बिदेश

अलास्कामा ८.१ म्याग्निच्यूडको भूकम्प, सुनामीको चेतावनी



बिदेश प्रकाशित मिति:

काठमाडौँ:
अलास्कामा म‌ंगलबार दिउँसो ८.१ म्याग्निच्यूडको शक्तिशाली भूकम्प गएको छ। शक्तिशाली भूकम्पपछि सुनामी आउने चेतावनीसहित मानिसहरुला अलास्काबाट बाहिरिन त्यहाँको सरकारले आग्रह गरेको छ ।

पृथ्वीको सतह भन्दा ३२ किलोमिटर तल दक्षिण-पूर्वी चिनियाकभन्दा २ सय ५६ किलोमिटर दक्षिणपूर्वमा केन्द्रबिन्दु बनाएर गएको भूकम्पबाट भएको मानवीय तथा भौतिक क्षतिको विवरण आइनसकेको अमेरिकन भौगर्भिक सर्भेले जानकारी दिएको छ।

स्थानीय समयअनुसार मध्यराति १२ बजेर ३१ मिनेटमा गएको भूकम्पपछि अमेरिका र क्यानडा दुवै देशले सुनामीको चेतावनी जारी गरेका छन् । भूकम्पछि अमेरिकाको पश्चिमी समुद्री तट, हवाई र क्यानडाको तटीय क्षेत्रमा यस्तो चेतावनी जारी गरिएको हो ।

अलास्का द्वीप, अमेरिका र क्यानडालाई केन्द्रबिन्दु बनाउँदै पछिल्लो २४ घण्टामा निरन्तर सानातिना भूकम्प गइरहेका थिए । त्यसयता गएको यो सबैभन्दा शक्तिशाली भूकम्पको धक्का हो।

भूकम्पपछि कोडियाक द्वीप क्षेत्रका बासिन्दालाई पनि सुरक्षित क्षेत्रमा सर्न भनिएको छ । अमेरिकन सुनामी सिस्टमले सुनामी आउने भएकाले मानिसहरुलाई अमेरिकाको केही भाग, क्यानडा र अलास्का द्वीपका मानिसलाई सतर्क रहन सचेत गराएको छ । साभार अन्नपुर्ण

उत्तर कोरियाविरुद्ध अमेरिकी प्रस्तावमा चीन र रुस असहमत - 2017-09-05
उत्तर कोरिया माथि थप प्रतिबन्ध लगाउने सवालमा संयुक्त संराष्ट्र सुरक्षा परिषद्का सदस्यहरु विभाजित भएका छन् । सोमबार बसेको सुरक्षा परिषद्को बैठकमा उत्तर कोरियाले गरेको पछिल्लो परमाणु अस्त्रको परीक्षणको बदलामा थप प्रतिबन्ध लगाउने बारे छलफल भएको थियो।

उत्तर कोरियाद्वारा हिरोसिमामा खसालिएको बम भन्दा तीन गुणा ठूलो बम परिक्षण - 2017-09-04
उत्तर कोरियाले आइतबार गरेको आणविक परीक्षण करिब ५० किलोटनको रहेको दक्षिण कोरियाको रक्षा मन्त्रालयले सोमबार संसदमा जानकारी दिएको छ ।

दक्षिण कोरियाले गर्‍यो उत्तरको प्रतिरोध गर्न 'लाइभ-फायर' परीक्षण - 2017-09-04
दक्षिण कोरियाले उत्तर कोरियाको परमाणु बम परीक्षण लगत्तै त्यस्ता अस्त्रको प्रतिरोध गर्ने क्षमता भएको 'लाइभ-फायर' अभ्यास गरिएको जनाएको छ।उत्तर कोरियाको कदमलाई लिएर चीन र रुसमा गम्भीर चिन्ता व्यक्त भइरहँदा दक्षिण कोरियाले सैन्य अभ्यास गरेको हो।

बाढी प्रभावित क्षेत्रमा ट्रम्पको दोस्रो भ्रमण - 2017-09-03
अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले बाढी प्रभावित क्षेत्र टेक्सासमा शनिबार दोस्रो पटक भ्रमण गर्नुभएको छ । बाढीपीडितलाई पर्याप्त ध्यान नदिएको भन्दै आलोचना भएपछि उहाँले श्रीमती मेलानिआसहित प्रभावित ठाउँको भ्रमण गर्नुभएको हो ।

इराकमा दुई हजार लडाकू मारिएको सेनाको दाबी - 2017-09-03
इराकको मोसुलमा पर्ने ताल अफारमा भएको प्रतिकात्मक सुरक्षा कारबाहीमा परी दुई हजारभन्दा बढी इस्लामिक स्टेट (आइएस)का लडाकू मारिएका छन्। कारबाहीका क्रममा अरू ५० जना आत्मघाती बम हमलाकारी पनि मारिएको इराकी सेनाले शनिबार एक विज्ञप्तिमार्फत जनाएको छ।

उत्तरकोरिया विरुद्ध लड्न शसक्त समन्वय गर्ने ट्रम्पको प्रतिवद्धता - 2017-09-02
संयुक्त राज्य अमेरिका र दक्षिण कोरियाले उत्तर कोरियाबाट सिर्जना हुने सुरक्षा चुनौती सामना गर्न सहकार्यलाई थप शसक्त बनाउने प्रतिवद्धता जाहेर गरेका छन्। यसका लागि अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले सोललाई अमेरिकी सैनिक सामग्री बेच्ने अर्वौ अमेरिकी डलर बराबरको 'अवधारणात्मक सहमतिु जनाए।

राम रहिमको अदालतसामू गुहारः मसाजका लागि हनिप्रितसँग बस्न देउ - 2017-09-02
बलात्कारी बाबा गुरमित राम रहिम जेलमा आफ्नी ‘हनी’ का लागि तड्पिरहेका छन् । रामरहिमले सिआईबी कोर्टसमक्ष हनिप्रितलाई जेलमा उनीसँगै बस्नका लागि अनुमती दिनका लागि अपिल गरेका छन् ।

जर्मनीमा भेटियो द्वितीय विश्वयुद्धको बम, ७० हजारलार्इ घर छाड्न आदेश - 2017-09-01
जर्मनीको फ्र्यांकफर्टमा विस्फोट नभएको एउटा बम फेला परेपछि करिब ७० हजार व्यक्तिलाई घर छोडेर जान आदेश दिइएको छ।

बन्ने भो ट्रम्पको पर्खाल, नमूना पर्खाल बनाउन ४ कम्पनी छनौट - 2017-09-01
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको योजना अनुसार अमेरिका–मेक्सिको सीमामा पर्खाल निर्माण गर्न चारवटा कम्पनीलाई नमूना पर्खाल निर्माण गर्न छनौट गरिएको छ । अमेरिकी कस्टम तथा सीमा सुरक्षा (सिबिपी)ले यसबारे जानकारी दिएको हो ।

PREV 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 NEXT

English News



756403 Times Visited.

Suprim Sanchar Pvt. Ltd.
Main Raod, Chandranighapur -1, Chandrapur Municipality, Rautahat
Mobile: 9855041125
http://www.kalampati.com
Email: kalampati@gmail.com
द. न. ४११
सचालक/ सम्पादक : फणि महत
Contact Us
All right reserved 2017 © Suprim Sanchar Pvt. Ltd.
Powered by :
Top