logo
14 Dec 2018   |   
मनोरञ्जन

नेपाल फर्किएपछि श्रृंखलाले भनिन्–शीर्ष उपाधि जित्न सकिनँ दुःखी छु



मनोरञ्जन   18 पटक पढिएको   कलमपाटी     
काठमाडौं २७ मंसिर । मिस नेपाल श्रृंखला खतिवडा स्वदेश फर्किएकी छन् । चीनको सान्यामा केही दिन अगाडि सम्पन्न ‘मिस वल्ड ’ प्रतियोगितामा भाग लिएर उनी बुधबार साँझ स्वदेश फर्किएकी हुन् ।

नेपाल फर्किएपछि श्रृंखलाले भनिन्–शीर्ष उपाधि जित्न सकिनँ दुःखी छु


‘मिस वल्र्ड’ को ताज हाँसिल गर्न नसके पनि उनले सबैको माया भने जित्न सफल भएकी छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा संचारकर्मीहरुसँग कुरा गर्दै उनले नेपाललाई आफूले विश्वमा चिनाउन सफल भएको बताइन् ।

प्रतियोगितामा ब्यूटी विथ द प्रपोज र मल्टिमिडिया अवार्ड जितेकी उनले नेपालीहरुको सहयोग र मायाले यो उपलब्धि हाँसिल गर्न सफल भएको बताइन् ।

नेपालीले भोट मार्फत आफूलाई अथाहा माया बर्साएको बताएकी उनले भनिन् ‘मेरो पक्षमा आएको भोट देखेर अन्य साथीहरु अचम्भित हुन्थे । सबैप्रति म एकदमै ऋणी छु ।’ 

टप १२ मा पुग्ने आफूमा कन्फिडेन्स भएकोले त्यो सफलतामा खासै अचम्म नलागेको बताएकी उनले टप ५ अटाउने उद्देश्य पूरा हुन नसकेको बताइन् । ‘दुई वटा महत्वपूर्ण अवार्ड जितिसकेको अवस्थामा म टप ५ मा पुग्नुपर्ने थियो । खै के कारणले पुग्न सकिन्छ ।’

यसपटक मिस वल्र्डको फम्र्याट पहिला भन्दा परिवर्तन भएको कारणले पनि आफूलाई असर परेको उनले बताइन् । उनले थपिन् ‘नेपालीहरुले मैले शीर्ष उपाधि जित्ने अपेक्षा गरेको थिए । तर सकिन । धेरै दुःखी छु ।’   साभार रातोपाटी









2133982 Times Visited.

Suprim Sanchar Pvt. Ltd.
Main Raod, Chandranighapur -1, Chandrapur Municipality, Rautahat
Mobile: 9855041125
http://www.kalampati.com
Email: kalampati@gmail.com
द. न. ४११
सचालक/ सम्पादक : फणि महत
more...
कम्पनी दर्ता : १५३७६१/०७३/०७४
सुचना बिभाग दर्ता : ४११, चन्द्रपुर ४, रौतहट
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © सुप्रिम संचार प्रा. लि. २०७५ मा सुरक्षित रहनेछ ।
Top