बिदेश

अमेरिकाको एक विद्यालयमा युवकले अन्धाधुन्ध गोली चलाउदा १७ जनाको मृत्यु



बिदेश प्रकाशित मिति:

एजेन्सी :
संयुक्त राज्य अमेरिकाको फ्लोरिडास्थित एक विद्यालयमा १९ वर्षीय युवाले अन्धाधुन्ध गोली चलाउँदा १७ जनाको मृत्यु भएको छ ।
अमेरिकी टेलिभिजन सिएनएनले दिएको खबर अनुसार उक्त विद्यालयका पूर्व विद्यार्थीसमेत रहेका १९ वर्षीय निकोलस क्रुज नामका युवाले विद्यालयमा प्रवेश गरी गोली चलाएका हुन । ती युवकलाई गिरफ्तार गरिएको सुरक्षा निकायले जनाएको छ ।
फ्लोरिडाको पार्कल्याण्डमा रहेको ुमर्जोरी स्टोनेमन डग्लसुु नामको उच्च माध्यिमक विद्यालयमा गोली चलाइएको हो । खबर अनुसार आक्रमणकारी छात्रले विद्यायलमा रहेको आपतकालीन अवस्थामा बजाउने घण्टी बजाएका थिए । विद्यार्थीहरु भागाभाग गर्न थालेपछि भीडमाथि अन्धाधुन्ध गोली चलाएका थिए । स्थानीय समय अनुसार बुधबार दिउँसो साढे तीन बजेतिर घटना घटेको हो ।
सुरक्षा बलले दिएका जानकारी अनुसार मृतक १२ जनाको शव भवनभित्र, दुई जनाको विद्यायलय परिसरमा र दुई जनाको सडकमा फेला परेको थियो । एक जनाको अस्पताल पुगेपछि मृत्यु भएको जनाइएको छ ।
आक्रमणकारीलाई हिरासतमा राखी आक्रमणको कारण बारे अनुसन्धान भइरहेको सुरक्षा निकायलाई उद्धृत गर्दै सीएनएनले खबर दिएको छ ।
मोदीलाई पूर्व प्रधानमन्त्रीको सुझाव : 'राजनीति सकिए, अर्थतन्त्रमा ध्यान दिनुस् - 2017-11-08
नोटबन्दीले अर्थतन्त्रका सूचकांकमा परेकोभन्दा धेरै प्रभाव समाजको विपन्न वर्ग र मध्यमवर्गीय व्यवसायीमाथि परेको छ', भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सरकारले डिमोनिटाइजेसन (नोटबन्दी) सफल भएको रट लगाइरहेका बेला भारतका पूर्वप्रधानमन्त्री मनमोहन सिंहले एउटा अनलाइनलाई दिएको अन्तर्वार्तामा भनेका छन् ।

साउदी राजकुमारको हेलिकप्टर दुर्घटनामा मृत्यु - 2017-11-06
साउदी अरवको सरकारी टीभी च्यानलका अनुसार यमनको सीमा नजिकै एक हेलिकप्टर दुर्घटनामा एक राजकुमारसहित केही उच्च सरकारी अधिकारीको मृत्य भएको छ ।

उत्तरप्रदेश विष्फोटमा मारिनेको संख्या २२ पुग्यो - 2017-11-02
भारत उत्तरप्रदेशको रायबरेलीस्थित एक ‘पावर प्लान्ट’मा भएको विष्फोटमा परी मारिनेको संख्या २२ पुगेको छ ।

उत्तर कोरियाले आणविक परीक्षण गर्दा २०० जनाको मृत्यु भएको खुलासा - 2017-11-01
टोकियो : उत्तर कोरियाको आणविक परीक्षणस्थलमा अकस्मात विष्फोट भएपछि सुरुङमा पुरिएर करिब २०० जनाको मृत्यु भएको आशङ्का गरिएको जापानी सञ्चारमाध्यमले मंगलबार जनाएको छ ।

अमेरिकी पूर्वराष्ट्रपति बुसमाथि यौन दुव्र्यवहारको आरोप - 2017-10-31
अमेरिकाका पूर्वराष्ट्रपति एचडब्लू बुस फेरि यौन दुव्र्यवहार आरोपमा फसेका छन् । अमान्डा नाम गरेकी महिलाले आफूलाई पूर्वराष्ट्रपति बुसले यौन दुव्र्यवहार गरेको आरोप लगाएकी हुन् ।

उत्तर कोरियालाई धम्क्याउँदै अमेरिका - 2017-10-31
कोरियाली प्रायद्विपमा केही महिनायता उत्पन्न तनावपछि अहिले आएर उत्तर कोरिया मौन भएको छ ।

सोमालियाको राजधानीमा बम विष्फोट, १४ को मृत्यु - 2017-10-29
सोमालियाको राजधानी मोगादिशुमा दुई शक्तिशाली बम विष्फोट हुँदा १४ जनाको मृत्यु भएको छ । दुई हप्ता अघि पनि मोगादिशुमा विष्फोट हुँदा ३५० जनाको मृत्यु भएको थियो ।

‘बेलायतका आधा महिलामाथि कार्यकक्षमै यौन दुव्र्यवहार’ - 2017-10-27
लन्डन | बेलायतमा आधाभन्दा बढी महिलामाथि कार्यकक्षमै यौन दुव्र्यवहार हुने गरेको छ । पछिल्लो एक सर्वेक्षणले सो जानकारी दिएको हो ।

संसारकै सेक्सी ट्याक्सीचालक जोयस - 2017-10-24
बाँकी समय भने फेसन डिजाइनरको कक्षा लिन्छिन् । पुरुषहरूको बाहुल्यता रहेको सवारी उद्योगमा उनको आगमनले यात्रुहरू पनि प्रभावित भए ।

PREV 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 NEXT

English News



782773 Times Visited.

Suprim Sanchar Pvt. Ltd.
Main Raod, Chandranighapur -1, Chandrapur Municipality, Rautahat
Mobile: 9855041125
http://www.kalampati.com
Email: kalampati@gmail.com
द. न. ४११
सचालक/ सम्पादक : फणि महत
Contact Us
All right reserved 2017 © Suprim Sanchar Pvt. Ltd.
Powered by :
Top