अर्थ / व्यापार

सिँगारियो लेकसाइड



अर्थ / व्यापार प्रकाशित मिति: पोखरा १३ पुस

अंग्रेजी नयाँ वर्ष २०१८ लाई स्वागत र सन् २०१७ लाई बिदाइ गर्न पोखराको पर्यटकीय केन्द्र लेकसाइड बेहुली झै सिँगारिएको छ।

नयाँ वर्ष नजिकिएसँगै पोखरा आउने पर्यटकको चहल पहल बढेको छ। पछिल्ला वर्षमा पोखरा अंग्रेजी नयाँ वर्ष मनाउने प्रमुख पर्यटकीय गन्तव्य बनेको छ।

पोखराका तारे होटलले पनि नयाँ वर्षका लागि विभिन्न प्याकेजसहित सजावट गरेका छन्। पाँच तारे होटल पोखरा ग्रान्डमा नयाँ वर्षको लाइभ म्यूजिकसहित विभिन्न सांस्कृतिक कार्यक्रमको तयारी गरिएको होटल व्यस्थापनले बताएको छ। नयाँ वर्षका लागि करिब सबै कोठा अग्रिम बुकिङ भइसकेका छन्। २८ तारिखदेखि १ तारिख सम्मका लागि लगभग सबै कोठा बुकिङ भइसकेको होटलका वरिष्ठ बिक्री प्रबन्धक कमल शेरचनले जानकारी दिए।

होटलमा ८० प्रतिशत विदेशी र २० प्रतिशत नेपाली पर्यटक रहेको उनले बताए। नयाँ वर्षलाई लक्षित गरी होटलले लाइभ म्यूजिक, गाला डिरनसहित विभिन्न सांस्कृतिक कार्यक्रमको तयारी गरेको छ। पोखराको अर्को तीन तारे होटल सांग्रिलाले पनि कोठा लगभग प्याक भइसकेको बताइएको छ। २८ तारिखदेखि २०१८ को जनवरी १ तारिखसम्म सबै कोठा प्याक भइसकेको होटल साँग्रिला खपोराका रुम डिभिजन म्यानेजर गुप्तबहादुर गिरीले बताए। साँग्रिलामा ६१ वटा कोठा छन्। नयाँ वर्षमा होटलमा गाला डिनरसहित लाइभ म्यूजिकका तयारी गरिएको उनले सुनाए। होटलले डोरप्राइजका रूपमा एक जोडिलाई काठमाडौं(थाइल्यान्ड दोहोरो हवाई टिकट दिनेछ।

पछिल्ला वर्षमा पोखरा अंग्रेजी नयाँ वर्ष मनाउने प्रमुख पर्यटकीय गन्तव्य बनेको छ।

यसैगरी तारे होटल बाराहीमा पनि ९९ प्रतिशत कोठा बुकिङ भइसकेका छन्। २८ तारिखदेखि जनवरी १ सम्म कोठा बुक भइसकेको होटलका म्यानेजर राजकुमार केसीले बताए। नयाँ वर्षमा होटलमा गाला डिनरसहित चर्चित कलाकार शिव परिवार, मीना निरौलालगायतको प्रस्तुति रहने उनले बताए।

पश्चिमाञ्चल क्षेत्रीय होटल संघका अध्यक्ष विकल तुलाचनले पछिल्ला वर्ष अंग्रेजी नयाँ वर्षमा पोखराका अधिकांश होटल भरिभराउ हुने गरेको बताए। पोखरामा पश्चिमाञ्चल क्षेत्रीय होटल संघमा आवद्ध तीन सय ८० होटल छन्। सबै होटलमा गरी २२ हजार बेड रहेको पश्चिमाञ्चल क्षेत्रीय होटल संघका निवर्तमान अध्यक्ष भरतराज पराजुलीले बताए। दुई वटा पाँच तारे होटलमध्ये फूलवारी बन्द छ। तीन तारे होटल १४ वटा र १ र २ तारे होटल ४० वटा छन्। निम्तो बाँड्दै पोखरेली पर्यटन व्यावसायिको टोली पाल्पा, बुटवल, भैरहवा, चितवन, काठमाडौंसम्म पुगेको थियो। साभार अन्नपुर्ण

चुहावट रोक्दा विद्युत प्राधिकरणलाई २ अर्ब फाइदा - 2017-07-13
२९ असार काठमाडौं / लोडसेडिङ अन्त्य गरेर वाहवाही कमाएको नेपाल बिद्युत प्राधिकरण पछिल्लो समय चुहावट नियन्त्रणका लागि प्रयत्नशील छ ।

पुनर्निर्माण प्राधिकरणको बजेट १ खर्ब ४५ अर्ब रुपैयाँ - 2017-07-12
२८ असार, काठमाडौं । राष्ट्रिय पुननिर्माण प्राधिकरण निर्देशक समितिले आगामी आर्थिक वर्ष २०७४/०७५ का लागि १ खर्ब ४५ अर्ब रुपैयाँको बजेट स्वीकृत गरेको छ ।

१० लाख बढीको कारोबार गर्दा बिचार गर्नुहोस - 2017-07-12
वीरगज २८ रौतहट वीरगंज २८ असार यदि तपाईँ ठूलो रकमको कारोबार गर्दै हुनुहुन्छ भने साउन १ गतेदेखि नयाँ नियम लागू हुने भएको छ ।

९ केजी सुन सहित एकजना पक्राउ स् प्लाष्टिकको चामल बेच्ने पनि प्रहरी नियन्त्रणमा - 2017-07-12
काठमाणडौ २८ असार काठमाडौंको सितापाईलाबाट ९ केजी सुन सहित एकजना पक्राउ परेका छन् ।

चन्द्रोदय साकोस द्धारा संचाकर्मीलाइ सेयर प्रदान - 2017-06-29
रौतहट १५ असार / चन्द्रोदय बचत तथा ऋण सहकारी संस्थाले सम्मान स्वरुप पत्रकारलाई सेयर प्रदान गरी सम्मान गरेको छ ।

बगरमा तरकारी खेती, बिपन्न लाइ आम्दानीको श्रोत - 2017-06-22
रौतहटको तात्कालिन समनपुर गाबिसका दलित समुदायका महिलाहरुले दुई वर्ष देखी सामुहिकरुपमा तरकारी खेती गरेर आम्दानी गर्न थालेका छन ।

चुनावको मुखैमा ८ अर्ब ७१ करोड बाँडिँदै - 2017-06-22
चुनावको मुखैमा कांग्रेस–माओवादी केन्द्रको गठबन्धन सरकारले द्वन्द्वपीडितका नाममा ८ अर्ब ७१ करोड रुपैयाँ आर्थिक सहायता निकासा गर्ने निर्णय गरेको छ । निर्वाचन आयोगले दिएको निर्देशनविपरीत सरकारले रकम निकासा गरेको हो । शान्ति मन्त्रालयअन्तर्गतको राहत तथा पुन:स्थापना एकाइले बुधबार ७३ जिल्लाका प्रशासन कार्यालयमा उक्त रकम निकासाका लागि अख्तियारी दिएको हो । आयोगले चुनावपछि मात्र त्यसलाई कार्यान्वयन गर्न पत्राचार गरेको थियो ।

भन्सार छलेर समान नेपाल भित्रिदै - 2017-06-08
रौतहट जिल्लाको विभिन्न नाका भई प्रतिवान्धीत समानहरु तथा भन्सार राजश्व छलेर समानहरु ओसरपसार भैरहेको स्थानियले बताएका छन । करीव दुइ साता अघि देखि तस्करी शूरु भएको बताइएको छ ।

रौतहटको स्थानीय तहका लागि आव २०७४/०७५ को बजेट - 2017-05-30
सोमवारको बजेट भाषण ले रौतहट जिल्लाको स्थानिय तहमा रकम बिनियोजन गरेको छ ।

PREV 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 NEXT

English News



756395 Times Visited.

Suprim Sanchar Pvt. Ltd.
Main Raod, Chandranighapur -1, Chandrapur Municipality, Rautahat
Mobile: 9855041125
http://www.kalampati.com
Email: kalampati@gmail.com
द. न. ४११
सचालक/ सम्पादक : फणि महत
Contact Us
All right reserved 2017 © Suprim Sanchar Pvt. Ltd.
Powered by :
Top