logo
24 Oct 2018   |   
अर्थ / व्यापार

सुजुकी एक्सचेन्ज क्याम्पमा पुराना वाइक तथा स्कुटरको थप १५ हजार भ्याल्युएसन



अर्थ / व्यापार   127 पटक पढिएको   कलमपाटी     
काठमाण्डौ // नेपालको लागी आधिकारिक बिक्रेता भि जि अटोमोबाइल्स प्रालिले जापानीज ब्रान्ड सुजुकी बाइक तथा स्कूटर लामो समय देखी नेपाली बजारमा बिक्री गर्दै आएको छ ।

सुजुकी एक्सचेन्ज क्याम्पमा पुराना वाइक तथा स्कुटरको थप १५ हजार भ्याल्युएसन


जापानीज इंजिन बलियो , स्टाइलिस्ट र कम्फोटेबल रहेको स्कूटर र बाइकमा बिजया दशमी तथा दीपावली लाइ मध्य नजर  गरी यही २०७५ असोज २१ बाट असोज २७ सम्म नेपालभरिका ३४ वटा सुजुकीका शोरुममा मेघा एक्सचेन्ज क्याम्प संचालन हुने भएको छ ।

क्याम्पमा कुनैपनी कम्पनीका पुराना  बाइक तथा स्कूटर संग नया सुजुकीका बाइक तथा स्कूटर सजिली  एक्सचेन्ज गर्न सकिने  छ  ।

 कुनै पनि पुराना बाइक तथा स्कूटरको बजारमा प्रचलित भ्यालुएसन भन्दा थप १५ हजार मुल्य कम्पनिले ग्राहक लाइ  प्रदान गर्नेछ  ।

सुजुकी  मेघा एक्सचेन्ज क्याम्प भरी एक्सचेन्ज, फाइनान्स र नगदमा बाइक तथा स्कूटर खरीद गर्न सकिने छन ।

 सुजुकीले दशै को समयमा पुराना बाइक तथा स्कूटर चढने ग्राहक को लामो दुरी यात्रा गर्दा यात्राको क्रममा बाटोमा दुख सास्ति तथा बाइक बिग्रने समस्या नहोस भन्ने उदेश्यले बजारमा प्रचलित मुल्य भन्दा १५ हजार बढी दिएको  सुजुकी का मार्केटिंग म्यानेजर नबराज कोइरालाले जानकारी दिएका छन ।

सुजुकी मेघा एक्चेन्ज क्याम्प मा देशका ३४ शोरुम बाट असोज २१ देखि २७ सम्म पुराना नया बाइक तथा स्कूटर दिएर एक हजार  एक्सचेन्ज गरिने लक्ष्य रहेको  भि जि सुजुकी का सेल्स हेड सन्तोष थापाले बताएका छन ।

चाडपर्वको अवसरमा सुजुकी बाइक तथा स्कूटर खरीद गर्दा बाइक मा ८ हजार र  स्कूटर मा १० हजार  छुट साथै १० जना ग्राहकलाइ बम्पर उपहार मार्फत  जापान भ्रमण गराउने  योजना सुजुकीको रहेको छ ।











1788248 Times Visited.

Suprim Sanchar Pvt. Ltd.
Main Raod, Chandranighapur -1, Chandrapur Municipality, Rautahat
Mobile: 9855041125
http://www.kalampati.com
Email: kalampati@gmail.com
द. न. ४११
सचालक/ सम्पादक : फणि महत
more...
कम्पनी दर्ता : १५३७६१/०७३/०७४
सुचना बिभाग दर्ता : ४११, चन्द्रपुर ४, रौतहट
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © सुप्रिम संचार प्रा. लि. २०७५ मा सुरक्षित रहनेछ ।
Top