logo
15 Oct 2018   |   
स्वास्थ्य

नेपालमा आयूर्वेद तथा योगसम्बन्धी विश्वविद्यालय खोल्ने आचार्य बालकृष्णको घोषणा



स्वास्थ्य   70 पटक पढिएको        
काठमाडौं : पतञ्जली योगपीठ नेपालले नेपालमा आयूर्वेद तथा योगसम्बन्धी विश्वविद्यालय खोल्ने घोषणा गरेको छ ।

नेपालमा आयूर्वेद तथा योगसम्बन्धी विश्वविद्यालय खोल्ने आचार्य बालकृष्णको घोषणा


पतञ्जली योगपीठ नेपालका अध्यक्ष एवम् प्रबन्ध निर्देशक आयुर्वेद शिरोमणि आचार्य बालकृष्णले नेपालमा आयूर्वेद तथा योगसम्बन्धि विश्वविद्यालय स्थापना गर्न लागिएको जानकारी दिएका हुन् ।

बुधबार मण्डिखाटारस्थित केन्द्रिय कार्यालयमा पत्रकार सम्मेलन गरी उनले  नेपालमा आयुर्वेद तथा योगसम्बन्धी अध्ययन, अनुसन्धानका लागि विश्वविद्यालय स्थापना गर्नका लागि सम्बन्धित मन्त्रालयसँग छलफल भइसकेको पनि स्पष्ट पारे ।

त्यसैगरी कम्पनीले खेलप्रति इच्छुक बालबालिकका लागि स्र्पोटस् विद्यालय स्थापना गर्ने घोषणा पनि गरेको छ । प्रतिभाशाली बालबालिकाहरुलाई अघि बढाउन नेपालमा स्र्पोटस् विद्यालय स्थापना गर्ने सोच पनि बनाइएको अध्यक्ष बालकृष्णले बताए ।

नेपाली मूलका आचार्य बालकृष्णले पतञ्जली योगपीठले नेपाललाई आयूर्वेद र योगको माध्यामबाट समृद्ध र स्वस्थ्थ बनाउन चाहेको पनि बताए ।

उनले नेपालको हित प्रतिकूल आफूहरुले केही पनि सोच्न नसक्ने पनि स्पष्ट पारे ।

अध्यक्ष बालकृष्णले नेपालमा जडिबुटीको खेती गरेर नेपालीलाई नै रोजगारीको अवसर सृजना गर्न आफूहरु केन्द्रित रहेको दावी पनि गरे ।

चर्चित योगगुरु रामेदवको स्वामित्व रहेको पतंजली योगपिठको नेपालस्थित कम्पनी आचार्य बालकृष्णको नेतृत्वमा संचालित छ ।

अध्यक्ष बालकृष्णले पतंजली योगपीठको आयूर्वेदका उत्पादनहरु गुणस्तरहीन रहेको स्वीकार गर्दै त्यसमा सुधार ल्याउने प्रतिवद्धता पनि व्यक्त गरे । साभार रातोपाटी









1773894 Times Visited.

Suprim Sanchar Pvt. Ltd.
Main Raod, Chandranighapur -1, Chandrapur Municipality, Rautahat
Mobile: 9855041125
http://www.kalampati.com
Email: kalampati@gmail.com
द. न. ४११
सचालक/ सम्पादक : फणि महत
more...
कम्पनी दर्ता : १५३७६१/०७३/०७४
सुचना बिभाग दर्ता : ४११, चन्द्रपुर ४, रौतहट
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © सुप्रिम संचार प्रा. लि. २०७५ मा सुरक्षित रहनेछ ।
Top