बिदेश

अमेरिकाको एक विद्यालयमा युवकले अन्धाधुन्ध गोली चलाउदा १७ जनाको मृत्यु



बिदेश प्रकाशित मिति:

एजेन्सी :
संयुक्त राज्य अमेरिकाको फ्लोरिडास्थित एक विद्यालयमा १९ वर्षीय युवाले अन्धाधुन्ध गोली चलाउँदा १७ जनाको मृत्यु भएको छ ।
अमेरिकी टेलिभिजन सिएनएनले दिएको खबर अनुसार उक्त विद्यालयका पूर्व विद्यार्थीसमेत रहेका १९ वर्षीय निकोलस क्रुज नामका युवाले विद्यालयमा प्रवेश गरी गोली चलाएका हुन । ती युवकलाई गिरफ्तार गरिएको सुरक्षा निकायले जनाएको छ ।
फ्लोरिडाको पार्कल्याण्डमा रहेको ुमर्जोरी स्टोनेमन डग्लसुु नामको उच्च माध्यिमक विद्यालयमा गोली चलाइएको हो । खबर अनुसार आक्रमणकारी छात्रले विद्यायलमा रहेको आपतकालीन अवस्थामा बजाउने घण्टी बजाएका थिए । विद्यार्थीहरु भागाभाग गर्न थालेपछि भीडमाथि अन्धाधुन्ध गोली चलाएका थिए । स्थानीय समय अनुसार बुधबार दिउँसो साढे तीन बजेतिर घटना घटेको हो ।
सुरक्षा बलले दिएका जानकारी अनुसार मृतक १२ जनाको शव भवनभित्र, दुई जनाको विद्यायलय परिसरमा र दुई जनाको सडकमा फेला परेको थियो । एक जनाको अस्पताल पुगेपछि मृत्यु भएको जनाइएको छ ।
आक्रमणकारीलाई हिरासतमा राखी आक्रमणको कारण बारे अनुसन्धान भइरहेको सुरक्षा निकायलाई उद्धृत गर्दै सीएनएनले खबर दिएको छ ।
चट्याङ लागेर ११ जनाको मृत्यु - 2017-07-31
साउन १६, २०७४ भारतको दक्षिणी राज्य उडिशामा चट्याङ परेर कम्तीका ११ व्यक्तिको मृत्यु भएको अधिकारीहरूले सोमबार जानकारी दिएका छन ।

उत्तरकोरिया माथि आर्थिक दबाब दिन अमेरिका र जापान सहमत - 2017-07-31
साउन १६, २०७४ अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र जापानी प्रधानमन्त्री सिन्जो आबे विश्व समुदायको आग्रहको बेवास्ता गर्दै उत्तर कोरियाले जारी राखेको शक्तिशाली ब्यालेस्टिक क्षेप्यास्त्र परीक्षण विश्वव्यापी खतरा बन्दै गएको निष्कर्षमा पुगेका छन् ।

लागुऔषधविरुद्धको कारबाहीमा मारिए मेयर - 2017-07-31
साउन १६, २०७४ फिलिपिन्समा लागुऔषध र तस्करीविरुद्धको कारबाहीका क्रममा नगरपालिकाका मेयर मारिएका छन् ।

श्रीमतीले हाँसो रोक्न नसकेपछि श्रीमानले गरिदिए हत्या - 2017-07-29
साउन १४, २०७४ अमेरिकाको अलास्कामा एक व्यक्तिले श्रीमतीको हाँसोबाट रिस उठेका कारण क्रुज शिपमा उनको हत्या गरेको बताइएको छ ।

जिउँदै गाडिएको शिशु खाल्डोभित्र रोएपछि... - 2017-07-29
भारतको मध्ये प्रदेशमा सात दिनको एक शिशुलाई उनकी आमाले जिउँदै गाडेर छोडेको घन्टौंपछि जीवितै उद्धार गरिएको छ ।

‘श्रीमानलाई यौन सम्बन्धका लागि अस्विकार गर्नु अत्याचार - 2017-07-28
मलेशियाली संसदका एक सदस्यले महिलाले श्रीमानलाई यौन सम्बन्धका लागि अस्विकार गर्नु ‘मानसिक र भावनात्मक अत्याचार’ भएको बताएका छन् ।

भारतलाई चीनको अर्को धम्कीः डोकलाममा भारत तेस्रो पार्टी, सेना नहटाए कश्मिरमा दखल दिनेछौं - 2017-07-28
साउन १३, २०७४ सिक्किमको डोकलाम एरियामा जारी विवादको विषयमा चीनको सरकारी मिडियाले एकपटक पुनः भारतलाई धम्की दिएको छ । चीनियाँ मिडियाले भनेको छ, ‘डोकलाम मसला चीन–भूटान सीमामा विवाद छ ।

उत्तर कोरियापछि इरानद्वारा सफलतापूर्वक रकेट परिक्षण, अमेरिकालाई टाउको दुखाई - 2017-07-28
साउन १३, २०७४ इरानले उपग्रहलाई अन्तरिक्षको कक्षमा स्थापित गर्न सक्षम एक रकेटको सफलतापूर्वक प्रक्षेपण गरेको दाबी गरेको छ ।

उत्तर कोरियाले अर्को क्षेप्यास्त्र परीक्षण गर्ने सङ्केत छैन–दक्षिण कोरिया - 2017-07-27
साउन १२, २०७४ उत्तर कोरियाले तत्कालै अर्को ब्यालेस्टिक क्षेप्यास्त्र परीक्षण गर्ने तयारी गरिरहेको भनिए पनि त्यसको कुनै सङ्केत नभेटिएको दक्षिण कोरियाको रक्षा मन्त्रालयले जानकारी दिएको छ ।

PREV 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 NEXT

English News



781223 Times Visited.

Suprim Sanchar Pvt. Ltd.
Main Raod, Chandranighapur -1, Chandrapur Municipality, Rautahat
Mobile: 9855041125
http://www.kalampati.com
Email: kalampati@gmail.com
द. न. ४११
सचालक/ सम्पादक : फणि महत
Contact Us
All right reserved 2017 © Suprim Sanchar Pvt. Ltd.
Powered by :
Top