मुटु रोगीहरुले कति, कसरी र केको मासु खाने ?

स्वास्थ्य

पेटको बोसो घटाउने पाँच प्रभावकारी तरिका जसलाई बैज्ञानिकले पनि सही मान्छन्



स्वास्थ्य प्रकाशित मिति:

पेट वरिपरी जमेको बोसोले धेरैजसो तपाईंलाई अप्ठेरो महसुस गराउँछ । आज हामी तपाईंलाई यस्तो सजिलो टिप्सबारे जानकारी दिँदैछौं जसबाट तपाईंले निकै सजिलै आफ्नो पेटको बोसो घटाउन सक्नुहुन्छ । वैज्ञानिकको अध्ययनले पनि यो कुरालाई पुष्टि गरिसकेको छ ।

१. फाइबरको सेवन गर्नुहोस्ः


घुलनशील फाइबर तोल कम गर्नका लागि निकै राम्रो माध्यम हो । यसले आन्द्रालाई स्वस्थ राख्छ । अध्ययन अनुसार यस्तो प्रकारको फाइबरले तपाईंलाई पेट भरिएको महसुस गराएर तपाईंको तौल घटनाउन सहयोग गर्छ । फाइबरले तपाईंको शरिरको भोजनबाट अवशोषित क्यालोरीको संख्या कम गर्ने गर्छ ।

२. जुसको साटो फलफूल खानुहोस्ः

यद्यपी, फलको रस भिटामिन र खनिज प्रदान गर्छ तर यसले शरिरमा सोडा र सुगरको मात्रा पनि बढाउने गर्छ । अत्यधिक मात्रामा फलफूलको जुस सेवन गर्दा यसको बोसो बढाउँछ । यसको साटो दैनिक तपाईं विभिन्न प्रकारको फलको सेवन गर्न सक्नुहुन्छ ।

३. एरोबिक व्यायाम गर्नुहोस्ः

एरोबिक व्यायाम (कार्डियो) ले तपाईंको स्वास्थ्यलाई राम्रो बनाउन र क्यालोरी घटाउने एक प्रभावकारी तरिका हो । अध्ययनका अनुसार एरोबिक व्यायामले पेटको बोसोलाई कम गर्नका लागि व्यायामको सबैभन्दा प्रभावकारी रुप मध्येको एक हो ।

४. तनाव कम गर्नुहोस्ः
यो तौल घटाउने एक सजिलो तरिका हो । निन्द्रा एक महत्वपूर्ण कारक हो जसले तपाईंको तौल कम गर्न सहयोग गर्छ । उचित निन्द्राबाट वञ्चित हुँदा तपाईंको मेटाबोलिजम स्लो हुने गर्छ । त्यसकारण तपाईं असामयिक स्न्याक्स खाने गर्नुहुन्छ । किनभने यसले तपाईंको शरिरको प्रतिरक्षा प्रणाली (इम्युन सिस्टम) को मर्मत र पुनर्स्थापित गर्ने समय पाउँछ । हुन त निन्द्राको कमीले तपाईंको तौल बढाउने गर्छ भने धेरै सुत्दा पनि तपाईंको मेटाबोलिजमलाई स्लो गरेर तपाईंको तौल बढ्ने गर्छ ।

५. मद्यपानः

मद्यपानको सेवन नगरेकै राम्रो । यदि तपाईं अत्यधिक पिउनुहुन्छ भने यसले गम्भीर रुपमा स्वास्थ्यलाई क्षती पुर्याउँछ । अनुसन्धानबाट पुष्टि भएको छ कि अत्यधिक रक्सीले तपाईंको पेटको बोसोलाई बढाउने काम गर्छ ।  साभार रातोपाटी
अस्पतालभित्र फोहोरै फोहोेर, एक अर्कालाई आरोप - 2018-03-18
सप्तरी : पहिला सगरमाथा अञ्चल अस्पताल । पछि अस्पतालको अगाडि मधेशका नेता स्वर्गीय गजेन्द्रनारायण सिंहको नाम जोडिएपछि अहिलेको गजेन्द्रनारायण सिंह अस्पताल । अस्पतालको नाममा केही परिवर्तन त भयो तर अवस्था भने पहिलाको जस्तै रहेको छ ।

गौर अस्पताल आफै बिरामी - 2018-02-26
रौतहट १४ फागुन // रौतहटको गौरमा रहेको ५० शैयाको जिल्ला सरकारी अस्पताल आफै बिरामी अवस्थामा छ । अस्पतालले दिने सेवा नपाएको भन्दै बिरामीहरुले गुनासो गर्न थालेका छन ।

सरकार संग सुइ छैन, होसियार बहुला कुकुरले टोक्ला ! - 2018-02-23
रौतहट ११ फागुन// जिल्लाका सरकारी स्वास्थ्य सस्थाहरुमा कुकुरले तथा स्यालले टेकेमा लगाउने एन्टीरेबिज भ्याक्सीन महिनौ अघिदिन देखि छैन । भ्याक्सीन नभएका कारण बिरामीहरुले महगो शुल्क तिरेर निजी अस्पतालहरुमा भ्याक्सीन लगाउनु पर्ने बाध्यता छ ।

चुरोट छाडेकोे २० मिनेटमै देखिन्छ यस्तो प्रभाव, २० वर्षमा के होला ? - 2018-02-11
अधिकांश चुरोट पिउने मानिसको भनाई एउटै हुन्छ‘चुरोट छाड्न मन त लाग्दैन, तर सक्दैसक्दिन ’ ।पक्कैपनि एकपटक चुरोटको लत लागेपछि त्याग्न त्यति सजिलो छैन । धूम्रपान त्याग्दा केही समयसम्म स्वास्थ्यमा असहजताको अनुभव भएपनि जब तपाईंं धूम्रपान छाड्नुहुन्छ, त्यसको २० मिनेटदेखि नै शरीरमा सकारात्मक प्रतिक्रिया देखिन सुरु हुन्छ ।

खाली पेटमा पानी पिउनुका फाईदा - 2018-02-10
एजेन्सी : पानी पिउदा पनि धेरै समस्याको समाधान हुन्छ । अधिकांश रोग पेटमा नै उत्पन्न हुन्छन् त्यसैले खाली पेटमा पानी खानुको अर्थ धेरै छ ।

ह्यान्डसम देखिन दाह्रीका ५ स्टाइल: तपाईंलाई कुन सुहाउँछ ? - 2018-02-08
कुनैबेला सफाचट अनुहार देख्दा भन्थे, ‘आहा क्या ह्यान्डसम ।’ अहिले अनुहारमा दाह्रीको बान्की देख्दा भन्न थालेका छन्, ‘आहा क्या स्टाइलिस ।’

मानसिक स्वास्थ्य सेवामा स्थानीय तहको चासो - 2018-01-31
चितवन १७ माघ// मानसिक स्वास्थ्य सम्वन्धी समस्याको उपचारको लागि स्थानीय तहबाटै नयाँ कार्यक्रम लागु गर्ने योजना निर्माण हुने भएको छ ।

भरतपुर अस्पतालमा पाँच सुत्केरीको मृत्युस् सरकारी प्रतिवेदन भन्छ, ‘उनीहरूलाई बचाउन सकिन्थ्यो’ - 2018-01-28
खोज पत्रकारिता केन्द्र // िपछिल्लो तीन महीनामा भरतपुर अस्पतालमा २८ वर्ष मुनिका पाँच सुत्केरीको ज्यान गएको छ । ‘विभागहरू बीच आपसी समन्वयको अभावमा उनीहरूको मृत्यु भएको’ अस्पतालको आन्तरिक प्रतिवेदनमा उल्लेख छ । स्वास्थ्य मन्त्रालय पुगेको सो गोप्य प्रतिवेदनको खुलासा ।२०७४ असोज, कात्तिक र मंसीरमा भरतपुर अस्पतालमा सुत्केरी गराउन आएका पाँच महिलाको ज्यान गयो । उनीहरू २१ देखि २८ वर्षसम्मका थिए । यो मृत्युबारे अस्पतालले औपचारिक रूपमा केही भनेको छैन । बरु सकेसम्म तथ्यहरू लुकाएको छ ।अस्पतालका मेडिकल सुपरीटेन्डेन्ट डा। रुद्र मरासिनीले उल्टै हप्कीदप्कीको भाषा प्रयोग गरे । उनले भने, “जसरी मरे पनि तपाईंहरूलाई बताउन आवश्यक छैन । तपाईंहरूलाई बताउनुपर्छ भन्ने कहाँ लेखेको छ रु”केही साताको अनुसन्धानपछि हामी स्वास्थ्य मन्त्रालयका उच्च सूत्रहरूको सम्पर्कमा पुग्यौं । त्यसपछि हामीलाई भरतपुर अस्पतालमा गम्भीर चिकित्सकीय लापर्वाही र व्यवस्थापकीय कमजोरीहरू थिए भन्ने थाहा भयो । यस बीचमा अस्पताल स्वयंले गरेको गोप्य समीक्षा रिपोर्ट पनि हाम्रो हात प¥यो । त्यसमा भनिएको छ, “उनीहरू सबैलाई बचाउन सकिन्थ्यो ।”

शीतलहरबाट यसरी बचौं - 2018-01-13
चिसो बढेसँगै त्यसको मारमा विशेष गरी बालबालिका, वृद्धवृद्धा र दीर्घ रोगी परेका छन्। शरीरको सामान्य तापक्रम ३० डिग्री सेन्टिग्रेट हुन्छ। तर बाहिरी वातावरणीय चिसोका कारण शरीरको तापक्रम घट्दै गई मृत्यु हुने गरेको चिकित्सकहरू बताउँछन्।

PREV 1 2 3 4 5 6 7 8 9 NEXT

English News



1364473 Times Visited.

Suprim Sanchar Pvt. Ltd.
Main Raod, Chandranighapur -1, Chandrapur Municipality, Rautahat
Mobile: 9855041125
http://www.kalampati.com
Email: kalampati@gmail.com
द. न. ४११
सचालक/ सम्पादक : फणि महत
Contact Us
All right reserved 2017 © Suprim Sanchar Pvt. Ltd.
Powered by :
Top