बिदेश

अमेरिकाको एक विद्यालयमा युवकले अन्धाधुन्ध गोली चलाउदा १७ जनाको मृत्यु



बिदेश प्रकाशित मिति:

एजेन्सी :
संयुक्त राज्य अमेरिकाको फ्लोरिडास्थित एक विद्यालयमा १९ वर्षीय युवाले अन्धाधुन्ध गोली चलाउँदा १७ जनाको मृत्यु भएको छ ।
अमेरिकी टेलिभिजन सिएनएनले दिएको खबर अनुसार उक्त विद्यालयका पूर्व विद्यार्थीसमेत रहेका १९ वर्षीय निकोलस क्रुज नामका युवाले विद्यालयमा प्रवेश गरी गोली चलाएका हुन । ती युवकलाई गिरफ्तार गरिएको सुरक्षा निकायले जनाएको छ ।
फ्लोरिडाको पार्कल्याण्डमा रहेको ुमर्जोरी स्टोनेमन डग्लसुु नामको उच्च माध्यिमक विद्यालयमा गोली चलाइएको हो । खबर अनुसार आक्रमणकारी छात्रले विद्यायलमा रहेको आपतकालीन अवस्थामा बजाउने घण्टी बजाएका थिए । विद्यार्थीहरु भागाभाग गर्न थालेपछि भीडमाथि अन्धाधुन्ध गोली चलाएका थिए । स्थानीय समय अनुसार बुधबार दिउँसो साढे तीन बजेतिर घटना घटेको हो ।
सुरक्षा बलले दिएका जानकारी अनुसार मृतक १२ जनाको शव भवनभित्र, दुई जनाको विद्यायलय परिसरमा र दुई जनाको सडकमा फेला परेको थियो । एक जनाको अस्पताल पुगेपछि मृत्यु भएको जनाइएको छ ।
आक्रमणकारीलाई हिरासतमा राखी आक्रमणको कारण बारे अनुसन्धान भइरहेको सुरक्षा निकायलाई उद्धृत गर्दै सीएनएनले खबर दिएको छ ।
म्यानमारमा रोहिंग्या विद्रोहीले गरे युद्धविरामको घोषणा - 2017-09-10
म्यानमारका रोहिंग्या विद्रोहीले आइतबारदेखि नै लागू हुने गरी एक महिने युद्धविरामको घोषणा गरेका छन् ।

परमाणु बम र हाइड्रोजन बमबीच के भिन्नता ? - 2017-09-10
उत्तर कोरियाले गत आइतबार एक शक्तिशाली हाइड्रोजन बम परीक्षण गरेपछि संसार भर त्यसको चासो र चर्चा भइरहेको छ ।

मेक्सिकोमा १३ घण्टामा ३३७ भूकम्पका धक्का - 2017-09-09
मेक्सिकोमा बिहीबार राति गएको ८.२ म्याग्निच्यूडको भूकम्पमा परी मृत्यु हुनेको संख्या ६० पुगेको छ ।

महिनावारी भएकाे बेलामा शिक्षकले खिसी गरेपछि बालिकाले गरिन् आत्महत्या - 2017-09-09
भारतको दक्षिणी राज्य तमिलनाडुकी १२ वर्षीया बालिकाले मासिक धर्मका वेला शिक्षकले लज्जित बनाएपछि आत्महत्या गरेकी छिन् । विद्यालयमा अत्यधिक रक्तश्रावका कारण शिक्षकले खिसी गरेपछि उनले आत्महत्या गरेकी हुन् । शिक्षकले आफूलाई यातना दिएको उनको सुसाइड नोटमा उल्लेख छ ।

बाढीका कारण बालबालिकाको बिचल्ली - 2017-09-08
सियरा लिओनमा अगस्त महिनाको सुरुमा आएको भिषण बाढी र पहिरोका कारण कम्तीमा पनि पाँच हजार जना बालबालिकाको बिचल्ली भएको छ। उनीहरुमध्ये अधिकांशले अभिभावक गुमाएका छन् भने अरु कैयौँ घरबारबिहीन भएर बिचल्लीमा परेका छन्। बिचल्लीमा परेकाहरुलाई स्थानीय स्तरमा शिविर बनाएर रेखदेख गरी राखिएको छ।

मेक्सिकोमा ८ रेक्टर स्केलको भूकम्प - 2017-09-08
उत्तर अमेरिकी देश मेक्सिकोमा ८ म्याग्निच्यूडको भूकम्प गएको छ । बिहीबार राति मेक्सिकोको पिजीजीपन शहरभन्दा करीब सय किलोमिटर टाढा प्रशान्त महासागरमा ३५ किलोमिटर गहिराइ केन्द्रविन्दु भएर भूकम्प गएको अमेरिकी भौगर्विक संस्था 'यूएसजीएसुलाई उद्धृत गर्दै बीबीसीले खबर दिएको छ ।

गौरी लंकेश हत्याको भारतभर विरोध - 2017-09-07
भारतकी प्रख्यात पत्रकार गौरी लंकेशको हत्याको भारतभर विरोध भएको छ । उनको हत्या प्रजातन्त्र र मानवअधिकारमाथिको आक्रमण भएको भारतीय बुद्धिजीवी र सञ्चारकर्मीहरूले बताएका छन् ।

'रोहिंग्यामाथि ज्यादती' भएको छैन– सुकी - 2017-09-07
म्यान्मारमा केही समययता भड्किएको हिंसाको कारण यहाँका अल्पसंख्यक रोहिंग्या मुस्लिम समुदायका नागरिकमाथि ज्यादती बढेको अधिकारवादीहरूको आरोप छ ।

सीमा विवादपछि मोदी र सीबीच पहिलोपटक प्रत्यक्ष भेटवार्ता - 2017-09-06
सीमा विवादपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र चीनका राष्ट्रपति सी जिन पिङबीच पहिलोपटक भेटवार्ता भएको छ । चीनको दक्षिणपूर्वी सहर सियामेनमा ब्रिक्सको नवौँ सम्मेलनका क्रममा दुई नेताबीच मंगलबार भेट भएको हो ।भेटका अवसरमा राष्ट्रपति सीले चीन र भारतबीच स्थिर र स्वस्थ सम्बन्ध हुुनुपर्नेमा जोड दिएका थिए ।

PREV 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 NEXT

English News



781225 Times Visited.

Suprim Sanchar Pvt. Ltd.
Main Raod, Chandranighapur -1, Chandrapur Municipality, Rautahat
Mobile: 9855041125
http://www.kalampati.com
Email: kalampati@gmail.com
द. न. ४११
सचालक/ सम्पादक : फणि महत
Contact Us
All right reserved 2017 © Suprim Sanchar Pvt. Ltd.
Powered by :
Top