आयुर्वेदिक अस्पतालमा उपचार गर्दै कपिल

मनोरञ्जन

फ्राइडे रिलिज : एक्लै आयो ‘साली कसको भेनाको’



मनोरञ्जन प्रकाशित मिति:

फ्राईडे रिलिज अन्तर्गत यो साता अर्थात आज शुक्रबारबाट एकमात्र चलचित्र प्रदर्शनमा आएको छ । चलचित्र हो –‘साली कसको भेनाको’ । यो चलचित्र देशभरबाट एकसाथ प्रदर्शनमा आएका हो ।

यद्यपि, देशभरका चलचित्र भवन ‘साली कसको भेनाको’ले मात्र पाउँने छैन ।

गत साता प्रदर्शनमा आएका दुई चलचित्रले पनि ‘रोज’ र ‘रामकहानी’ले पनि केही स्टेशनमा निरन्तरता पाएका छन् । यी दुवै चलचित्रले राम्रो व्यवसाय गर्दै दोस्रो सातामा प्रवेश गरेको यी चलचित्रका निर्माता निर्देशकको भनाई रहेको छ ।

भद्र भुजेलको निर्देशन रहेको चलचित्र ‘साली कसको भेनाको’ केही दिन पहिले राजधानीमा प्रिमियर गरिएको थियो ।

सिनेकर्मी तथा सञ्चारकर्मीको उपस्थिति रहेको प्रिमियरमा अभिनेता मदनकृष्ण श्रेष्ठले चलचित्र रमाइलो बनेको प्रतिक्रिया दिएका थिए । सो अवसरमा कलाकार हरिहर शर्माले समसामयिक विषयमा हाँस्यप्रधान चलचित्र बनेको बताए ।

विल्सन विक्रम राई, मरिस्का पोखरेल, रजनी गुरुङ, बुद्धि तामाङ, जयनन्द लामा, कविता आले, वीरेन श्रेष्ठ, देव सागर, पुष्प आचार्य लगायतको अभिनय रहेको चलचित्रले मगर समुदायमा प्रचलित साली भेनाको सम्बन्धको कथा देखाउन खोजेको छ ।

दीर्घ गुरुङको छायाँकन, बनिश शाहको सम्पादन, वसन्त श्रेष्ठ र गम्भीर विष्टको नृत्य निर्देशन यो चलचित्रमा रहेको छ ।

यो चलचित्रलाई प्रसाद श्रेष्ठसँगै रामप्रसाद श्रेष्ठ, सुशील गोपाल न्याछ्योर, काजीमान श्रेष्ठ, कमला भट्टराई र मुक्ति अधिकारीले निर्माण गरेका हुन् । आफ्नो चलचित्र दर्शकको रोजाइमा पर्ने निर्देशक भुजेलले बताए । साभार रातोपाटी
सलमानपछि ऋतिकसँग दिशा - 2018-05-22
बलिउड नायिका दिशा पटानीको भाग्य खुल्दैछ भनेर वुझ्दा फरक पर्दैन । ‘वागी २’ सुपरहिट भएपछि दिशा अहिले धेरै निर्माताको आँखामा परेकी छिन् । यसैले पनि उनलाई ठूला ठूला स्टारहरुसँग काम गर्ने अवसर मिलिरहेको छ ।

‘धुर्मुस-सुन्तली’ फाउन्डेशनलाई १ लाख सहयोग गर्दै सदिक्षाले सुरु गरिन् बुटिक - 2018-05-14
समाजसेवी तथा हाँस्य कलाकार जोडी सिताराम कट्टेल, कुन्जना घिमिरे र पूर्व मिस नेपाल माल्भिका सुब्बाले संयुक्त रुपमा ललितपुरको मानभवनमा अन्तरराष्ट्रिय स्तरको डीभा बुटिकको संयुक्त रुपमा उद्घाटन गरेका छन् ।

यस्ती देखिइन् बेहुली रुपमा सोनम कपुर - 2018-05-08
बलिउड अभिनेत्री सोनम कपुर आज आफ्ना प्रेमी आनन्द आहुदासँग विवाह वन्धनमा बाँधिँदैछिन् । यतिबेला कपुर निवासमा विवाहको तामझाम सुरु भइसकेको छ ।

दीपिकाको गर्दनमा अझै पूर्वप्रेमीको नामको ट्याटु - 2018-05-04
कुन व्वाईफ्रेन्डले चाँहिदो हो, आफ्नो प्रेमिकाको शरीरमा अर्कै पुरुषको नामको ट्याटु रु के रणवीर सिंहले अहिलेसम्म दीपिकाको गर्दन हेरेकै छैनन् रु यही प्रश्न अहिले भारतीयहरुले सोसल मिडियामा उठाइरहेका छन् ।

‘रामकहानी’को गीत रिलिज, आकाशका लागि दुनियाँ छोड्न तयार पूजा - 2018-04-30
नायिका पूजा शर्मा र निर्देशक सुदर्शन थापाले निर्माण गरेको दोश्रो चलचित्र ‘रामकहानी’को पहिलो गीत रिलिज गरिएको छ । अर्जुन पोखरेलको शब्द तथा संगीत रहेको यो गीतमा सुगम पोखरेल र अन्जु पन्तको आवाज छ ।

चर्चित हुदै भोजपुरी गायक प्रमोद पिया - 2018-04-30
भोजपुरी गीत संगीत भित्र अग्रस्थानमा नाम राख्नका लागए गायक प्रमोद पिया सहनी सकृय छन । सानै उमेर देखि साँस्कृतिक कार्यक्रममा भाग लिदै आएका प्रमोदकुमार सहनी भोजपुरी भाषाको गायन तर्फ गायक प्रमोद पिया सफल बन्दै गएका छन ।

मनिषा कोइराला भारतको प्रतिष्ठित 'दादा साहेब फाल्के' अवार्डबाट सम्मानित - 2018-04-30
काठमाडौं: चर्चित अभिनेत्री मनिषा कोइरालालाई भारत सरकारले 'दादा साहेब फाल्के अवार्ड २०१८' बाट सम्मानित गरेको छ। भारतीय सिनेमा क्षेत्रमा विशेष योगदान पुर्‍याउने व्यक्तित्वलाई दिइने 'दादा साहेब फाल्के अवार्ड' भारत सरकारले वार्षिक रुपमा दिने प्रतिष्ठित पुरस्कारमध्ये पर्छ।

आश्माको ‘डामे तु कोसिता’ डान्स विश्वव्यापी लोकप्रिय, ३ हप्तामै एक करोड भ्यूज - 2018-04-30
नेपालको चर्चित डान्स ग्रुप ‘कार्टुन क्रुज’ कि डान्सर आश्मा विश्वकर्माको ‘डामे तु कोसिता’ च्यालेन्ज भिडियो विश्वभरका दर्शकले मन पराएका छन् । यूट्यूवमा अपलोड भएको २० दिनभित्रै यो भिडियोले एक करोडभन्दा बढि भ्यूज पाइसकेको छ ।

इलियानाले किन गरिन् यस्तो अश्लिल ईशारा ? - 2018-04-20
बलिउड अभिनेत्री इलियाना डि क्रुजले माझ औंला देखाएको फोटो यतिबेला भाइरल बनेको छ । सामान्यतया यसरी माझी औंला देखाउनुलाई अश्लिल इशारा मानिन्छ ।

PREV 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 NEXT

English News



1695574 Times Visited.

Suprim Sanchar Pvt. Ltd.
Main Raod, Chandranighapur -1, Chandrapur Municipality, Rautahat
Mobile: 9855041125
http://www.kalampati.com
Email: kalampati@gmail.com
द. न. ४११
सचालक/ सम्पादक : फणि महत
more...
कम्पनी दर्ता : १५३७६१/०७३/०७४
सुचना बिभाग दर्ता : ४११, चन्द्रपुर ४, रौतहट
All right reserved 2017 © Suprim Sanchar Pvt. Ltd.
Powered by :
Top