारी दिएका छन्।

चट्याङ लागेर ११ जनाको मृत्यु - 2017-07-31
साउन १६, २०७४ भारतको दक्षिणी राज्य उडिशामा चट्याङ परेर कम्तीका ११ व्यक्तिको मृत्यु भएको अधिकारीहरूले सोमबार जानकारी दिएका छन ।

उत्तरकोरिया माथि आर्थिक दबाब दिन अमेरिका र जापान सहमत - 2017-07-31
साउन १६, २०७४ अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र जापानी प्रधानमन्त्री सिन्जो आबे विश्व समुदायको आग्रहको बेवास्ता गर्दै उत्तर कोरियाले जारी राखेको शक्तिशाली ब्यालेस्टिक क्षेप्यास्त्र परीक्षण विश्वव्यापी खतरा बन्दै गएको निष्कर्षमा पुगेका छन् ।

लागुऔषधविरुद्धको कारबाहीमा मारिए मेयर - 2017-07-31
साउन १६, २०७४ फिलिपिन्समा लागुऔषध र तस्करीविरुद्धको कारबाहीका क्रममा नगरपालिकाका मेयर मारिएका छन् ।

श्रीमतीले हाँसो रोक्न नसकेपछि श्रीमानले गरिदिए हत्या - 2017-07-29
साउन १४, २०७४ अमेरिकाको अलास्कामा एक व्यक्तिले श्रीमतीको हाँसोबाट रिस उठेका कारण क्रुज शिपमा उनको हत्या गरेको बताइएको छ ।

जिउँदै गाडिएको शिशु खाल्डोभित्र रोएपछि... - 2017-07-29
भारतको मध्ये प्रदेशमा सात दिनको एक शिशुलाई उनकी आमाले जिउँदै गाडेर छोडेको घन्टौंपछि जीवितै उद्धार गरिएको छ ।

‘श्रीमानलाई यौन सम्बन्धका लागि अस्विकार गर्नु अत्याचार - 2017-07-28
मलेशियाली संसदका एक सदस्यले महिलाले श्रीमानलाई यौन सम्बन्धका लागि अस्विकार गर्नु ‘मानसिक र भावनात्मक अत्याचार’ भएको बताएका छन् ।

भारतलाई चीनको अर्को धम्कीः डोकलाममा भारत तेस्रो पार्टी, सेना नहटाए कश्मिरमा दखल दिनेछौं - 2017-07-28
साउन १३, २०७४ सिक्किमको डोकलाम एरियामा जारी विवादको विषयमा चीनको सरकारी मिडियाले एकपटक पुनः भारतलाई धम्की दिएको छ । चीनियाँ मिडियाले भनेको छ, ‘डोकलाम मसला चीन–भूटान सीमामा विवाद छ ।

PREV 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 NEXT

English News



681255 Times Visited.

Suprim Sanchar Pvt. Ltd.
Main Raod, Chandranighapur -1, Chandrapur Municipality, Rautahat
Mobile: 9855041125
http://www.kalampati.com
Email: kalampati@gmail.com
द. न. ४११
सचालक/ सम्पादक : फणि महत
Contact Us
All right reserved 2017 © Suprim Sanchar Pvt. Ltd.
Powered by :
Top