बिदेश

इन्डोनेसियामा आँधी, २० को ज्यान गयो, १७ हजार घर नष्ट



बिदेश प्रकाशित मिति: १६ मंसिर, काठमाडौं

इन्डोनेसियाको प्रकोप व्यवस्थापन विभागले एक हप्ता अघि आएको आँधीका कारण मृत्यु हुनेहरूको संख्या २० पुगेको शुक्रबार जनाएको छ ।

भारतीय सामुद्रिक टापुहरूबाट आएको आँधी, बाढी र चक्रवायुले १७ हजार ९ ओटा घरहरु नष्ट भएको पनि अधिकारीहरूले जनाएका छन् ।

प्राकृतिक प्रकोपमा पररी अरु चार जना घाइते भएका छन् भने एक हजार ८ सय ७९ जना घरवारविहिन भएका छन् ।

उनीहरुलाई सुरक्षित ठाँउका आश्रयस्थलहरूमा राखिएको विभागका प्रवक्ता पुर्वो नुग्रोहोले जानकारी दिए । प्रभावित सवै ठाँउहरूमा अझै पनि पुग्न नसकेको उनले बताए ।

ठूलो क्षति बनाउनेगरी आँधी आएपछि नोभेम्बर २७ देखि संकटकाल घोषणा गरिएको छ । घटनाबाट प्रभावितहरूलाई सहयोग गर्न ११ सय ७४ जना सुरक्षाकर्मी र विभिन्न कार्यालयका उद्धारकर्ता तथा स्वयम्सेवीहरू परिचालन गरिएको छ ।

उनीहरूलाई खाना, बच्चाको खाना, औषधी र अन्य राहत सामग्रीहरु पनि पठाइएको उनले बताए ।

अमेरिकालाई इतिहासकै ठूलो पीडा भोग्न तयार रहन उत्तर कोरियाको चेतावनी - 2017-09-11
उत्तर कोरियाले संयुक्त राष्ट्रसंघको सुरक्षा परिषदले आफू बिरुद्ध नाकाबन्दी कस्ने निर्णय गरेमा अमेरिकाले इतिहासमै नभोगेको पीडा भोग्नुपर्ने चेतावनी दिएको छ ।

उत्तर कोरियाको आणविक परीक्षण भविष्यका लागि चुनौती - 2017-09-11
दक्षिण कोरियाका विदेशमन्त्रीले उत्तर कोरियाले हालै गरेको आणविक परीक्षण आगामी दिनका लागि सबैभन्दा ठूलो चुनौती भएको बताएका छन्।

म्यानमारमा रोहिंग्या विद्रोहीले गरे युद्धविरामको घोषणा - 2017-09-10
म्यानमारका रोहिंग्या विद्रोहीले आइतबारदेखि नै लागू हुने गरी एक महिने युद्धविरामको घोषणा गरेका छन् ।

परमाणु बम र हाइड्रोजन बमबीच के भिन्नता ? - 2017-09-10
उत्तर कोरियाले गत आइतबार एक शक्तिशाली हाइड्रोजन बम परीक्षण गरेपछि संसार भर त्यसको चासो र चर्चा भइरहेको छ ।

मेक्सिकोमा १३ घण्टामा ३३७ भूकम्पका धक्का - 2017-09-09
मेक्सिकोमा बिहीबार राति गएको ८.२ म्याग्निच्यूडको भूकम्पमा परी मृत्यु हुनेको संख्या ६० पुगेको छ ।

महिनावारी भएकाे बेलामा शिक्षकले खिसी गरेपछि बालिकाले गरिन् आत्महत्या - 2017-09-09
भारतको दक्षिणी राज्य तमिलनाडुकी १२ वर्षीया बालिकाले मासिक धर्मका वेला शिक्षकले लज्जित बनाएपछि आत्महत्या गरेकी छिन् । विद्यालयमा अत्यधिक रक्तश्रावका कारण शिक्षकले खिसी गरेपछि उनले आत्महत्या गरेकी हुन् । शिक्षकले आफूलाई यातना दिएको उनको सुसाइड नोटमा उल्लेख छ ।

बाढीका कारण बालबालिकाको बिचल्ली - 2017-09-08
सियरा लिओनमा अगस्त महिनाको सुरुमा आएको भिषण बाढी र पहिरोका कारण कम्तीमा पनि पाँच हजार जना बालबालिकाको बिचल्ली भएको छ। उनीहरुमध्ये अधिकांशले अभिभावक गुमाएका छन् भने अरु कैयौँ घरबारबिहीन भएर बिचल्लीमा परेका छन्। बिचल्लीमा परेकाहरुलाई स्थानीय स्तरमा शिविर बनाएर रेखदेख गरी राखिएको छ।

मेक्सिकोमा ८ रेक्टर स्केलको भूकम्प - 2017-09-08
उत्तर अमेरिकी देश मेक्सिकोमा ८ म्याग्निच्यूडको भूकम्प गएको छ । बिहीबार राति मेक्सिकोको पिजीजीपन शहरभन्दा करीब सय किलोमिटर टाढा प्रशान्त महासागरमा ३५ किलोमिटर गहिराइ केन्द्रविन्दु भएर भूकम्प गएको अमेरिकी भौगर्विक संस्था 'यूएसजीएसुलाई उद्धृत गर्दै बीबीसीले खबर दिएको छ ।

गौरी लंकेश हत्याको भारतभर विरोध - 2017-09-07
भारतकी प्रख्यात पत्रकार गौरी लंकेशको हत्याको भारतभर विरोध भएको छ । उनको हत्या प्रजातन्त्र र मानवअधिकारमाथिको आक्रमण भएको भारतीय बुद्धिजीवी र सञ्चारकर्मीहरूले बताएका छन् ।

PREV 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 NEXT

English News



681251 Times Visited.

Suprim Sanchar Pvt. Ltd.
Main Raod, Chandranighapur -1, Chandrapur Municipality, Rautahat
Mobile: 9855041125
http://www.kalampati.com
Email: kalampati@gmail.com
द. न. ४११
सचालक/ सम्पादक : फणि महत
Contact Us
All right reserved 2017 © Suprim Sanchar Pvt. Ltd.
Powered by :
Top