अर्थ / व्यापार

बन्द भएको दोस्रो दिनमै खुल्यो एनालग टिभी प्रसारण



अर्थ / व्यापार प्रकाशित मिति: काठमाडौं, २ मंसिर

एनालग प्रविधिमा प्रसारण हुने टेलिभिजन थप एक महिना बन्द नहुने भएको छ ।

डिजिटल टेलिभिजन प्रसारण सुरु गरिसक्नुपर्ने म्याद गुज्रिएपछि सरकारले बिहीबारदेखि एनालग प्रविधिको टेलिभिजन प्रसारण बन्द गराएको थियो । बिहीबारदेखि नै महानगर बासिन्दाको टेलिभिजन प्रसारण एक्कासि बन्द भएपछि उनीहरूले त्यसको विरोध गरेका थिए । सरकारी निर्णयको चौतर्फी विरोध भएपछि सूचना तथा सञ्चार मन्त्रालयले एनालग प्रविधिको प्रसारण थप एक महिना बन्द नगर्ने निर्णय गरेको हो ।

मन्त्रालयले आसन्न प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचनलाई ध्यानमा राखी डिजिटल टेलिभिजन प्रसारणलाई थप एक महिना पर सारेको जनाएको छ । अर्थात् अझै एक महिना एनालग प्रविधिमा प्रसारित टेलिभिजन बन्द नहुने भएको हो । ‘देशमा निकट भविष्यमै हुन गइरहेको निर्वाचनका लागि मतदाता शिक्षा प्रसारण भइरहेको छ,’ मन्त्रालयले विज्ञप्ति जारी गर्दै भनेको छ, ‘केबल व्यवसायी महासंघका प्रतिनिधिलगायत व्यवसायीको समेत छलफलले एक महिनाका लागि एनालग टेलिभिजन प्रसारण गर्न सकिने निर्णय गरियो ।’

सरकारले २०६९ मा राष्ट्रिय नियमावलीमा संशोधन गरी केबल सञ्चालकहरूलाई एनालगबाट डिजिटल प्रणालीमा लैजाने व्यवस्था गरेको थियो । त्यसअनुसार पहिलो चरणमा गत वैशाख १५ गतेदेखि काठमाडौं महानगरपालिका, ललितपुर, विराटनगर, वीरगन्ज र पोखरा उपमहानगरपालिकामा र कात्तिक १५ गतेदेखि बाँकी उपमहानगरपालिका तथा नगरपालिकामा रहेको एनालग केबल टेलिभिजन डिजिटलमा रूपान्तरित भइसक्नुपर्ने हो । तर, हालसम्म पनि सबै एनालग टिभी डिजिटलमा रूपान्तरित हुन सकेको छैन । मन्त्रालयले १४ कात्तिकमा सूचना निकाल्दै एनालग टिभीलाई डिजिटलमा रूपान्तरण गर्न १५ दिने म्याद दिएको थियो । म्याद सकिएको दिन बिहीबार सरकारले ७ ओटा केबल टेलभिजन सेवा प्रदायकको एनालग प्रसारणमा रोक लगाएको थियो ।

तत्काललाई ३५ च्यानल

सरकारले निर्वाचनका लागि भन्दै एनालग प्रसारणलाई एक महिनासम्मका लागि निरन्तरता दिने निर्णय गरे पनि प्रसारण हुने च्यानलको संख्या भने कटाएको छ । डिजिटलमा रूपान्तरण नभएसम्मलाई एनालग प्रविधिमा ३५ वटा च्यानल मात्रै प्रसारण गर्न सकिने व्यवस्था गरेको हो । यसअनुसार अब एनालग प्रविधिमा प्रसारणरत टेलिभिजनमा ३५ वटा च्यानल मात्रै आउनेछ । तर, नेपाली च्यानललाई भने अनिवार्य गरिएको छ ।

कार्यतालिका बुझाउन ७ दिने म्याद

मन्त्रालयले एनालग टिभी प्रसारणलाई डिजिटलमा रूपान्तरण गर्ने सम्बन्धमा विस्तृत कार्यतालिका पेस गर्न केबल टेलिभिजन प्रदायकलाई ७ दिने म्याद दिएको छ । उक्त समयसम्ममा सेवा प्रदायकले कार्यतालिका बुझाइसक्नुपर्नेछ ।

कसरी जोड्ने डिजिटल टिभी ?

उपभोक्ताले आफ्ना पुरानै टेलिभिजनमा सेटअप बक्स जोडेर डिजिटल टेलिभिजन प्रसारण सेवा लिन सक्छन् । डिटिएच, आइपिटिभी, डिटिटिबीलगायतका टेलिभिजन प्रसारण प्रणाली सुरुवाती चरणदेखि नै डिजिटल प्रविधिमा सञ्चालनमा छन् । अहिले केबल वितरकहरू आफैँले डिजिटल प्रणालीमा आधारित प्रसारण केन्द्र ९डिजिटल हेडइन्ड० स्थापना गरेर टेलिभिजन प्रसारणलाई डिजिटल बनाइरहेका छन् । जसअनुसार एनालग प्रविधिमा सेवा लिइरहेका उपभोक्ताले अनिवार्य रूपमा सेटअप बक्स जडान गर्नुपर्ने हुन्छ । डिजिटल टेलिभिजनमा फोटो तथा भिडियो सफा र वास्तविक देखिन्छ तथा आवाज पनि स्पष्ट सुनिन्छ । एनालग प्रवधिको केबल टिभीको प्रसारणलाई डिजिटलाइज्ड गरेपछि हालको भन्दा उच्च गुणस्तरयुक्त अडियो तथा भिडियोका साथ टेलिभिजन हेर्न सकिन्छ । डिजिटल टेलिभिजनमा इन्टरनेट, गेम, रेकर्डिङलगायत भ्यालु एडेड सर्भिस पनि उपलब्ध हुन्छन् । साभार : नया पत्रिका

आयोडिन नुनको मुल्य बढाउन प्रस्ताव - 2017-01-28
काठमाण्डौ १५ माघ / आयोडिन युक्त नुनको मूल्य बढाउन सरकार संग साल्ट ट्रेडिङ कर्पोरेसनले प्रस्ताव गरेको छ । सरकारले ३५ करोड अनुदान दिए मुल्य नबढ्ने समेत बताइएको छ ।

नेपाल टेलिकमको २० हजार थान रिचार्ज कार्ड हरायो - 2017-01-28
नेपाल टेलिकमको १ सय रुपैयाँ दरका २० हजार थान रिचार्ज कार्ड हराएका छन् ।

सहकारीको प्रवद्र्धन विना मुलुकको विकास असम्भव’ - 2017-01-23
काठमाडौं १० माघ । सहकारी तथा गरिबी निवारण मन्त्री हृदयराम थानीले सहकारी क्षेत्रको प्रवद्र्धन विना मुलुकको विकास असम्भव रहेको बताएका छन् ।

अवैध समान बरामद - 2017-01-20
कलमपाटी ७ माघ / रौतहट स्थित सशस्त्र प्रहरीको गस्तिटोलीले लाखौंमुल्य बराबरको अबैध रुपमा ल्याइएको भारतिय सामान बरामद गरेको छ ।

इन्धन कम आउने समस्याले पिडित बिक्रेता - 2017-01-16
कलमपाटी ३ माघ /नेपाल आयल निगमको डिपो बाट तोकिए भन्दा कम परीणाममा डिजल, पेट्रोल आउने भएकालेले बिक्रेताहरु पिडित बन्दै आएका छन ।

बिधुत प्राधिकरण द्धारा साढे चार करोड रकम असुली - 2017-01-15
कलमपाटी २ पुस रौतहटमा बिधुत प्राधिकरणले जरीवाना र असुली बाट उस बर्ष करीव साढे चार करोड राजश्व संकलन गरेको छ ।

पेय पदार्थ डियूमा अखाध्य पदार्थ - 2017-01-15
कलमपाटी २ माघ /रौतहटको चन्द्रनिगाहपुरमा रहेको एक पसलमा बिक्रीका लागी राखिएको पेय पदार्थ डियू मा अखाध्य पदार्थ फेला परेको छ । शिलबन्दी वोटल भित्र रहेको डियूमा चकलेटको फोहर खोल फेला परेको हो ।

फेमिलियरको राष्ट्रिय अभियान - 2017-01-03
काठमाण्डौ १९ पुस नेपालमा आयुर्वेदिक तथा प्रकृतिजन्य बिभिन्न वस्तु र सामग्रीहरु उत्पादन गरी आफ्नो व्यावसाय विस्तार गर्नको लागि वर्ड मार्ट युनिक सोलुसन प्रालीले अभियान नै सञ्चालन गरेको छ ।

उखुको पुर्जी बितरण हुन थाल्यो - 2017-01-03
कलमपाटी १९ पुस उखुको मुल्य निर्धाणमा उखु किसान र उद्योगी सहमति भएको द्ध । रौतहट,बारा,पर्सामा उखु खरिद विक्री कार्य शुरु भएको छ ।

PREV 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 NEXT

English News



644569 Times Visited.

Suprim Sanchar Pvt. Ltd.
Main Raod, Chandranighapur -1, Chandrapur Municipality, Rautahat
Mobile: 9855041125
http://www.kalampati.com
Email: kalampati@gmail.com
द. न. ४११
सचालक/ सम्पादक : फणि महत
Contact Us
All right reserved 2017 © Suprim Sanchar Pvt. Ltd.
Powered by :
Top