logo
20 Jan 2019   |   
बिदेश

जब उपहारको पोको बोकेर बालबालिका भेट्न अस्पताल पुगे ओबामा



बिदेश   53 पटक पढिएको   कलमपाटी     
अमेरिकाका पूर्वराष्ट्रपति बाराक ओबामाले बासिंटन डीसीस्थित चिल्ड्रेन्स नेशनल अस्पताल पुगेर क्रिसमसको अवसरमा बालबालिकालाई उपहार बाँडेका छन्।

जब उपहारको पोको बोकेर बालबालिका भेट्न अस्पताल पुगे ओबामा


सान्ता क्लजले लगाउने शीरमा रातो फ्लपी टोपी र काँधमा उपहारको पोको बोकेर उनी अस्पताल पुगेका थिए। ओबामालाई यस्तो अवस्थामा देखेर अधिकांश व्यक्तिहरू आश्चर्यमा परे।

त्यसपछि उनले अस्पतालमा रहेका बिरामी बालबालिकालाई उपहार दिनुका साथै तस्वीरसमेत खिचाएको सार्वजनिक भएको छ।

बासिंटन पोस्टका अनुसार उनले अस्पतालमा करिब डेढ घन्टा बिताएका थिए। उनले अस्पतालमा बालबालिकासँगै चिकित्सक तथा नर्ससँगसमेत भलाकुसारी गरेका थिए।

बालबालिकालाई दिने उपहारको पोको बोकेर हिँडेका ओबामाको फोटो र भिडियो अहिले सामाजिक सञ्जालहरुमा भाइरल भइरहेको छ। एजेन्सी

















2298863 Times Visited.

Suprim Sanchar Pvt. Ltd.
Main Raod, Chandranighapur -1, Chandrapur Municipality, Rautahat
Mobile: 9855041125
http://www.kalampati.com
Email: kalampati@gmail.com
द. न. ४११
सचालक/ सम्पादक : फणि महत
more...
कम्पनी दर्ता : १५३७६१/०७३/०७४
सुचना बिभाग दर्ता : ४११, चन्द्रपुर ४, रौतहट
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © सुप्रिम संचार प्रा. लि. २०७५ मा सुरक्षित रहनेछ ।
Top