बिदेश

इन्डोनेसियामा आँधी, २० को ज्यान गयो, १७ हजार घर नष्ट



बिदेश प्रकाशित मिति: १६ मंसिर, काठमाडौं

इन्डोनेसियाको प्रकोप व्यवस्थापन विभागले एक हप्ता अघि आएको आँधीका कारण मृत्यु हुनेहरूको संख्या २० पुगेको शुक्रबार जनाएको छ ।

भारतीय सामुद्रिक टापुहरूबाट आएको आँधी, बाढी र चक्रवायुले १७ हजार ९ ओटा घरहरु नष्ट भएको पनि अधिकारीहरूले जनाएका छन् ।

प्राकृतिक प्रकोपमा पररी अरु चार जना घाइते भएका छन् भने एक हजार ८ सय ७९ जना घरवारविहिन भएका छन् ।

उनीहरुलाई सुरक्षित ठाँउका आश्रयस्थलहरूमा राखिएको विभागका प्रवक्ता पुर्वो नुग्रोहोले जानकारी दिए । प्रभावित सवै ठाँउहरूमा अझै पनि पुग्न नसकेको उनले बताए ।

ठूलो क्षति बनाउनेगरी आँधी आएपछि नोभेम्बर २७ देखि संकटकाल घोषणा गरिएको छ । घटनाबाट प्रभावितहरूलाई सहयोग गर्न ११ सय ७४ जना सुरक्षाकर्मी र विभिन्न कार्यालयका उद्धारकर्ता तथा स्वयम्सेवीहरू परिचालन गरिएको छ ।

उनीहरूलाई खाना, बच्चाको खाना, औषधी र अन्य राहत सामग्रीहरु पनि पठाइएको उनले बताए ।

राम रहिमको अदालतसामू गुहारः मसाजका लागि हनिप्रितसँग बस्न देउ - 2017-09-02
बलात्कारी बाबा गुरमित राम रहिम जेलमा आफ्नी ‘हनी’ का लागि तड्पिरहेका छन् । रामरहिमले सिआईबी कोर्टसमक्ष हनिप्रितलाई जेलमा उनीसँगै बस्नका लागि अनुमती दिनका लागि अपिल गरेका छन् ।

जर्मनीमा भेटियो द्वितीय विश्वयुद्धको बम, ७० हजारलार्इ घर छाड्न आदेश - 2017-09-01
जर्मनीको फ्र्यांकफर्टमा विस्फोट नभएको एउटा बम फेला परेपछि करिब ७० हजार व्यक्तिलाई घर छोडेर जान आदेश दिइएको छ।

बन्ने भो ट्रम्पको पर्खाल, नमूना पर्खाल बनाउन ४ कम्पनी छनौट - 2017-09-01
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको योजना अनुसार अमेरिका–मेक्सिको सीमामा पर्खाल निर्माण गर्न चारवटा कम्पनीलाई नमूना पर्खाल निर्माण गर्न छनौट गरिएको छ । अमेरिकी कस्टम तथा सीमा सुरक्षा (सिबिपी)ले यसबारे जानकारी दिएको हो ।

मुम्बइमा भवन भत्किँदा ४० जना पुरिए, उद्वार जारी - 2017-08-31
भारतको आथिक राजधानी सहर मानिने मुम्बइमा बिहीबार बिहान एक आवासीय भवन भत्किँदा त्यसमा करिब ४० जना पुरिएको आशङ्का गरिएको छ । ती व्यक्तिको जिवीतै उद्वारका लागि ठूलो सङ्ख्याका उद्वारकर्मीले बिहानैदेखि प्रयास जारी राखेका समाचारमा जनाइएको छ ।

बङ्गलादेशमा डुंगा डुब्दा २० को मृत्यु - 2017-08-31
बङ्गलादेशमा बुधबार भएको डुंगा दुर्घटनामा परी २० जनाको ज्यान गएको छ । मृत्यु हुनेमा म्यानमारबाट बङ्गलादेश आएका रोहिङ्गा समुदायका नागरिक रहेका छन् ।

चीनमा नयाँ सेना प्रमुख - 2017-08-30
चीनले आफ्ना सैनिक प्रमुखमा ली जुओचेङलाई नियुक्त गरेको बताइएको छ । भारतसँग लामो समयसम्म विवाद चलिरहेका बेला चीनले आफ्ना सैनिक प्रमुखलाई परिवर्तन गरेको हो ।

दुई युवतीले केक काटेर मनाए मृत्युको खुसियाली, विष पिएर गरे आत्महत्या - 2017-08-30
विजयनगर क्षेत्रको गुरुनगरमा आफ्नो पतिसँग अलग भएर बसिरहेकी युवती र उनको साथीले कोल्ड ड्रिंकमा विष मिलाएर आत्महत्या छन् । उनीहरुले केक काटेर त्यसको खुसियाली पनि मनाएका छन् र सेल्फीसमेत लिएका छन् ।

भारत–चीनबीचको डोक्लाम विवाद सल्टिएपछि बोल्यो भुटान - 2017-08-29
भुटानले भारत र चीनले डोक्लामबाट सेना फिर्ता गर्ने निर्णय गरेकोमा स्वागत गरेको छ ।

अमेरिकी दूतावासनजिक आत्मघाती आक्रमणमा चारको मृत्यु - 2017-08-29
अफगानिस्तानको राजधानी काबुलको मध्य भागमा अवस्थित अमेरिकी राजदूतावासनजिकै गरिएको आत्मघाती आक्रमणमा परी कम्तीमा चार व्यक्तिको मृत्युु भएको छ ।

PREV 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 NEXT

English News



681258 Times Visited.

Suprim Sanchar Pvt. Ltd.
Main Raod, Chandranighapur -1, Chandrapur Municipality, Rautahat
Mobile: 9855041125
http://www.kalampati.com
Email: kalampati@gmail.com
द. न. ४११
सचालक/ सम्पादक : फणि महत
Contact Us
All right reserved 2017 © Suprim Sanchar Pvt. Ltd.
Powered by :
Top