स्वास्थ्य

चुरोट छाडेकोे २० मिनेटमै देखिन्छ यस्तो प्रभाव, २० वर्षमा के होला ?



स्वास्थ्य प्रकाशित मिति:

अधिकांश चुरोट पिउने मानिसको भनाई एउटै हुन्छ‘चुरोट छाड्न मन त लाग्दैन, तर सक्दैसक्दिन ’ ।पक्कैपनि एकपटक चुरोटको लत लागेपछि त्याग्न त्यति सजिलो छैन । धूम्रपान त्याग्दा केही समयसम्म स्वास्थ्यमा असहजताको अनुभव भएपनि जब तपाईंं धूम्रपान छाड्नुहुन्छ, त्यसको २० मिनेटदेखि नै शरीरमा सकारात्मक प्रतिक्रिया देखिन सुरु हुन्छ ।
धूम्रपान त्याग्दा स्वास्थ्यलाई राम्रो गर्नुका साथै सम्भावित क्यान्सरबाट समेत बचाउँछ । तर, धूम्रपानको लतबाट मुक्त हुन खोज्दा भने टाउको दुखाइ र छटपटी भने हुन्छ । धूम्रपान त्याग्दा २० मिनेटदेखि २० वर्षसम्म शरीरलाई पार्ने सकारात्मक असर यस्ता छन्
२० मिनेटपछि
चुरोट छोडेको २० मिनेटपछि नै शरीरमा सकरात्मक प्रतिक्रिया देखिन सुरु हुन्छ । यो अवधिमा रक्तसञ्चार र पल्स रेट सामान्य बन्छ । यही समयमा शरीरको तापमान पनि सामान्य हुन थाल्छ ।
आठ घन्टापछि
चुरोटको लत त्यागेको ८ घन्टापछि शरीरको रगतमा निकोटिन र कार्बन मनोअक्साइडको मात्रा आधा बन्न पुग्छ । यतिवेलासम्म रगतमा अक्सिजनको मात्रा पनि सामान्य हुन थाल्छ । यो समय तपाईं चुरोट पिउनका लागि भने तड्पिरहनुहुन्छ ।
यतिवेला शरीरमा निकोटिनको मात्रा घट्दै जान्छ । जति निकोटिनको मात्रा घट्दै जान्छ, त्यति नै तपाईं तड्पिन थाल्नुहुन्छ । यो अवधिमा चुरोटको ध्यानबाट बाहिर निस्कन पानी या चुइगमको सहारा लिन सकिन्छ ।
१२ घन्टापछि
यतिवेलासम्म तपाईंको शरीरमा भएको कार्बन मनोअक्साइड सामान्य बन्न थाल्छ । जसले गर्दा तपाईंको मनमा तनावको मात्रा पनि तुलनात्मक रूपमा कम हुन्छ । यही अवधिमा रगतमा कार्बन मनोअक्साइड बढ्न थाल्छ र अक्सिजनको मात्रालाई सन्तुलित राख्न मुटुले तीव्र रूपमा रगत पम्प गर्न थाल्छ ।
दुई दिनपछि
धूम्रपान गर्ने मानिसमा सुँघ्ने र स्वाद लिने क्षमता कम हुन्छ । किनभने, चुरोटले त्यस्ता सेल्स र नसामा हानि र्पुयाएको हुन्छ । धूम्रपानबाट मुक्त भएपछि दुई दिनमै यस्ता नसा सामान्य बन्न सुरु गर्छन् । त्यसैले शरीरबाट टक्सिन अर्थात् चुरोटको हानिकारक तत्व पनि बाहिर निस्कन सुरु गर्छ या सहज हुन्छ । धूम्रपानका कारण मानिसको घाँटीबाट कफ आउने गर्छ । तर, यतिवेला त्यस्ता कफ पनि कम हुन थाल्छ । यतिवेला शरीरमा भएको निकोटिन गायब बन्छ । यही समय हो, तपाईं सबैभन्दा बढी दुःखी र तनावमा रहने ।
यतिवेला तपाईंले धूम्रपानको अत्यधिक आवश्यकता महसुस गर्नुहुन्छ । यस्तो वेला चक्करसमेत लाग्ने सम्भावना हुन्छ । यतिवेला मानिस बेचैन हुनुका साथै अत्याधिक थाक्ने पनि गर्छन् ।
तीन दिनपछि
धूम्रपान छोडेको तीन दिनमा भने मुड खराब हुनुका साथै चिडचिडाहट चरम बिन्दुमा पुग्न थाल्छ । किनकि, यतिवेला शरीर एड्जस्ट हुन प्रयास गरिरहेको हुन्छ । यस्तो वेला निकै टाउको दुख्ने पनि गर्छ । यही समयमा पुनः धूम्रपान गर्ने सोच आउँछ । त्यसैले यस्तो समय आफूले आफैँलाई कन्ट्रोल गर्नुपर्ने हुन्छ ।
२ हप्तादेखि ३ महिनासम्म
धूम्रपान त्यागेको दुई हप्तादेखि तीन महिनासम्ममा शरीरको स्टामिना बढ्न थाल्छ । यस्तो समय काम गर्दा वा दौडँदा दमको समस्या बिस्तारै कम हुन थाल्छ । यतिवेलासम्म तपाईंको शरीरमा रक्तसञ्चार निकै सन्तुलिन हुन थालिसक्छ ।
यो अवधिपछि हृदयाघातको सम्भावनासमेत कम हुन थाल्छ । यो अवधिमा तपाईं कठिन तरिकाले समय व्यतित गरिरहनुभएको हुन्छ । समय–समयमा चुरोटको तलतल पनि लाग्ने गर्छ । यतिवेला खाना राम्रोसँग रुच्न थाल्छ र तौल पनि बढ्न सक्छ ।
नौ महिनापछि
धूम्रपान छाडेको नौ महिनासम्ममा तपाईं निकै स्वस्थ भइसक्नुहुन्छ । यतिवेला रोगप्रतिरोधी क्षमता बढ्नुका साथै विभिन्न इन्फेक्सनको समस्यासमेत कम हुँदै जान्छ ।
एक वर्षपछि
धूम्रपान त्यागेको एक वर्षपछि मुटुसम्बन्धी रोगको खतरा आधा मात्रामा घटेर जान्छ ।
पाँच वर्षपछि
धूम्रपान छोडेको पाँच वर्षपछि आर्टरी पुनः चौडा हुन सुरु गर्छ । यस्तो हुनु भनेको शरीरमा रगत जम्ने समस्या कम हुनु हो । जसको कारण हृदयाघातको सम्भावना कम हुन्छ । तर, पूर्ण सुधार हुन भने अझै केही समय लाग्छ ।
१० वर्षपछि
धूम्रपान त्यागेको १० वर्षपछि दम र क्यान्सरको खतरा चुरोट पिउनेहरूको भन्दा आधा कम हुन्छ । यतिवेलासम्म मुख, घाँटी र पेनक्रिएटिक क्यान्सरको खतरासमेत निकै कम हुन्छ ।
१५ वर्षपछि
धूम्रपान त्यागेको १५ वर्षपछि मुटुरोग र पेनक्रिएटिक क्यान्सरको खतराको सम्भावना त्यति नै कम हुन्छ, जसले धूम्रपान गरिरहेका हुँदैनन् । यतिवेला रोगप्रतिरोधी क्षमता भारी मात्रामा बढेको हुन्छ ।
२० वर्षपछि
धूम्रपान छाडेको २० वर्षपछि दम र क्यान्सरको खतरा त्यति हुँदैन । कतिसम्म भने जीवनमा चुरोटै नछोएकाहरूको स्वास्थ्यजत्तिकै तन्दुरुस्त हुन्छ । newssewa
क्षयरोगको संक्रमणबाट बारामा तीनजनाको मृत्यु - 2017-07-14
बारामा क्षयरोगको संक्रमणबाट तीन जनाको मृत्यु भएको छ

चन्द्रनिगाहपुर सरकारी अस्पतालमा सोलार जडान - 2017-07-07
रौतहटको चन्द्रनिगाहपुर सरकारी अस्पतालमा सोलार जडान गरीएको छ ।

शाकाहारी राम्रो कि मांसाहारी ? - 2017-06-28
मांसाहारी भोजन रोगको भण्डार हो, यसले कुनै फाइदा गर्दैन, त्यसैले यसबाट सय कोस टाढा बसौं । अझ अन्डा त झन् खतरनाक हुन्छ, खाँदै नखाऔं, कुनै पनि खालको चियाकफी त छुँदै नछोऔं ।ु

योग अभ्यास गर्दा ध्यान दिनु पर्ने कुरा - 2017-06-20
स्वस्थ्य अहिले गाउ देखि शहर सम्मका मानिसमा योग प्रति आकर्षण बढेको छ । तर योग अभ्यास गर्दा सावधानी अपनाउन पनि उत्तिकै जरुरी छ ।

चन्द्रनिगाहपुर सरकारी अस्पतालमा डाक्टरहरु कति बजे आउने हो ? - 2017-06-19
चन्द्रनिगाहपुरमा रहेको सरकारी अस्पतालमा समयमा डाक्टरहरु नआउदा बिरामीहरु मर्कामा पदै आएका छन । कलमपाटीको प्रतिनिधी सोमवार अस्पतालमा पुग्दा कार्यालय समयमा एकजना पनि डाक्टरहरु अस्पताल पुगेका थिएनन ।

प्रजनन स्वास्थ्य सम्वन्धि नया ऐन बन्दै - 2017-05-24
प्रजनन स्वास्थ्यकै कारण महिलाहरु माथी हुने बिभेदको अन्त्य गर्न बिधयक बनाइएको छ ।

विषादिले पकाएको आँप नखान आग्रह - 2017-05-01
कलमपाटी १८ बैसाख/ रौतहट लगाएत तराईक्षेत्रका बजारहरुमा बिषादी प्रयोग गरेर पकाएको आँप नखानको लागि उपभोक्ताहरुलाई उपभोक्ता हित संरक्षण मंचले आग्रह गरेको छ ।

मानसिक रोगको स्वास्थ्य सेवा देशै भरी आवश्यक - 2017-04-29
चितवन १६ वैशाख / मानसिक स्वास्थ्य समस्याको उपचार देशैभरी स्थानीय तहबाट लैजानु अति आवश्यक भएको नीति निर्माण तहका व्यक्तिहरुले बताएका छन् ।

रौतहटमा ठेउला रोगको प्रकोप - 2017-04-29
कलमपाटी १६ बैसाख / रौतहटको गढीमाइ गाउपालिका तथा चन्द्रपुरको ३ नम्वर वडाका बस्तिहरुमा ठेउला रौगको प्रकोप देखिएको छ ।

PREV 1 2 3 4 5 6 7 8 NEXT

English News



782735 Times Visited.

Suprim Sanchar Pvt. Ltd.
Main Raod, Chandranighapur -1, Chandrapur Municipality, Rautahat
Mobile: 9855041125
http://www.kalampati.com
Email: kalampati@gmail.com
द. न. ४११
सचालक/ सम्पादक : फणि महत
Contact Us
All right reserved 2017 © Suprim Sanchar Pvt. Ltd.
Powered by :
Top