बिदेश

इन्डोनेसियामा आँधी, २० को ज्यान गयो, १७ हजार घर नष्ट



बिदेश प्रकाशित मिति: १६ मंसिर, काठमाडौं

इन्डोनेसियाको प्रकोप व्यवस्थापन विभागले एक हप्ता अघि आएको आँधीका कारण मृत्यु हुनेहरूको संख्या २० पुगेको शुक्रबार जनाएको छ ।

भारतीय सामुद्रिक टापुहरूबाट आएको आँधी, बाढी र चक्रवायुले १७ हजार ९ ओटा घरहरु नष्ट भएको पनि अधिकारीहरूले जनाएका छन् ।

प्राकृतिक प्रकोपमा पररी अरु चार जना घाइते भएका छन् भने एक हजार ८ सय ७९ जना घरवारविहिन भएका छन् ।

उनीहरुलाई सुरक्षित ठाँउका आश्रयस्थलहरूमा राखिएको विभागका प्रवक्ता पुर्वो नुग्रोहोले जानकारी दिए । प्रभावित सवै ठाँउहरूमा अझै पनि पुग्न नसकेको उनले बताए ।

ठूलो क्षति बनाउनेगरी आँधी आएपछि नोभेम्बर २७ देखि संकटकाल घोषणा गरिएको छ । घटनाबाट प्रभावितहरूलाई सहयोग गर्न ११ सय ७४ जना सुरक्षाकर्मी र विभिन्न कार्यालयका उद्धारकर्ता तथा स्वयम्सेवीहरू परिचालन गरिएको छ ।

उनीहरूलाई खाना, बच्चाको खाना, औषधी र अन्य राहत सामग्रीहरु पनि पठाइएको उनले बताए ।

जोन्सनको बेबी पाउडरले क्यान्सर भएपछि... - 2017-08-23
अमेरिकाको लस एन्जेलसस्थित अदालतका न्यायाधीशहरुको एक इजलासले जोन्सन एण्ड जोन्सन कम्पनीलाई ४१ करोड सात लाख अमेरिकी डलर (करिब ४२ अर्ब ७५ करोड ९६ लाख ४७ हजार रुपैयाँ) क्षतिपूर्ति तिर्न आदेश दिएको छ ।

डोक्लाम विवादमा जापानलाई जथाभावी नबोल्‍न चीनको धम्की - 2017-08-23
डोक्लाम विवादमा चीनले जापानलाई धम्काएको छ। भारतको पक्षलाई समर्थन गरेको भन्‍दै चीनले जापानलाई धम्क्याएको समाचार बीबीसीले जनाएको छ।

लेनिनका सयौं सालिक ढालिए - 2017-08-22
युक्रेनले पूर्वसोभियत संघका बेला स्थापना गरिएका लेनिनका सयौं सालिक हटाएको छ। सोभियत संघको प्रतीक मानिएका लेनिनका त्यस्ता सालिक देशभरबाट हटाउने प्रयासमा युक्रेन सरकार लागेको छ।

बार्सिलोनाका मुस्लिम नागरिक त्रासमा - 2017-08-21
स्पेनको बार्सिलोना सहरमा गत बिहीबार आतंककारी हमला भयो । त्यहाँ कम्तीमा पनि १३ जनाको ज्यान गयो । अरु १०० जनाभन्दा बढी नराम्ररी घाइते भए ।

युरोपमा आतंककारी आक्रमण - 2017-08-20
युरोपका विभिन्न मुलुकमा आतंककारी आक्रमण भएका छन् । स्पेनमा भएको आक्रमणको लगत्तै जर्मनी, फिनल्यान्ड र रूसमा समेत आतंककारी आक्रमण भएका छन् । स्पेन र रूसमा भएको आक्रमणको ट्टरपन्थी संगठन इस्लामिक स्टेट (आइएस)ले जिम्मा लिएको छ ।

मोटरसाइकलमा आइसक्रिम बेच्छिन् यी युवती, सोसल मिडियामा रातारात छाइन् - 2017-08-19
सोसल मिडियामा आजकाल एक सुन्दर युवतीको तस्बिर भाइरल भइरहेको छ । यी युवती हिजाब लगाउँछिन् र साधारण तरिकाले बस्छिन् । उनी आफ्नो कामका कारण सोसल मिडियामा रातारात छाएकी छिन् ।

नायिका लैला : जसले फ्रिजभित्र बसेर ज्यान जोगाइन् - 2017-08-19
स्पेनको लसयाम्बर्समा ध्यानले सर्वसाधारणलाई आक्रमण गर्न थालेपछि मानिस नजिकैको क्याफे तथा पसलभित्र लुकेर ज्यान जोगाएका छन् ।

‘कोरियाली प्रायद्वीपमा युद्ध हुँदैन’ - 2017-08-18
भाद्र २, २०७४ दक्षिण कोरियाका राष्ट्रपति मुन जे–इनले कोरियाली प्रायद्वीमा युद्ध नहुनेमा आफू ढुक्क भएको बताएका छन् ।

बार्सिलोना आक्रमणमा १३ को मृत्यु : दोस्रो हमला प्रयास रोकेको प्रहरीको दावी - 2017-08-18
स्पेनको बार्सिलोना शहरमा आतंकवादी आक्रमण हुँदा कम्तिमा १३ जनाको मृत्यु भएको छ । घटनामा ८० जना घाइते भएका छन् ।

PREV 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 NEXT

English News



681250 Times Visited.

Suprim Sanchar Pvt. Ltd.
Main Raod, Chandranighapur -1, Chandrapur Municipality, Rautahat
Mobile: 9855041125
http://www.kalampati.com
Email: kalampati@gmail.com
द. न. ४११
सचालक/ सम्पादक : फणि महत
Contact Us
All right reserved 2017 © Suprim Sanchar Pvt. Ltd.
Powered by :
Top