आयुर्वेदिक अस्पतालमा उपचार गर्दै कपिल

मनोरञ्जन

फ्राइडे रिलिज : एक्लै आयो ‘साली कसको भेनाको’



मनोरञ्जन प्रकाशित मिति:

फ्राईडे रिलिज अन्तर्गत यो साता अर्थात आज शुक्रबारबाट एकमात्र चलचित्र प्रदर्शनमा आएको छ । चलचित्र हो –‘साली कसको भेनाको’ । यो चलचित्र देशभरबाट एकसाथ प्रदर्शनमा आएका हो ।

यद्यपि, देशभरका चलचित्र भवन ‘साली कसको भेनाको’ले मात्र पाउँने छैन ।

गत साता प्रदर्शनमा आएका दुई चलचित्रले पनि ‘रोज’ र ‘रामकहानी’ले पनि केही स्टेशनमा निरन्तरता पाएका छन् । यी दुवै चलचित्रले राम्रो व्यवसाय गर्दै दोस्रो सातामा प्रवेश गरेको यी चलचित्रका निर्माता निर्देशकको भनाई रहेको छ ।

भद्र भुजेलको निर्देशन रहेको चलचित्र ‘साली कसको भेनाको’ केही दिन पहिले राजधानीमा प्रिमियर गरिएको थियो ।

सिनेकर्मी तथा सञ्चारकर्मीको उपस्थिति रहेको प्रिमियरमा अभिनेता मदनकृष्ण श्रेष्ठले चलचित्र रमाइलो बनेको प्रतिक्रिया दिएका थिए । सो अवसरमा कलाकार हरिहर शर्माले समसामयिक विषयमा हाँस्यप्रधान चलचित्र बनेको बताए ।

विल्सन विक्रम राई, मरिस्का पोखरेल, रजनी गुरुङ, बुद्धि तामाङ, जयनन्द लामा, कविता आले, वीरेन श्रेष्ठ, देव सागर, पुष्प आचार्य लगायतको अभिनय रहेको चलचित्रले मगर समुदायमा प्रचलित साली भेनाको सम्बन्धको कथा देखाउन खोजेको छ ।

दीर्घ गुरुङको छायाँकन, बनिश शाहको सम्पादन, वसन्त श्रेष्ठ र गम्भीर विष्टको नृत्य निर्देशन यो चलचित्रमा रहेको छ ।

यो चलचित्रलाई प्रसाद श्रेष्ठसँगै रामप्रसाद श्रेष्ठ, सुशील गोपाल न्याछ्योर, काजीमान श्रेष्ठ, कमला भट्टराई र मुक्ति अधिकारीले निर्माण गरेका हुन् । आफ्नो चलचित्र दर्शकको रोजाइमा पर्ने निर्देशक भुजेलले बताए । साभार रातोपाटी
अभिनयमा फर्किँदै गुलशनकी बुहारी, रियललाइमा पनि उत्तिकै हट - 2018-03-20


बलिउडमा ऐश्वर्यको २ दशक, घटेन स्टारडम - 2018-03-19
नायिका ऐश्वर्या राय बलिउड चलचित्र उद्योगमा आएको दुई दशक पुरा भयो । ‘मिस वल्र्ड’ भएपछि उनको बलिउड ढोका खुलेको थियो ।

चन्द्रपुर महोत्सवमा गायक हेमन्त शर्माको बेजोड प्रस्तुती - 2018-03-18
रौतहट ४ चैत्र // गायक हेमन्त शर्मा व्यस्त गायकको रुपमा परीचित छन । उनी सदावार गायकको रपमा समेत चिनिदै आएका छन ।

सोनमको आरोप-‘बलिउडमा नायक भन्दा नायिकालाई कम महत्व दिइन्छ’ - 2018-03-18
बलिउड नायिका सोनम कपुरले आफूले हरेक चलचित्रमा फरक-फरक भूमिका निर्वाहा गर्न चाहेको बताएकी छिन् । तर, बलिउडमा त्यो खालको अवसर नै नपाइने आरोप उनको छ ।

हरेक फिल्ममा सर्ट फुकाल्न किन आतुर हुन्छन् सलमान ? - 2018-03-18
बलिउड अभिनेता सलमान खानले अभिनय गरेका प्राय फिल्ममा तपाईं उनले सर्ट खोलेको दृष्य देख्न सक्नुहुन्छ । प्रदर्शोन्मुख फिल्म ‘रेस-३’ मा पनि उनले केही सिनमा सर्ट फुकाल्नेछन् ।

चन्द्रपुरमा पंगेनीले नचाए हजारौ दर्शक - 2018-03-17
चन्द्रपुर ३ चैत्र// लोक तथा दोहारी गायक बद्री पगेनीले शनिवार रौतहटको चन्द्रपुरमा हजारौ दर्शकलाइ नचाएका छन । शनिवार लोक गायक पंगेनीले चन्द्रपुर महोत्सवमा एकदर्जन भन्दाबढी गितहरु प्रस्तुत गरेर दर्शकहरु लाइ मनोरन्जन दिए ।

अफेयरबारे आलिया किन भर्इन् कन्फ्युज ? - 2018-03-16
काठमाडाैँ : अभिनेत्री आलिया भट्ट २५ वर्ष पुगेकी छिन् । सन् १९९३ मार्च १५ मा जन्मिएकी आलिया सानो उमेरमै बलिउडमा सफलता प्राप्त गर्ने कम हिरोइनमध्येमा एक हुन् ।

अमिताभको भन्दै शरणार्थीको फोटो भाइरल - 2018-03-16
बलिउड चलचित्र ‘ठग्स अफ हिन्दुस्तान’ मा अमिताभ बच्चनको नयाँ लुक्स कस्तो होला रु धेरैलाई खुल्दुली छ । यसैबिच, सामाजिक सञ्जालमा एउटा तस्विर सार्वजनिक भयो, जसमा दुब्लो कायाका एक वृद्धमा अमिताभको झल्को आउँथ्यो ।

राजु मास्टर र बल्छी ध्रुवेले दर्शक हसाए - 2018-03-15
चन्द्रपुर १ चैत्र // रौतहटको चन्द्रपुर महोत्सवमा आस्य कलाकार राजु मास्टर र बल्छी ध्रुवेले दर्शक लाइ भरपुर हसाएका छन ।

PREV 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 NEXT

English News



1695469 Times Visited.

Suprim Sanchar Pvt. Ltd.
Main Raod, Chandranighapur -1, Chandrapur Municipality, Rautahat
Mobile: 9855041125
http://www.kalampati.com
Email: kalampati@gmail.com
द. न. ४११
सचालक/ सम्पादक : फणि महत
more...
कम्पनी दर्ता : १५३७६१/०७३/०७४
सुचना बिभाग दर्ता : ४११, चन्द्रपुर ४, रौतहट
All right reserved 2017 © Suprim Sanchar Pvt. Ltd.
Powered by :
Top