logo
22 Oct 2018   |   
समाज

ट्याक्टरले स्कुटरलाई ठक्‍कर दिँदा एकको मृत्यु



समाज   33 पटक पढिएको   कलमपाटी     
जनकपुरधाम, ०५ कार्तिक/// जनकपुर ढल्केवर सडकखण्ड अन्तर्गत मुजेलियामा सोमबार बिहान ट्याक्टरले स्कुटरलाई ठक्कर दिँदा एकजनाको घटनास्थलमै मृत्यु भएको छ।

ट्याक्टरले स्कुटरलाई ठक्‍कर दिँदा एकको मृत्यु


मुजेलिया इलाका प्रहरी कार्यालयका प्रमुख सुरेन्द्र यादवका अनुसार उत्तरबाट जनकपुरधाम आउँदै गरेको ज२त ११३ नंको ट्याक्टरले मुजेलियातर्फ जाँदै गरेको ज९प ६१३३ नंको स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालक जनकपुरधाम उपहानगरपालिका-१० देवी चोककका ३० वर्षीय सन्दीप नायकको घटनास्थलमै मृत्यु भएको हो।

स्कुटरको पछाडि बसेका राकेश गम्भीर घाइते भएका र उनको जनकपुर अञ्चल अस्पतालमा उपचार भइरहेको छ। ट्याक्टर चालक फरार रहेकाले खोजी भइरहेको प्रहरीले जनाएको छ। रासस









1785754 Times Visited.

Suprim Sanchar Pvt. Ltd.
Main Raod, Chandranighapur -1, Chandrapur Municipality, Rautahat
Mobile: 9855041125
http://www.kalampati.com
Email: kalampati@gmail.com
द. न. ४११
सचालक/ सम्पादक : फणि महत
more...
कम्पनी दर्ता : १५३७६१/०७३/०७४
सुचना बिभाग दर्ता : ४११, चन्द्रपुर ४, रौतहट
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © सुप्रिम संचार प्रा. लि. २०७५ मा सुरक्षित रहनेछ ।
Top