अर्थ / व्यापार

आन्तरिक उडान सुरु, अन्तराष्ट्रिय अझै अनिश्चित



अर्थ / व्यापार प्रकाशित मिति:

काठमाडौं :
त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा आन्तरिक उडान सुरु भएको छ । बिहीबार राति उडानका क्रममा धावनमार्गबाट चिपलिएर घाँसे मैदानमा पुगेको मलेसियाको मालिन्दो जहाज हटाउन नसकिएपनि दक्षिण क्षेत्रबाट आन्तरिक उडान सुरु भएको हो ।
विमानस्स्थल कार्यालयका प्रवक्ता प्रेमनाथ ठाकुरले धावनमार्गबाट विमान हटाउन अझै केही समय लाग्ने भएपनि उत्तरबाट बिहानदेखि आन्तरिक उडान सुरु गरिएको जानकारी दिए । हिजो रातिदेखि रोकिएको विमानस्थलबाट बिहान बुद्व एयरलाइन्सले काठमाडौं विराटनगर बुद्व उडान गरेको थियो ।

काठमाडौँबाट मलेसियाको क्वालालम्पुरतर्फ उड्न लागेको मलेसियाको निजी हवाई सेवा प्रदायक मालिन्दो एयरको उडान नम्बर ओडी १८१ जहाज धावनमार्गबाट चिप्लिएर घाँसे मैदानमा पुगेको हो ।

उड्नका लागि धावनमार्गतर्फ गुडिरहेको जहाजको टायरमा समस्या आएपछि चिपलिएर घाँसे मैदानमा पुगी भासिएको हो । जहाज चिप्लिएर घाँसै मैदानतर्फ पुगे पनि ठुलो दुर्घटनाबाट भने बच्यो ।

२० अर्थात उत्तरी क्षेत्रबाट राति ९ बजेर ४५ मिनेटमा उड्ने तयारीमा रहेको रनवेमा कोटेश्वरतर्फको ०२ अर्थात दक्षिणी क्षेत्रतर्फ गइरहेको थियो । मोडिएर उत्तरतर्फ लाग्ने बेलामा अगाडिको टायरमा समस्या आएपछि जहाज धावनमार्गबाट चिप्लिएर घाँसे मैदानमा पुगेको हो ।  घाँसेमैदानबाट विमान हटाउने प्रयास जारी रहेको प्रवक्ता ठाकुरले जानकारी दिए ।
साभार अन्नपुर्ण
पुर्वाधार बिकास बैंकमा विदेशी संस्थाले ८५ प्रतिशतसम्म लगानी गर्न सक्ने - 2017-08-11
राष्ट्र बैंकले शुक्रवार पुर्वाधार बिकास बैंक सम्बन्धि नीतिगत व्यवस्था २०७४ सार्वजनिक गरेको छ ।

कृषि विकास बैक चन्द्रपुर शाखा ४ करोड नाफामा - 2017-08-10
रौतहटको चन्द्रनिगाहपुरमा रहेको कृषि विकास बैकको शाखाले आर्थिक वर्ष २०७३÷०७४ मा ३ करोड ९१ लाख नाफा गरेको छ । सोही आर्थिक वर्षमा १५ करोड ८५ लाख निक्षेप संकलन र ६९ करोड ६ लाख कर्जा लगानी गरेको छ ।

भानु नगरपालिकाको बजेट ५२ करोड ४७ लाख - 2017-08-07
तनहुँको भानु नगरपालिकाको नगरपरिषद्ले चालु आर्थिक वर्षका लागि ५२ करोड ४७ लाख ३३ हजार रुपैयाँको अनुमानित बजेट सार्वजनिक गरेको छ ।

बारामा एक अर्बको चैतेधान उत्पादन - 2017-08-04
बारामा आर्थिक वर्ष २०७३/७४ मा रु.(एक अर्ब नौ करोड ९४ लाख १३ हजार) बराबरको ५२ हजार ३५३ मेट्रिक टन चैते धान उत्पादन भएको छ ।

लगानी बोर्डको उपाध्यक्षमा अर्थमन्त्री - 2017-08-04
प्रधानमन्त्री शेरबहादुर देउवाले अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई लगानी बोर्डको उपाध्यक्षको जिम्मेवारीसमेत तोकेका छन् ।

कृषि विकास बैंक गरुडाद्धारा तीन करोड आम्दानी - 2017-08-03
रौतहटको गरुडास्थित कृषि विकास बैंकले गत आर्थिक बर्षमा राम्रो आम्दानी गर्न सफल भएको छ।

आयो अमेरिकाको ५१ अर्ब लगानी, सडकसँगै ४ सय केभीको ट्रान्समिसनलाइन बन्ने - 2017-08-03
सरकारले अमेरिकी सरकारी निकाय मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) बाट ५१ अर्ब ३८ करोड सहायता रकम स्वीकार गर्ने भएको छ ।

सिमेन्ट उद्योगद्वारा तौल घटाइ ठगी - 2017-08-02
सरकारी तथा निजी क्षेत्रबाट उत्पादित सिमेन्ट उद्योगले तौल घटाइ उपभोक्तालाई ठगी गरेको पाइएको छ ।

बैंकहरुले जलविद्युतमा एक वर्षमा थप ३३ अर्ब लगानी गर्नुपर्ने - 2017-08-02
जलविद्युत क्षेत्रमा अबका दिनमा कम लगानी जाने सम्भावना बैंकरहरुले देखाइ रहँदा राष्ट्र बैंकले भने बैंकहरुसँग यो क्षेत्रमा लगानी गर्न पर्याप्त ‘स्पेस’ रहेको बताएको छ ।

PREV 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 NEXT

English News



1007936 Times Visited.

Suprim Sanchar Pvt. Ltd.
Main Raod, Chandranighapur -1, Chandrapur Municipality, Rautahat
Mobile: 9855041125
http://www.kalampati.com
Email: kalampati@gmail.com
द. न. ४११
सचालक/ सम्पादक : फणि महत
Contact Us
All right reserved 2017 © Suprim Sanchar Pvt. Ltd.
Powered by :
Top