अर्थ / व्यापार

सिँगारियो लेकसाइड



अर्थ / व्यापार प्रकाशित मिति: पोखरा १३ पुस

अंग्रेजी नयाँ वर्ष २०१८ लाई स्वागत र सन् २०१७ लाई बिदाइ गर्न पोखराको पर्यटकीय केन्द्र लेकसाइड बेहुली झै सिँगारिएको छ।

नयाँ वर्ष नजिकिएसँगै पोखरा आउने पर्यटकको चहल पहल बढेको छ। पछिल्ला वर्षमा पोखरा अंग्रेजी नयाँ वर्ष मनाउने प्रमुख पर्यटकीय गन्तव्य बनेको छ।

पोखराका तारे होटलले पनि नयाँ वर्षका लागि विभिन्न प्याकेजसहित सजावट गरेका छन्। पाँच तारे होटल पोखरा ग्रान्डमा नयाँ वर्षको लाइभ म्यूजिकसहित विभिन्न सांस्कृतिक कार्यक्रमको तयारी गरिएको होटल व्यस्थापनले बताएको छ। नयाँ वर्षका लागि करिब सबै कोठा अग्रिम बुकिङ भइसकेका छन्। २८ तारिखदेखि १ तारिख सम्मका लागि लगभग सबै कोठा बुकिङ भइसकेको होटलका वरिष्ठ बिक्री प्रबन्धक कमल शेरचनले जानकारी दिए।

होटलमा ८० प्रतिशत विदेशी र २० प्रतिशत नेपाली पर्यटक रहेको उनले बताए। नयाँ वर्षलाई लक्षित गरी होटलले लाइभ म्यूजिक, गाला डिरनसहित विभिन्न सांस्कृतिक कार्यक्रमको तयारी गरेको छ। पोखराको अर्को तीन तारे होटल सांग्रिलाले पनि कोठा लगभग प्याक भइसकेको बताइएको छ। २८ तारिखदेखि २०१८ को जनवरी १ तारिखसम्म सबै कोठा प्याक भइसकेको होटल साँग्रिला खपोराका रुम डिभिजन म्यानेजर गुप्तबहादुर गिरीले बताए। साँग्रिलामा ६१ वटा कोठा छन्। नयाँ वर्षमा होटलमा गाला डिनरसहित लाइभ म्यूजिकका तयारी गरिएको उनले सुनाए। होटलले डोरप्राइजका रूपमा एक जोडिलाई काठमाडौं(थाइल्यान्ड दोहोरो हवाई टिकट दिनेछ।

पछिल्ला वर्षमा पोखरा अंग्रेजी नयाँ वर्ष मनाउने प्रमुख पर्यटकीय गन्तव्य बनेको छ।

यसैगरी तारे होटल बाराहीमा पनि ९९ प्रतिशत कोठा बुकिङ भइसकेका छन्। २८ तारिखदेखि जनवरी १ सम्म कोठा बुक भइसकेको होटलका म्यानेजर राजकुमार केसीले बताए। नयाँ वर्षमा होटलमा गाला डिनरसहित चर्चित कलाकार शिव परिवार, मीना निरौलालगायतको प्रस्तुति रहने उनले बताए।

पश्चिमाञ्चल क्षेत्रीय होटल संघका अध्यक्ष विकल तुलाचनले पछिल्ला वर्ष अंग्रेजी नयाँ वर्षमा पोखराका अधिकांश होटल भरिभराउ हुने गरेको बताए। पोखरामा पश्चिमाञ्चल क्षेत्रीय होटल संघमा आवद्ध तीन सय ८० होटल छन्। सबै होटलमा गरी २२ हजार बेड रहेको पश्चिमाञ्चल क्षेत्रीय होटल संघका निवर्तमान अध्यक्ष भरतराज पराजुलीले बताए। दुई वटा पाँच तारे होटलमध्ये फूलवारी बन्द छ। तीन तारे होटल १४ वटा र १ र २ तारे होटल ४० वटा छन्। निम्तो बाँड्दै पोखरेली पर्यटन व्यावसायिको टोली पाल्पा, बुटवल, भैरहवा, चितवन, काठमाडौंसम्म पुगेको थियो। साभार अन्नपुर्ण

प्रहरीद्धारा चल्ला सहीत चार तस्कर पक्राउ - 2016-10-26
कलमपाटी १० कार्तिक रौतहट को सिमावर्ती क्षेत्रमा मंगलवार सातसय ५० वटा भारतमा उत्पादन भएको कुखुराको चल्ला सहीत चारजना तस्करलाई प्रहरीले पक्राउ गरेको छ ।

रौतहटको कटहरीयामा नेपाल बैंक संचालनमा - 2016-10-24
कलमपाटी ८ कार्तिक जिल्लाको पुरानो व्यापारीक केन्द्र कटहरीया बजारमा नेपाल बैंकको शाखा कार्यालय संचालनमा आएको छ । नेपाल राष्ट्र बैंकका कायममुकायम गर्भनर चिन्तामणी शिवाकोटीले सोमवार शाखा उदघाटन गरेका छन ।

चुरे समिति र वन मन्त्रालयबीच विवाद - 2016-10-21
राष्ट्रपति चुरे तराई मधेस संंरक्षण विकास समिति र वन मन्त्रालयबीच विवाद देखिएको छ । वन मन्त्रालयले चुरे कार्यक्रममा पछिल्लो समय प्रभावकारी काम हुन नसकेको आरोप लगाएको छ भने समितिले वार्षिक बजेटको ९१ प्रतिशत वार्षिक खर्च भए पनि मन्त्रालयले अनावश्यक आरोप लगाएको भन्दै आपत्ति जनाएको छ ।

भन्सार छलेको कपडा र कुखुराको अण्डा बरामद - 2016-10-18
कलमपाटी २ कार्तिक सोमवार बेलुका रौतहटको गौर स्थित ट्रान्समिटर चोक नजिकै बाट प्रहरीको टोलीले भन्सार राजश्व छलेको कपडा र गौर बाटै मंगलवार कुखुराको अण्डा बरामद गरेको छ ।

राजश्व छलेर मदिरा बिक्री गर्नेलाई ३१ हजार धरौटी - 2016-10-18
कलमपाटी २ कार्तिक भन्सार राजश्ज छलेर मदिरा बिक्री गर्ने दुइ जना लाइ भन्सार कार्यालय रौतहटले धरौटी रकम लिएर छाडेको छ ।

तस्करीमा अध्यक्षको संलग्नता छैन : चन्द्रपुर उधोग वाणिज्य संघ - 2016-10-17
कलमपाटी १ कार्तिक प्रहरीले रौतहटमा कपडा सहित बरामद गरेको पिकअप जीप संग चन्द्रपुर उधोग वाणिज्य सघका अध्यक्षको नाम जोडेर केहि संचार माध्यममा समाचार प्रकासित भएपछि सघले बिज्ञप्ती मार्फत खण्डन गरेको छ । सोमवार अध्यक्ष सुनिल कुमार जयसवालले बिज्ञप्ती निकाली सो कपडाको कारोवारमा आफु संलग्न नभएको जनाएका छन ।

एकअर्व २५ करोडको बिउबिजन आयात - 2016-10-04
काठमाडौं १८ असोज नेपालले एकबर्षमा एक अर्ब २५ करोड रुपैया बराबरको बीउबिजन आयात गरेको छ । गत वर्ष ५४ मेट्रिक टन तरकारी, सात सय ८७ मेट्रिक टन मकै र नौ सय ७७ मेट्रिक टन धान आयात गरिएको थियो ।

गुन्जन सुचना तथा सहकारी सस्थाको साधारण सभा - 2016-10-01
रौतहट १५ असोज गुन्जन सुचना तथा संचार सहकारी सस्था लिमिटेडको दोश्रो साधारण सभा सम्पन्न भएको छ । रौतहटको चन्द्रनिगाहपुरमा सम्पन्न साधारण सभामा सस्थाका अध्यक्ष युवराज भट्टराईले बार्षिक प्रगती विवरण प्रस्तुत गरेका छन ।

बैंकिङ कसुर गरे १२ बर्ष सम्म सजाय - 2016-09-29
बैंकिङ कसुर तथा सजाय ऐन संशोधन विधेयक शुक्रबार व्यवस्थापिका संसदबाट पारित भएको छ । विधेयक अनुसार एक अर्ब रुपैयाँभन्दा बढी कसुर गर्नेल्लाइ १२ वर्षसम्म सजाय गर्न सकिने छ ।

PREV 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 NEXT

English News



756394 Times Visited.

Suprim Sanchar Pvt. Ltd.
Main Raod, Chandranighapur -1, Chandrapur Municipality, Rautahat
Mobile: 9855041125
http://www.kalampati.com
Email: kalampati@gmail.com
द. न. ४११
सचालक/ सम्पादक : फणि महत
Contact Us
All right reserved 2017 © Suprim Sanchar Pvt. Ltd.
Powered by :
Top