‘बेलायतका आधा महिलामाथि कार्यकक्षमै यौन दुव्र्यवहार’

बिदेश

सिरिया आक्रमणबारे सुरक्षा परिषदमा छलफल



बिदेश प्रकाशित मिति:

संयुक्त राष्ट्रसंघ :
संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुतेरेसले सिरियामा जारी हिंसा तथा यहाँको हिंसामा प्रयोग भएको भनिएको रासायनिक एवम् घातक हतियारको प्रयोगका बारेमा चासो व्यक्त गरेका छन्।
उनले यस बारेमा सुरक्षा परिषद्का सबै सदस्य राष्ट्रहरूलाई एकताबद्ध हुन आग्रह पनि गरेका छन्। सुरक्षा परिषद्का सदस्य राष्ट्रहरूलाई उनले सिरियाली सैनिकले पछिल्लो समयमा घौटा, इदलिबलगायतका क्षेत्रमा आक्रमण गर्ने क्रममा यस्ता हतियारको प्रयोग गरेको भन्ने व्यापक गुनासो आएकाले यसका लागि सबैको ध्यानाकर्षण गराएका हुन्।

सिरियामा भएको घातक रासायनिक हतियारसहितको आक्रमणको छानबिन गर्न छुट्टै संयन्त्रको माग भएका बेला उनको यस्तो प्रतिक्रिया आएको हो। सिरियामा लगातार रासायनिक आक्रमण भइरहेको भन्दै मंगलबार सुरक्षा परिषद्को बैठकमा सदस्य राष्ट्रहरूले जिम्मेवार र उत्तरदायी बनाउन छुट्टै संयन्त्र आवश्यक रहेको बताएका थिए। महासचिव गुतेरेसका प्रवक्ता स्टेफन डुजेरिकले महासचिवको भनाइ उद्धृत गर्दै भनेका छन्, ‘यस्ता हतियारको प्रयोग भएको पाइयो भने त्यो मानवमाथिको सबैभन्दा ठूलो जघन्य अपराध हो।

त्यसैले यस्ता काममा संलग्न हुने सबैमाथिको कारबाहीका लागि एकताबद्ध भई काम गर्नु जरुरी छ।’ परिषद्का सदस्य राष्ट्रहरूले सिरियामा अन्तर्राष्ट्रिय कानुनको उल्लंघन गर्दै भइरहेका गतिविधि बन्द गर्न छुट्टै संयन्त्र बन्नुपर्ने विषयमा पनि छलफल भएको थियो। गुतेरेसले अपराधको छानबिन गगर्न र यस्ता अपराध प्रमाणित भए भने त्यसमा संलग्नहरूलाई कडा कारबाही गर्न सबैसँग आह्वान गरेका छन्। रासायनिक आक्रमण गम्भीर प्रकारको हिंसा भएकाले यसमा संलग्नलाई कडा कारबाही गर्नुपर्ने सुरक्षा परिषदका सदस्य राष्ट्रहरूको पनि जोड थियो।

मार्च महिनामा परिषद्को अध्यक्षता गरेका राष्ट्रसंघका लागि डेनमार्कका स्थायी प्रतिनिधि कारेलभान ओस्टेरोमले व्यक्तिगत, संस्थागत, समूहगत वा सरकारी तवरबाट यस्ता आक्रमणमा संलग्नहरूको खोजी गर्नुपर्नेमा जोड दिए। महासचिव गुतेरेसले यस्ता हतियारको प्रयोग युद्धअपराधसम्बन्धी कार्य भएको चर्चा गर्दै नागरिकको बाँच्न पाउने अधिकारको हनन हुनु जघन्य अपराध भएको बताएका छन्। गत महिना मात्र पनि अमेरिकाले सिरियाली सेनाले यस्ता हतियार प्रयोग गरिरहेको भन्दै यदि अनुसन्धानबाट यस्तो पाइएमा सिरियामाथि युद्धअपराधमा कारबाही हुने चेतावनी दिएको थियो।

अमेरिकाले सिरियाली सेनाले देशको पूर्वी घौटा क्षेत्रमा विद्रोहीविरुद्धको कारबाहीका क्रममा मानव स्वास्थ्यमा अत्यन्तै नराम्रो असर पार्ने घातक रसायन मिसाइएका हातहतियार प्रयोग गरेको जनाएको थियो।

सिरियाले त्यहाँका विद्रोही र विपक्षीहरूलाई दबाउने क्रममा यस्ता प्रकारका हतियार प्रयोग गर्ने गरेको भनी पहिलेदेखि नै अमेरिका र संयुक्त राष्ट्रसंघले अनुसन्धान र अनुगमन गर्ने गरेका छन्। सिरियाली सरकारले पछिल्लो समयमा जारी राखेको इदलिब, पूर्वी घौटालगायतमा यस्ता घातक हतियारको प्रयोग गरिरहेको सूचना आफूहरूलाई प्राप्त भएको राष्ट्रसंघले जनाएको छ।

यस्ता आक्रमणका कारण यी क्षेत्रबाट मात्र चार लाखभन्दा बढी सिरियाली भागेर अन्यत्र सरेका वा विदेशिएका छन्। त्यस्तै ती क्षेत्रमा ठूलो संख्यामा बालबालिकासहित एक हजारभन्दा बढीको ज्यान पनि गएको छ।

घातक हतियार प्रयोग भएको छैन : सिरिया

सिरिया सरकारले भने विद्रोहीहरूका विरुद्धमा आफ्नो देशमा घातक रासायनिक हतियार प्रयोग गरिएको समाचारको खण्डन गरेको छ। सिरियाली सेनाले घौटा क्षेत्रका साथै इदलिब र हामामा पनि विद्रोहीविरुद्धको कारबाहीका क्रममा घातक रसायन मिसाइएका हातहतियार प्रयोग गरेको भन्दै बदनाम गर्ने प्रयास भएको उसको भनाइ छ। सिरियाली विदेश मन्त्रालयले अमेरिकाले लगाएको आरोप कपोलकल्पित भएको बताएको छ। साभार अनलाईन खबर
चिलीमा शक्तिशाली भूकम्प - 2017-10-10
चिलीको उत्तरी भागमा मंगलबार शक्तिशाली भूकम्प गएको छ । स्थानीय समयअनुसार मंगलबार बिहान पेरुसँगको सीमा नजिक रहेको तारापाका क्षेत्रलाई केन्द्रविन्दु बनाएर ६.३ म्याग्निच्युडको भूकम्प गएको हो ।

डुंगा दुर्घटनामा १० बालबालिकासहित १२ रोहिंग्‍याको शव भेटियो - 2017-10-09
म्यानमारबाट भागेर बंगलादशेतर्फ जाने म्यान्माली मुस्लिम समुदाय रोहिंग्‍याले देश छोडेर जाने क्रम जारी नै रहेको छ।यस क्रममा उनीहरुको ज्यान अत्यन्तै जोखिममा पर्ने गरेको छ।

हैजाबाट दुई हजारभन्दा बढीको मृत्यु - 2017-10-09
यमनमा गएको करिब चार महिनादेखि फैलिएको हैजाबाट दुई हजार १५१ जनाको मृत्यु भएको छ। गएको अप्रिलदेखि अहिलेसम्म मृत्यु हुनेहरुको संख्या बढेर दुई हजार १५१ पुगेको विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)ले शनिबार जनाएको समाचारमा उल्लेख छ।

परमाणु हतियारविरोधीलाई नोबेल शान्ति - 2017-10-08
सन् २०१७ को नोबेल शान्ति पुरस्कार परमाणु हतियारको विरोधमा लागेको संस्थालाई प्रदान गरिएको छ ।

बस र रेल ठोक्किदा मस्कोमा १९ को मृत्यु - 2017-10-06
रुसी राजधानी सहर मस्कोको भ्लादिमिर नगरनजिकै बस र रेल एक आपसमा ठोक्किदा भएको दुर्घटनामा परी कम्तीमा १९ व्यक्तिको मृत्यु भएको समाचार छ।

लग भेगस आक्रमणमा नरसंहारको योजना थाहा नभएको दाबी - 2017-10-06
अमेरिकी सहर लस भेगसमा आइतबार राति भीषण आक्रमण गरी ५९ जनाको ज्यान लिने स्टेफन पेडककी केटीसाथीले यस्तो आक्रमण र नरसंहारको पेडकले योजना बनाएको बारेमा आफूलाई केही थाहा नभएको बताएकी छिन् ।

रोहिंग्यालाई स्वदेश फिर्ता गर्न संयुक्त समूह - 2017-10-05
बंगलादेशमा रहेका म्यान्माली शरणार्थीलाई स्वदेश फिर्ता पठाउनका लागि म्यान्मार र बंगलादेश सम्मिलित एक संयुक्त कार्य समूह गठन गर्ने विषयमा सहमति भएको छ।

मुम्बई भागदौडमा एक नेपालीको मृत्यु भएको पुष्टि - 2017-10-03
मुम्बईको रेलवे स्टेशनमा भएको भागदौडमा एक नेपालीको पनि मृत्यु भएको छ ।

पाँच महिनामा जन्मिएको बच्चा यस्तो देखिन्छ, आमाले सेयर गरिन् हृदयविदारक तस्बिर - 2017-09-17
हरेक कुरा बन्नका लागि एक निश्चित समय तोकिएको हुन्छ । गर्भमा ९ महिना बसेपछि बच्चा पूर्ण रुपमा विकसित भएर जन्म लिने गर्दछ ।

PREV 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 NEXT

English News



1164897 Times Visited.

Suprim Sanchar Pvt. Ltd.
Main Raod, Chandranighapur -1, Chandrapur Municipality, Rautahat
Mobile: 9855041125
http://www.kalampati.com
Email: kalampati@gmail.com
द. न. ४११
सचालक/ सम्पादक : फणि महत
Contact Us
All right reserved 2017 © Suprim Sanchar Pvt. Ltd.
Powered by :
Top