तीन महिनामा २० लाख भन्दा बढी राजश्व संकलन

अर्थ / व्यापार

बिधालय लाइ पंखा बितरण



अर्थ / व्यापार प्रकाशित मिति: कलमपाटी

रौतहट २८ असार //
रौतहटको चन्द्रपुरमा रहेको महालक्ष्मि बिकास बैकले एक सामुदायिक बिधालय लाइ ८ वटा पंखा बितरण गरेको छ ।

चन्द्रपुर ८ मा बसन्तपुरमा रहेको श्री वाल कल्याण आधारभुत बिधालय लाइ सामाजिक उतरदायित्व शिर्षक बाट ८ थान पंखा बितरण गरीएको शाखा प्रवन्धक आकाश चौधरीले जानकारी दिएका छन ।

बुधवार एक समारोहका बिच बैकले बिधालय व्यवस्थापन समितीका अध्यक्ष जितेन्द्र चौधरीलाइ पंखा हस्तान्तरण गरेको छ ।

कार्यक्रममा चन्द्रपुर नपाका मेयर रामचन्द्र चौधरी, उप मेयर रामरती चौधरी लगाएत बैकका कमृचारी तथा शिक्षकहरुको उपस्थिती रहेको थियो ।

गर्मि मौसममा वालवालिकाहरु पढ्न असहजहुने भएकाले बिधालय लाइ पंखा बितरण गरेको शाखा प्रवन्धक चौधरीले बताएका छन । उक्त बैकले हरेक बर्ष बिभिन्न समाजीक कार्यमा सहयोग गर्दै आएको छ ।


नेपाल–चीन इन्टरनेट ब्याण्डविथ भदौदेखि सुरु हुने - 2017-07-24
९ साउन, काठमाडौं / मुलुकको इन्टरनेट सेवा एक देशमा मात्रै निर्भर रहेको सन्दर्भमा आगामी भदौदेखि त्यसको अन्त्य हुने भएको छ ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना लक्ष्यअनुसार पूरा हुन सकेनन् - 2017-07-22
बारा ७ साउन/ बारा– प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना बारामा लक्ष्यअनुसारको उपलब्धि हासिल हुन सकेको छैन् ।

सोल्टीका सञ्चालकले साढे ५ अर्बमा ‘सिप्राभ्य होटल’ खोल्दै - 2017-07-22
७ साउन, काठमाडौं/ पाँचतारे होटल सोल्टी क्राउन प्लाजा सञ्चालन गरिरहेका प्रभाकर समशेर राणाले काठमाडौंमै अर्को होटल खोल्न लागेका छन् । उनले रविभवनमा सिप्राभ्य होटल्स एन्ड रिसोर्टस् प्रालिको नाममा होटल खोल्न लागेका हुन् ।

उद्योग क्षेत्रमा १५ अर्ब भन्दा बढी बैदेशिक लगानी भित्रियो - 2017-07-21
नेपालको उद्योग क्षेत्रमा रु १५ अर्ब एक करोड ७२ लाख बराबरको वैदेशिक लगानी भित्रिएको छ । उद्योग विभागले दिएको जानकारीअनुसार ३९५ उद्योगमा विदेशी लगानी भित्रिएको हो ।

एभरेष्ट बैक बाट भत्ता बुझ्न बुढाबुढीहरुलाइ सास्ती - 2017-07-20
रौतहटको चन्द्रपुर नपाका सयौ बृद्धबृद्धा , अपाङ्गले भत्ता बितरण सहज नहुदा सास्ती खेप्नु परेको छ । बृद्धबृद्धा ,एकल महिला र अपाङ्ग, दृष्टिविहिनहरुको भत्ता चन्द्रपुर नगरपालिकाले तीनबर्ष अघि देखिनै बैक मार्फत बितरण गर्दै आएको छ ।

वेगनास तालबाट ३ सय मेगावाट विद्युत निकाल्न सकिने जाइकाको निस्कर्ष - 2017-07-19
३ साउन काठमाडौं/ जापानी सहायता नियोग (जाइका)ले कास्कीको पोखरा लेखनाथ महानगरपालिकाको सुन्दरडाँडास्थित बेगनास तालमा ३ सय मेगावाटको पम्प स्टोरेज बनाउन प्राविधिक रुपमा संभव भएको निस्कर्ष निकालेको छ ।

रौतहटमा एक अर्व ११ करोड रकम फ्रिज - 2017-07-18
रौतहट ३ साउन / रौतहटमा गत आर्थीक बर्षमा चालु तथा पुजीगत खर्च मध्ये एकअर्व११ करोड भन्दा बढी रकम फ्रिज भएको छ । शिक्षा कार्यालय, सडक डिभिजन, जनस्वास्थ्य कार्यालय, जिल्ला समन्वय समिती, प्राबिधिक कार्यालयहरुमा ४ करोड देखि २० करोड भन्दा बढी रकम फ्रिज भएको छ ।

जिल्ला ट्राफिकद्धारा राजश्व संकलनमा बृद्धी - 2017-07-17
रौतहट २ साउन / जिल्ला ट्राफिक प्रहरी कार्यालय रौतहटले नियम बिपरित चलेको सवारी साधनलाई कार्यवाही गरी उलेख्यरुपमा राजश्व संकलन गरेको छ । ट्राफिक प्रहरीको बिषेश सकृयताले रौतहटमा गतवर्षको तुलनामा यस आर्थिक वर्षमा राजश्व संकलन मा तिनगुणाले बृद्धी भएको छ ।

सहकारी अवलोकनको नाममा मठ,मन्दिर र धार्मिक स्थल अवलोक ! - 2017-07-17
रौतहट २ साउन/ आर्थीक बर्षको अन्त्यमा बजेट सकेर डिभिजन सहकारी कार्यालय रौतहटका प्रमुख सहित अधिकास कर्मचारी तीन दिने भ्रमण गरी फर्केका छन ।

PREV 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 NEXT

English News



1259151 Times Visited.

Suprim Sanchar Pvt. Ltd.
Main Raod, Chandranighapur -1, Chandrapur Municipality, Rautahat
Mobile: 9855041125
http://www.kalampati.com
Email: kalampati@gmail.com
द. न. ४११
सचालक/ सम्पादक : फणि महत
Contact Us
All right reserved 2017 © Suprim Sanchar Pvt. Ltd.
Powered by :
Top