झाडापखालाको प्रकोप, दर्जनौँ बिरामी

स्वास्थ्य

पेटको बोसो घटाउने पाँच प्रभावकारी तरिका जसलाई बैज्ञानिकले पनि सही मान्छन्



स्वास्थ्य प्रकाशित मिति:

पेट वरिपरी जमेको बोसोले धेरैजसो तपाईंलाई अप्ठेरो महसुस गराउँछ । आज हामी तपाईंलाई यस्तो सजिलो टिप्सबारे जानकारी दिँदैछौं जसबाट तपाईंले निकै सजिलै आफ्नो पेटको बोसो घटाउन सक्नुहुन्छ । वैज्ञानिकको अध्ययनले पनि यो कुरालाई पुष्टि गरिसकेको छ ।

१. फाइबरको सेवन गर्नुहोस्ः


घुलनशील फाइबर तोल कम गर्नका लागि निकै राम्रो माध्यम हो । यसले आन्द्रालाई स्वस्थ राख्छ । अध्ययन अनुसार यस्तो प्रकारको फाइबरले तपाईंलाई पेट भरिएको महसुस गराएर तपाईंको तौल घटनाउन सहयोग गर्छ । फाइबरले तपाईंको शरिरको भोजनबाट अवशोषित क्यालोरीको संख्या कम गर्ने गर्छ ।

२. जुसको साटो फलफूल खानुहोस्ः

यद्यपी, फलको रस भिटामिन र खनिज प्रदान गर्छ तर यसले शरिरमा सोडा र सुगरको मात्रा पनि बढाउने गर्छ । अत्यधिक मात्रामा फलफूलको जुस सेवन गर्दा यसको बोसो बढाउँछ । यसको साटो दैनिक तपाईं विभिन्न प्रकारको फलको सेवन गर्न सक्नुहुन्छ ।

३. एरोबिक व्यायाम गर्नुहोस्ः

एरोबिक व्यायाम (कार्डियो) ले तपाईंको स्वास्थ्यलाई राम्रो बनाउन र क्यालोरी घटाउने एक प्रभावकारी तरिका हो । अध्ययनका अनुसार एरोबिक व्यायामले पेटको बोसोलाई कम गर्नका लागि व्यायामको सबैभन्दा प्रभावकारी रुप मध्येको एक हो ।

४. तनाव कम गर्नुहोस्ः
यो तौल घटाउने एक सजिलो तरिका हो । निन्द्रा एक महत्वपूर्ण कारक हो जसले तपाईंको तौल कम गर्न सहयोग गर्छ । उचित निन्द्राबाट वञ्चित हुँदा तपाईंको मेटाबोलिजम स्लो हुने गर्छ । त्यसकारण तपाईं असामयिक स्न्याक्स खाने गर्नुहुन्छ । किनभने यसले तपाईंको शरिरको प्रतिरक्षा प्रणाली (इम्युन सिस्टम) को मर्मत र पुनर्स्थापित गर्ने समय पाउँछ । हुन त निन्द्राको कमीले तपाईंको तौल बढाउने गर्छ भने धेरै सुत्दा पनि तपाईंको मेटाबोलिजमलाई स्लो गरेर तपाईंको तौल बढ्ने गर्छ ।

५. मद्यपानः

मद्यपानको सेवन नगरेकै राम्रो । यदि तपाईं अत्यधिक पिउनुहुन्छ भने यसले गम्भीर रुपमा स्वास्थ्यलाई क्षती पुर्याउँछ । अनुसन्धानबाट पुष्टि भएको छ कि अत्यधिक रक्सीले तपाईंको पेटको बोसोलाई बढाउने काम गर्छ ।  साभार रातोपाटी
पाठेघरको समस्या र बच्ने उपया - 2017-07-23
काठमाडौ ८ साउन/ पाठेघर महिलाको संवेदनशिल अंग हो । महिलामा सबैभन्दा बढी देखिने समस्यामध्ये पाठेघरको मुखको क्यान्सर पनि हो ।

झाडापखाला र हैजाबाट यसरी बच्नुहोस् - 2017-07-22
काठमाडौ ७ साउन/ आदर्श प्रधान मनोपरामर्शदाता, होलिस्टिक माइन्ड्स, धापासी नेपालमा झाडापखाला र हैजा धेरै वर्षदेखि महामारीको रूपमा बढ्दै गएको छ । यो रोग जुनसुकै समयमा फैलन सक्छ ।

म त हरपिक हालेर नै पानीपुरी अमिलो बनाउछु ! - 2017-07-19
सिन्धुपाल्चोकका स्कुलहरूमा पुग्दा विद्यार्थीले मीठो मानेर चटपटे खाइरहेको देखेँ । विभिन्न स्कुलमा पुगेर म र मेरा केही साथीले स्वास्थ्य र पौष्टिक भोजन खानुपर्छ भनेर बतायौँ ।

क्षयरोगको संक्रमणबाट बारामा तीनजनाको मृत्यु - 2017-07-14
बारामा क्षयरोगको संक्रमणबाट तीन जनाको मृत्यु भएको छ

चन्द्रनिगाहपुर सरकारी अस्पतालमा सोलार जडान - 2017-07-07
रौतहटको चन्द्रनिगाहपुर सरकारी अस्पतालमा सोलार जडान गरीएको छ ।

शाकाहारी राम्रो कि मांसाहारी ? - 2017-06-28
मांसाहारी भोजन रोगको भण्डार हो, यसले कुनै फाइदा गर्दैन, त्यसैले यसबाट सय कोस टाढा बसौं । अझ अन्डा त झन् खतरनाक हुन्छ, खाँदै नखाऔं, कुनै पनि खालको चियाकफी त छुँदै नछोऔं ।ु

योग अभ्यास गर्दा ध्यान दिनु पर्ने कुरा - 2017-06-20
स्वस्थ्य अहिले गाउ देखि शहर सम्मका मानिसमा योग प्रति आकर्षण बढेको छ । तर योग अभ्यास गर्दा सावधानी अपनाउन पनि उत्तिकै जरुरी छ ।

चन्द्रनिगाहपुर सरकारी अस्पतालमा डाक्टरहरु कति बजे आउने हो ? - 2017-06-19
चन्द्रनिगाहपुरमा रहेको सरकारी अस्पतालमा समयमा डाक्टरहरु नआउदा बिरामीहरु मर्कामा पदै आएका छन । कलमपाटीको प्रतिनिधी सोमवार अस्पतालमा पुग्दा कार्यालय समयमा एकजना पनि डाक्टरहरु अस्पताल पुगेका थिएनन ।

प्रजनन स्वास्थ्य सम्वन्धि नया ऐन बन्दै - 2017-05-24
प्रजनन स्वास्थ्यकै कारण महिलाहरु माथी हुने बिभेदको अन्त्य गर्न बिधयक बनाइएको छ ।

PREV 1 2 3 4 5 6 7 8 9 NEXT

English News



1364302 Times Visited.

Suprim Sanchar Pvt. Ltd.
Main Raod, Chandranighapur -1, Chandrapur Municipality, Rautahat
Mobile: 9855041125
http://www.kalampati.com
Email: kalampati@gmail.com
द. न. ४११
सचालक/ सम्पादक : फणि महत
Contact Us
All right reserved 2017 © Suprim Sanchar Pvt. Ltd.
Powered by :
Top