अमेरिकामा भीषण डढेलो

बिदेश

फिजीको टोङ्गा टापुमा ८.२ म्याग्निच्यूडको भूकम्प



बिदेश प्रकाशित मिति:

एजेन्सी :
फिजीको टोङ्गा टापु क्षेत्रमा शक्तिशाली भूकम्प गएको छ । नेपाली समयानुसार बिहान ६ बजेर २२ मिनेटमा ८.२ म्याग्निच्यूडको भूकम्प गएको हो ।

अमेरिकाको भूगर्भ सर्भे विभागका अनुसार यसको केन्द्र प्रशान्त महासागरमा जमिनबाट ५६० किलोमिटर तल थियो । यो स्थान तवेनी ज्वालामुखीबाट करिब २४४ किलोमिटर टाढा रहेको छ ।

भूकम्पपछि प्रशान्त सुनामी केन्द्रले सुनामी आशंकालार्इ इन्कार गरिदिएको छ ।  यस भूकम्पबाट अहिलेसम्म धनजनको क्षति भएको जानकारी प्राप्त भइसकेको छैन । साभार अन्नपुर्ण
लेनिनका सयौं सालिक ढालिए - 2017-08-22
युक्रेनले पूर्वसोभियत संघका बेला स्थापना गरिएका लेनिनका सयौं सालिक हटाएको छ। सोभियत संघको प्रतीक मानिएका लेनिनका त्यस्ता सालिक देशभरबाट हटाउने प्रयासमा युक्रेन सरकार लागेको छ।

बार्सिलोनाका मुस्लिम नागरिक त्रासमा - 2017-08-21
स्पेनको बार्सिलोना सहरमा गत बिहीबार आतंककारी हमला भयो । त्यहाँ कम्तीमा पनि १३ जनाको ज्यान गयो । अरु १०० जनाभन्दा बढी नराम्ररी घाइते भए ।

युरोपमा आतंककारी आक्रमण - 2017-08-20
युरोपका विभिन्न मुलुकमा आतंककारी आक्रमण भएका छन् । स्पेनमा भएको आक्रमणको लगत्तै जर्मनी, फिनल्यान्ड र रूसमा समेत आतंककारी आक्रमण भएका छन् । स्पेन र रूसमा भएको आक्रमणको ट्टरपन्थी संगठन इस्लामिक स्टेट (आइएस)ले जिम्मा लिएको छ ।

मोटरसाइकलमा आइसक्रिम बेच्छिन् यी युवती, सोसल मिडियामा रातारात छाइन् - 2017-08-19
सोसल मिडियामा आजकाल एक सुन्दर युवतीको तस्बिर भाइरल भइरहेको छ । यी युवती हिजाब लगाउँछिन् र साधारण तरिकाले बस्छिन् । उनी आफ्नो कामका कारण सोसल मिडियामा रातारात छाएकी छिन् ।

नायिका लैला : जसले फ्रिजभित्र बसेर ज्यान जोगाइन् - 2017-08-19
स्पेनको लसयाम्बर्समा ध्यानले सर्वसाधारणलाई आक्रमण गर्न थालेपछि मानिस नजिकैको क्याफे तथा पसलभित्र लुकेर ज्यान जोगाएका छन् ।

‘कोरियाली प्रायद्वीपमा युद्ध हुँदैन’ - 2017-08-18
भाद्र २, २०७४ दक्षिण कोरियाका राष्ट्रपति मुन जे–इनले कोरियाली प्रायद्वीमा युद्ध नहुनेमा आफू ढुक्क भएको बताएका छन् ।

बार्सिलोना आक्रमणमा १३ को मृत्यु : दोस्रो हमला प्रयास रोकेको प्रहरीको दावी - 2017-08-18
स्पेनको बार्सिलोना शहरमा आतंकवादी आक्रमण हुँदा कम्तिमा १३ जनाको मृत्यु भएको छ । घटनामा ८० जना घाइते भएका छन् ।

बिहारमा बाढीबाट ९१ को मृत्यु, करिब एक करोड बासिन्दा प्रभावित - 2017-08-17
भारतीय राज्य बिहारमा बाढीका कारण कम्तिमा पनि ९१ जनाको ज्यान गएको समाचार छ। साथै यसबाट करिब ९६ लाख जना नागरिक प्रभावित भएका छन्।

भारतले स्वतन्त्रता दिवस मनाइरहँदा भारतीय र चिनीयाँ सेनाबीच कश्मीरमा ढुंगा हानाहान - 2017-08-17
भारतीय रनिीयाँ सैनिकबीच कश्मीरको विवादास्पद सीमा क्षेत्रमा झडप भएको छ ।

PREV 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 NEXT

English News



1374219 Times Visited.

Suprim Sanchar Pvt. Ltd.
Main Raod, Chandranighapur -1, Chandrapur Municipality, Rautahat
Mobile: 9855041125
http://www.kalampati.com
Email: kalampati@gmail.com
द. न. ४११
सचालक/ सम्पादक : फणि महत
Contact Us
All right reserved 2017 © Suprim Sanchar Pvt. Ltd.
Powered by :
Top