‘बेलायतका आधा महिलामाथि कार्यकक्षमै यौन दुव्र्यवहार’

बिदेश

सिरिया आक्रमणबारे सुरक्षा परिषदमा छलफल



बिदेश प्रकाशित मिति:

संयुक्त राष्ट्रसंघ :
संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुतेरेसले सिरियामा जारी हिंसा तथा यहाँको हिंसामा प्रयोग भएको भनिएको रासायनिक एवम् घातक हतियारको प्रयोगका बारेमा चासो व्यक्त गरेका छन्।
उनले यस बारेमा सुरक्षा परिषद्का सबै सदस्य राष्ट्रहरूलाई एकताबद्ध हुन आग्रह पनि गरेका छन्। सुरक्षा परिषद्का सदस्य राष्ट्रहरूलाई उनले सिरियाली सैनिकले पछिल्लो समयमा घौटा, इदलिबलगायतका क्षेत्रमा आक्रमण गर्ने क्रममा यस्ता हतियारको प्रयोग गरेको भन्ने व्यापक गुनासो आएकाले यसका लागि सबैको ध्यानाकर्षण गराएका हुन्।

सिरियामा भएको घातक रासायनिक हतियारसहितको आक्रमणको छानबिन गर्न छुट्टै संयन्त्रको माग भएका बेला उनको यस्तो प्रतिक्रिया आएको हो। सिरियामा लगातार रासायनिक आक्रमण भइरहेको भन्दै मंगलबार सुरक्षा परिषद्को बैठकमा सदस्य राष्ट्रहरूले जिम्मेवार र उत्तरदायी बनाउन छुट्टै संयन्त्र आवश्यक रहेको बताएका थिए। महासचिव गुतेरेसका प्रवक्ता स्टेफन डुजेरिकले महासचिवको भनाइ उद्धृत गर्दै भनेका छन्, ‘यस्ता हतियारको प्रयोग भएको पाइयो भने त्यो मानवमाथिको सबैभन्दा ठूलो जघन्य अपराध हो।

त्यसैले यस्ता काममा संलग्न हुने सबैमाथिको कारबाहीका लागि एकताबद्ध भई काम गर्नु जरुरी छ।’ परिषद्का सदस्य राष्ट्रहरूले सिरियामा अन्तर्राष्ट्रिय कानुनको उल्लंघन गर्दै भइरहेका गतिविधि बन्द गर्न छुट्टै संयन्त्र बन्नुपर्ने विषयमा पनि छलफल भएको थियो। गुतेरेसले अपराधको छानबिन गगर्न र यस्ता अपराध प्रमाणित भए भने त्यसमा संलग्नहरूलाई कडा कारबाही गर्न सबैसँग आह्वान गरेका छन्। रासायनिक आक्रमण गम्भीर प्रकारको हिंसा भएकाले यसमा संलग्नलाई कडा कारबाही गर्नुपर्ने सुरक्षा परिषदका सदस्य राष्ट्रहरूको पनि जोड थियो।

मार्च महिनामा परिषद्को अध्यक्षता गरेका राष्ट्रसंघका लागि डेनमार्कका स्थायी प्रतिनिधि कारेलभान ओस्टेरोमले व्यक्तिगत, संस्थागत, समूहगत वा सरकारी तवरबाट यस्ता आक्रमणमा संलग्नहरूको खोजी गर्नुपर्नेमा जोड दिए। महासचिव गुतेरेसले यस्ता हतियारको प्रयोग युद्धअपराधसम्बन्धी कार्य भएको चर्चा गर्दै नागरिकको बाँच्न पाउने अधिकारको हनन हुनु जघन्य अपराध भएको बताएका छन्। गत महिना मात्र पनि अमेरिकाले सिरियाली सेनाले यस्ता हतियार प्रयोग गरिरहेको भन्दै यदि अनुसन्धानबाट यस्तो पाइएमा सिरियामाथि युद्धअपराधमा कारबाही हुने चेतावनी दिएको थियो।

अमेरिकाले सिरियाली सेनाले देशको पूर्वी घौटा क्षेत्रमा विद्रोहीविरुद्धको कारबाहीका क्रममा मानव स्वास्थ्यमा अत्यन्तै नराम्रो असर पार्ने घातक रसायन मिसाइएका हातहतियार प्रयोग गरेको जनाएको थियो।

सिरियाले त्यहाँका विद्रोही र विपक्षीहरूलाई दबाउने क्रममा यस्ता प्रकारका हतियार प्रयोग गर्ने गरेको भनी पहिलेदेखि नै अमेरिका र संयुक्त राष्ट्रसंघले अनुसन्धान र अनुगमन गर्ने गरेका छन्। सिरियाली सरकारले पछिल्लो समयमा जारी राखेको इदलिब, पूर्वी घौटालगायतमा यस्ता घातक हतियारको प्रयोग गरिरहेको सूचना आफूहरूलाई प्राप्त भएको राष्ट्रसंघले जनाएको छ।

यस्ता आक्रमणका कारण यी क्षेत्रबाट मात्र चार लाखभन्दा बढी सिरियाली भागेर अन्यत्र सरेका वा विदेशिएका छन्। त्यस्तै ती क्षेत्रमा ठूलो संख्यामा बालबालिकासहित एक हजारभन्दा बढीको ज्यान पनि गएको छ।

घातक हतियार प्रयोग भएको छैन : सिरिया

सिरिया सरकारले भने विद्रोहीहरूका विरुद्धमा आफ्नो देशमा घातक रासायनिक हतियार प्रयोग गरिएको समाचारको खण्डन गरेको छ। सिरियाली सेनाले घौटा क्षेत्रका साथै इदलिब र हामामा पनि विद्रोहीविरुद्धको कारबाहीका क्रममा घातक रसायन मिसाइएका हातहतियार प्रयोग गरेको भन्दै बदनाम गर्ने प्रयास भएको उसको भनाइ छ। सिरियाली विदेश मन्त्रालयले अमेरिकाले लगाएको आरोप कपोलकल्पित भएको बताएको छ। साभार अनलाईन खबर
चीनको पहिलो विदेशी सैन्य अखडा - 2017-07-13
काडमाणडौ २९ असार बेइजिङ स् चीनले देशबाहिर पहिलो सैन्य अखडा निर्माणका लागि सैनिक लिएर चिनियाँ पानीजहाज अफ्रिकी राष्ट्र जिबुटीतर्फ पठाएको सरकारी समाचार एजेन्सी सिन्ह्वाले जनाएको छ ।

कतारसँगको सम्झौतापछि अमेरिकी विदेशमन्त्री खाडीका विदेशमन्त्रीको बैठकमा - 2017-07-12
काठमाणडौ २८ असार / कतारसँग आतंकवाद विरुद्ध लडने सम्झौतामा हस्ताक्षर गरेपछि अमेरिकी विदेशमन्त्री रेक्स टिलरसन बुधवार साउदीको जेदाहमा हुने खाडी मुलुकका विदेश मन्त्रीस्तरीय बैठकमा सहभागी हुन लाग्नु भएको छ ।

अमेरिकाको राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा नेपालीले संचालन गरेको स्कुल सहभागी - 2017-04-11
आउँदो जुन २९ देखि जुलाई ६ सम्म मिचिगन राज्यमा हुने अमेरिकाको राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा वाटरफोर्डस्थित नेपालीले संचालन गरेको स्कुलका सहभागी खेलाडी छनोट गरिएको छ।

भिजिट भिसाले युएईमा नेपाली चौरमा सुत्न बाध्य - 2017-04-11
भिजिट भिसाले गर्दा यूएईमा नेपालीहरुले दुःख पाएकाछन् । नेपालीहरु चौरमै सुत्नुपर्ने अवस्था आउने गरेको छ । अध्यागमनको कर्मचारीको मिलेमतोमा सेटिंग गरेर भिजिट भिसामा खाडी मुलुक पठाउने गरिएको छ ।

साउदीमा आममाफी १० दिनमै एकहजार बढीले जवाजतबाट समय लिए - 2017-04-11
साउदी अरवले गैरकानुनी हैसियतमा वसेका कामदारलाई स्वदेश फिर्न दिएको तीन महिने आममाफीको १० औ दिनसम्म आइपुग्दा एक हजार भन्दा बढी नेपालीले स्वदेश फिर्नको लागि जवाजत अध्यागमन कार्यालयबाट समय लिएका छन् ।

बैरगनियाको व्यस्त बजारमा राजाबाबु माथी गोली प्रहार - 2017-03-27
बैरगनिया १५ चैत्र / रौतहटको गौर नजिकै भारतको सिमावर्ति बजार बैरगनियामा दिउसै गोली चलेको छ । बैरगनियाका राजनैतिककर्मी राजीव गौतम भनिने राजाबाबु व्यस्त बजारमा नै पछाडी बाट एक युवकले गोगी प्रहार गरी भागेको बैरगनिया प्रहरीले जनाएको छ ।

पटनामा डुंगा दुर्घटना : मर्नेको संख्या २४ पुग्यो - 2017-01-15
पटनामा भएको डुंगा दुर्घटनामा ज्यान गुमाउनेको संख्या आइतबार २४ पुगेको छ ।

डोनाल्ड ट्रम अमेरिकाको ४५ औं राष्ट्रपति - 2016-11-09
डोनाल्ड ट्रमले अमेरिकाको ४५ औं राष्ट्रपतीय निर्वाचनमा जीत हात पारेका छन् । संस्थापन राजनीति बिरुद्वको उनको जीतलाई अमेरिकी राजनीतिकै एक आश्चर्यजनक घट्नाको रुपमा चित्रण गरिएको छ ।

राति १२ बजे देखि भारतमा हजार र ५ सयको नोट नचल्ने - 2016-11-08
दिल्ली २३ कार्तिक भारत सरकारले आज मंगलवार राति १२ बजे देखि एकहजार र ५ सयको भारतिय रुपैया को नोट चलनचल्तीमा बन्द गर्ने निर्णय गरेको छ ।

PREV 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 NEXT

English News



1164892 Times Visited.

Suprim Sanchar Pvt. Ltd.
Main Raod, Chandranighapur -1, Chandrapur Municipality, Rautahat
Mobile: 9855041125
http://www.kalampati.com
Email: kalampati@gmail.com
द. न. ४११
सचालक/ सम्पादक : फणि महत
Contact Us
All right reserved 2017 © Suprim Sanchar Pvt. Ltd.
Powered by :
Top