तीन महिनामा २० लाख भन्दा बढी राजश्व संकलन

अर्थ / व्यापार

जमिन भाडामा लिएर तरकारी खेती गरेर आम्दानी



अर्थ / व्यापार प्रकाशित मिति:

रौतहट ४ असार//
गुजरा नगरपालिकामा एक सुकुम्वासीले जमिन भाडामा लिएर तरकारी खेती गरेर आम्दानी लिइरहेका छन । गुजरा नपा २ कटानीटोलका चन्द्र बहादुर थिङ्गले तरकारी खेती गरेका हुन ।

 बार्षिक प्रति कठ्ठा दुइ हजार जमिन धनीलाइ बुझाउने गरी १२ कठ्ठा जमिन भाडामा लिएका छन । 

भाडामा लिएको १२ कठ्ठा मध्ये करीव ५ कठ्ठा जमिनमा तरकारी खेती गरेका थिङ्गले गएको सिजनमा ६५ हजार नाफा गरेको बताए । 

जनताशिल भुमि अधिकार संगठनबाट ३५ हजार कर्जा लिएर उनले तरकारी खेती शुरु गरेका थिए । कर्जाको रकमले सिचाइ गर्न पानी तान्ने मोटर राखेका छन ।

मल, बिउ सहजरुपमा नपाइने र उचित प्राबिधिक सल्लाह समेत नपाइने हुदा व्यवसायीकरुपमा तरकारी खेती गर्ने किसानहरु पिडित बन्दै आएको उनले बताउका छन ।

गएका सिजनमा बोडी, लौका, करेला, भिन्डी, फर्सी , खुर्सानी उनले उत्पादन गरेका छन । 

पछिल्लो दिनहरुमा श्रीमान श्रीमती नै तरकारी खेतीमा जुटेका छन । मेहनत गर्न सके तरकारी खेती बाट कमाइ हुने उनीहरुको अनुभव रहेको छ ।

अव आउने सिजनमा बढी  जमिनमा तरकारी खेती गर्ने तयारीमा रहेका   थिङ्ग रहेका छन ।

जमिन भाडामा लिएर भएपनि सुकुम्वासीहरु लाइ आत्मनिर्भर बनाउनका लागी भुमि अधिकार मन्चले आयआर्जन कार्यमा आर्थिक सहयोग गर्दै आएको भुमि अधिकार मन्चका रौतहट जिल्ला संयोजक अनुप माझी मुसहरले बताएका छन ।

रौतहट जिल्लाको ५ वटा नगरपालिकोको २१ वटा वडामा सुकुम्वासीहरु संगठीत भएर बिभिन्न आयमुलक कार्यक्रमहरु तथा अकिारका लागी आवाज उठाउदै आएका छन ।

जिल्लामा यस बर्ष दुइ हजार ५ सय ६७ जना सुकुम्वासीले नाम दर्ता गराएका छन ।

फोटो ः रौतहटको गुजरा नपा २ का सुकुम्वासी दम्पती जमिन भाडामा लिएर उब्जाएको तरकारी टिप्दै । 


नर्सरीको हरियाली संगै जीवनमा खुशियाली - 2018-05-01
कटहरिया : ‘परिश्रमको फल मिठो हुन्छ’ रौतहट जिल्लाको कटहरीया नगरपालिका वाड न. ८ पिप्रा पोखरीया वस्ने सुमिन्त्रा देवी साहको भनाई हो उनी एक सफल उधमी महिलाको रुपमा चिनिन थालेकी छन् ।

गौतम होटलले धुर्मुस सुन्तली लाइ मुनाफाको ३० प्रतिशत दिने - 2018-04-28
रौतहट १५ बैसाख // रौतहटको चन्द्रनिगाहपुर सुबिधा सम्पन्न होटलको उद्घाटन हास्य कलाकार धुर्मुस र सुन्तलीले गरेका छन ।

सडक विस्तार गर्दा १० अर्ब क्षति - 2018-04-22
जनकपुरधाम : सडक विस्तार गर्दा जनकपुर उपमहानगरपालिकामा स्थानीयले करिब १० अर्ब रुपैयाँको क्षति बेहोर्नुपर्ने भएको छ । सडक साँघुरो भएको भन्दै १२ सयभन्दा बढी घर भत्काइएका छन् । त्यस्तै, ५ सयभन्दा बढी घरको छानो, बार्दली र पर्खाल भत्काइएको छ ।

आन्तरिक उडान सुरु, अन्तराष्ट्रिय अझै अनिश्चित - 2018-04-20
काठमाडौं : त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा आन्तरिक उडान सुरु भएको छ । बिहीबार राति उडानका क्रममा धावनमार्गबाट चिपलिएर घाँसे मैदानमा पुगेको मलेसियाको मालिन्दो जहाज हटाउन नसकिएपनि दक्षिण क्षेत्रबाट आन्तरिक उडान सुरु भएको हो ।

फ्लोरा एक्स्पोमा दूई दिनमा ३५ लाख भन्दा वढिको कारोवार - 2018-04-15
काठमाडौं : पुष्प व्यवसायको व्यवसायिक प्रर्वद्धनका लागि ‘स्वच्छ वाताबरण तथा आर्थिक सम्बृद्धिको लागि पुष्प व्यवसाय’ भन्ने नाराका साँथ आयोजना गरिएको २१औं फ्लोरा एक्स्पोमा दूई दिनमा ३५ लाख भन्दा वढिको कारोवार भएको छ ।

औद्योगिक क्षेत्रमा पनि प्रचुर सम्भावना - 2018-04-15
काठमाडौँ: कृषिसँगै औद्योगिक क्षेत्रका लागि पनि यो प्रदेश अग्रणी छ । मुलुकको प्रमुख औद्योगिक क्षेत्रमध्येको एक वीरगन्ज–पथलैया औद्योगिक करिडोर प्रदेश २ मै पर्छ । भारतको कोलकाता बन्दरगाहसँगको छोटो दूरी र नेपालको मध्य भागमा पर्ने भएकाले वीरगन्जमा उद्योग व्यापार फस्टाउने क्रममा छ ।

शुक्रवार बाट पुष्प मेला शुरु - 2018-04-13
रौतहट ३० चैत्र // नेपालमा समग्र पुष्प व्यवसायको विकास विस्तार र प्रर्वद्धनमा कियाशिल रहेको पुष्प व्यावसायीहरुको छाता संस्था फ्लोरिकल्चर एशोसिएसन नेपालको आयोजनामा हुन लागेको २१ औं फ्लोरा एक्स्पोको तयारि पुरा भएको छ ।

रौतहटमा एकसातामा १० लाखको कपडा बरामद, तस्करी र अपराध नियन्त्रणका लागी सयुक्त गस्ति - 2018-04-11
गौर २८ चैत्र // रौतहटमा एकसाता यता मात्रै १० लाख भन्दा बढी मुल्य पर्ने कपडाहरु बरामद भएका छन । शसस्त्र प्रहरीले बुधवार रौतहटको सोनरनियामा हवाइफायर गरेर भारतबाट भित्राएको अवैध कपडा सहित एकजना भारतिय नागरीकलाइ पक्राउ गरेको छ ।

२१ औं फ्लोरा एक्स्पो चैत ३० देखि - 2018-04-10
काठमाण्डौ २७ चैत्र // नेपालमा समग्र पुष्प व्यवसायको विकास विस्तार र प्रर्वद्धनमा कियाशिल रहेको पुष्प व्यावसायीहरुको छाता संस्था फ्लोरिकल्चर एशोसिएसन नेपालले आगामी शुक्रवार देखि ४ दिने २१ औं फ्लोरा एक्स्पो आयोजना गर्ने भएको छ ।

PREV 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 NEXT

English News



1141564 Times Visited.

Suprim Sanchar Pvt. Ltd.
Main Raod, Chandranighapur -1, Chandrapur Municipality, Rautahat
Mobile: 9855041125
http://www.kalampati.com
Email: kalampati@gmail.com
द. न. ४११
सचालक/ सम्पादक : फणि महत
Contact Us
All right reserved 2017 © Suprim Sanchar Pvt. Ltd.
Powered by :
Top