logo
15 Oct 2018   |   
समाज

गाजासहित भारतीय युवक पक्राउ



समाज   20 पटक पढिएको   कलमपाटी     
वीरगञ्ज, २९ असोज /// सशस्त्र प्रहरीले वीरगञ्जबाट साढे ६ किलो गाजासहित एक जना भारतीय नागरिकलाई पक्राउ गरेको छ ।

गाजासहित भारतीय युवक पक्राउ


प्रहरीले भारतको बिहार राज्यको मुज्जफरपुर वडा नं २ बस्ने २५ बर्षका सोनु कुमार गाजासहित पक्राउ परेका हुन् । गाजा लिएर भारततर्फ जाँदै गरेको अवस्थामा उनलाई पक्राउ गरिएको सशस्त्र प्रहरी बल भन्सार गुल्मका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक तिलकबहादुर खड्काले जानकारी दिए ।

शंकराचार्य गेट नजिकै नियमित चेकजाँचमा रहेको सशस्त्र प्रहरीको टोलीले टेम्पोमा भारततर्फ जाँदै गरका सोनुले बोकेको झोला चेकजाँचको क्रममा गाजा फेला परेको थियो ।

सोधपुछका क्रममा सोनुले मकवानपुरको हेटौंडाबाट ल्याएको गाजा सितमणि लैजान लागेको बताएका छन् । उनलाई आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय पर्सामा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ । साभार अनलाईन खबर









1774658 Times Visited.

Suprim Sanchar Pvt. Ltd.
Main Raod, Chandranighapur -1, Chandrapur Municipality, Rautahat
Mobile: 9855041125
http://www.kalampati.com
Email: kalampati@gmail.com
द. न. ४११
सचालक/ सम्पादक : फणि महत
more...
कम्पनी दर्ता : १५३७६१/०७३/०७४
सुचना बिभाग दर्ता : ४११, चन्द्रपुर ४, रौतहट
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © सुप्रिम संचार प्रा. लि. २०७५ मा सुरक्षित रहनेछ ।
Top