अर्थ / व्यापार

बन्द भएको दोस्रो दिनमै खुल्यो एनालग टिभी प्रसारण



अर्थ / व्यापार प्रकाशित मिति: काठमाडौं, २ मंसिर

एनालग प्रविधिमा प्रसारण हुने टेलिभिजन थप एक महिना बन्द नहुने भएको छ ।

डिजिटल टेलिभिजन प्रसारण सुरु गरिसक्नुपर्ने म्याद गुज्रिएपछि सरकारले बिहीबारदेखि एनालग प्रविधिको टेलिभिजन प्रसारण बन्द गराएको थियो । बिहीबारदेखि नै महानगर बासिन्दाको टेलिभिजन प्रसारण एक्कासि बन्द भएपछि उनीहरूले त्यसको विरोध गरेका थिए । सरकारी निर्णयको चौतर्फी विरोध भएपछि सूचना तथा सञ्चार मन्त्रालयले एनालग प्रविधिको प्रसारण थप एक महिना बन्द नगर्ने निर्णय गरेको हो ।

मन्त्रालयले आसन्न प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचनलाई ध्यानमा राखी डिजिटल टेलिभिजन प्रसारणलाई थप एक महिना पर सारेको जनाएको छ । अर्थात् अझै एक महिना एनालग प्रविधिमा प्रसारित टेलिभिजन बन्द नहुने भएको हो । ‘देशमा निकट भविष्यमै हुन गइरहेको निर्वाचनका लागि मतदाता शिक्षा प्रसारण भइरहेको छ,’ मन्त्रालयले विज्ञप्ति जारी गर्दै भनेको छ, ‘केबल व्यवसायी महासंघका प्रतिनिधिलगायत व्यवसायीको समेत छलफलले एक महिनाका लागि एनालग टेलिभिजन प्रसारण गर्न सकिने निर्णय गरियो ।’

सरकारले २०६९ मा राष्ट्रिय नियमावलीमा संशोधन गरी केबल सञ्चालकहरूलाई एनालगबाट डिजिटल प्रणालीमा लैजाने व्यवस्था गरेको थियो । त्यसअनुसार पहिलो चरणमा गत वैशाख १५ गतेदेखि काठमाडौं महानगरपालिका, ललितपुर, विराटनगर, वीरगन्ज र पोखरा उपमहानगरपालिकामा र कात्तिक १५ गतेदेखि बाँकी उपमहानगरपालिका तथा नगरपालिकामा रहेको एनालग केबल टेलिभिजन डिजिटलमा रूपान्तरित भइसक्नुपर्ने हो । तर, हालसम्म पनि सबै एनालग टिभी डिजिटलमा रूपान्तरित हुन सकेको छैन । मन्त्रालयले १४ कात्तिकमा सूचना निकाल्दै एनालग टिभीलाई डिजिटलमा रूपान्तरण गर्न १५ दिने म्याद दिएको थियो । म्याद सकिएको दिन बिहीबार सरकारले ७ ओटा केबल टेलभिजन सेवा प्रदायकको एनालग प्रसारणमा रोक लगाएको थियो ।

तत्काललाई ३५ च्यानल

सरकारले निर्वाचनका लागि भन्दै एनालग प्रसारणलाई एक महिनासम्मका लागि निरन्तरता दिने निर्णय गरे पनि प्रसारण हुने च्यानलको संख्या भने कटाएको छ । डिजिटलमा रूपान्तरण नभएसम्मलाई एनालग प्रविधिमा ३५ वटा च्यानल मात्रै प्रसारण गर्न सकिने व्यवस्था गरेको हो । यसअनुसार अब एनालग प्रविधिमा प्रसारणरत टेलिभिजनमा ३५ वटा च्यानल मात्रै आउनेछ । तर, नेपाली च्यानललाई भने अनिवार्य गरिएको छ ।

कार्यतालिका बुझाउन ७ दिने म्याद

मन्त्रालयले एनालग टिभी प्रसारणलाई डिजिटलमा रूपान्तरण गर्ने सम्बन्धमा विस्तृत कार्यतालिका पेस गर्न केबल टेलिभिजन प्रदायकलाई ७ दिने म्याद दिएको छ । उक्त समयसम्ममा सेवा प्रदायकले कार्यतालिका बुझाइसक्नुपर्नेछ ।

कसरी जोड्ने डिजिटल टिभी ?

उपभोक्ताले आफ्ना पुरानै टेलिभिजनमा सेटअप बक्स जोडेर डिजिटल टेलिभिजन प्रसारण सेवा लिन सक्छन् । डिटिएच, आइपिटिभी, डिटिटिबीलगायतका टेलिभिजन प्रसारण प्रणाली सुरुवाती चरणदेखि नै डिजिटल प्रविधिमा सञ्चालनमा छन् । अहिले केबल वितरकहरू आफैँले डिजिटल प्रणालीमा आधारित प्रसारण केन्द्र ९डिजिटल हेडइन्ड० स्थापना गरेर टेलिभिजन प्रसारणलाई डिजिटल बनाइरहेका छन् । जसअनुसार एनालग प्रविधिमा सेवा लिइरहेका उपभोक्ताले अनिवार्य रूपमा सेटअप बक्स जडान गर्नुपर्ने हुन्छ । डिजिटल टेलिभिजनमा फोटो तथा भिडियो सफा र वास्तविक देखिन्छ तथा आवाज पनि स्पष्ट सुनिन्छ । एनालग प्रवधिको केबल टिभीको प्रसारणलाई डिजिटलाइज्ड गरेपछि हालको भन्दा उच्च गुणस्तरयुक्त अडियो तथा भिडियोका साथ टेलिभिजन हेर्न सकिन्छ । डिजिटल टेलिभिजनमा इन्टरनेट, गेम, रेकर्डिङलगायत भ्यालु एडेड सर्भिस पनि उपलब्ध हुन्छन् । साभार : नया पत्रिका

खाना महोत्सवमा एक करोड भन्दाबढीको कारोवार - 2017-04-16
बारा ३ बैसाख/ बाराको सिमरामा आयोजना गरिएको ‘बारा खाना महोत्सवमा एकलाख भन्दा बढीले अवलोकन गरेको आयोजनाले दावी गरेको छ ।

सिमा नाका बाट तस्करी बढ्यो - 2017-04-13
कलमपाटी ३१ चैत्र / रौतहटको सिमा नाका बाट तस्करी बढेको स्थानियबासीले बताएका छन । नेपाल प्रहरी र सशस्त्र प्रहरीको इकाइ कार्यालय भए पनि तस्करी नियन्त्रण हुन नसकेको स्थानियको भनाइ छ ।

गैडाटार गाउ मकै प्रर्दशनी स्थल जस्तै - 2017-04-11
कलमपाटी २९ चैत्र / रौतहटको चन्द्रपुर नगरपालिका ३ स्थित गैडाटार गाउमा हाइव्रिड जातको मक खेती गर्ने किसान बढेका छन । गाउ नै मकै प्रर्दशनी स्थल जस्तो देखिएको छ । हरेक घर, आगन , गोठ, बाटोमा मकै सुकाएको , छोडाउदै गरेको र देख्न सकिन्छ ।

रौतहटमा उखुखेती गर्ने किसान लाइ तालिम - 2017-04-10
रौतहट २८ चैत्र / जलवायू प्रतिरोधात्मक उखुखेती प्रर्वधन गर्न रौतहटमा बिभिन्न कार्यक्रमहरु संचालन गरीएका छन ।

रौतहटमा १० करोड भन्दाबढीको बालीनालीमा क्षेती - 2017-04-01
कलमपाटी १९ चैत्र / रौतहटमा केही दिन अघि आएको हावाहुरी र असिना पानीले रौतहटको उतरी क्षेत्रमा करीव ११ करोड मुल्यको वालीनालीमा क्षेती पुर्याएको छ ।

रौतहट फर्निचर ब्यवसायी संघको अध्यक्षमा पौडेल - 2017-03-25
रौतहट १२ चैत्र / रौतहट फर्निचर तथा फर्निसिङ ब्यवसायी संघको रौतहटमा शनिबार समिति गठन भएको छ ।

तातोपानी नाकालाइ चीन भ्रमणमा प्राथमिकतामा पार्ने : प्रधानमन्त्री - 2017-03-22
काठमाडौं ९ चैत्र / प्रधानमन्त्री पुष्पकमल दाहालले चीन भ्रमणका वेला तातोपानी नाका सञ्चालन गर्ने बिषय प्रमुख एजेण्डा नै बनाएको बताएकाछन ।

पानी परेर काचो इटा नष्टहुदा व्यवसायी मर्कामा - 2017-03-15
रौतहट २ चैत्र/ पानी परेर काचो इटा नष्ट भएका कारण रौतहटका इटा व्यवसायीहे करोडौको क्षेती व्यहोर्नु परेको छ । केही दिन अघि परेको बर्षाका कारण रौतहटका ईटा उद्योग क्षेत्रमा करोडौको क्षती भएको व्यवसायीहरुले बताएका छन ।

सुर्तीजन्य पदार्थ बेच्‍न इजाजतपत्र चाहिने, यस्तो छ नयाँ नियम - 2017-03-14
सरकारले धूमपान तथा सुर्ती सेवन गर्ने कार्यलाई न्यूनीकरण, नियन्त्रण तथा नियमन गर्न इजाजत लिएका पसलबाट मात्र बिक्री वितरण गर्न पाइने व्यवस्था आजदेखि लागू गरेको छ ।

PREV 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 NEXT

English News



644571 Times Visited.

Suprim Sanchar Pvt. Ltd.
Main Raod, Chandranighapur -1, Chandrapur Municipality, Rautahat
Mobile: 9855041125
http://www.kalampati.com
Email: kalampati@gmail.com
द. न. ४११
सचालक/ सम्पादक : फणि महत
Contact Us
All right reserved 2017 © Suprim Sanchar Pvt. Ltd.
Powered by :
Top