आयुर्वेदिक अस्पतालमा उपचार गर्दै कपिल

मनोरञ्जन

फ्राइडे रिलिज : एक्लै आयो ‘साली कसको भेनाको’



मनोरञ्जन प्रकाशित मिति:

फ्राईडे रिलिज अन्तर्गत यो साता अर्थात आज शुक्रबारबाट एकमात्र चलचित्र प्रदर्शनमा आएको छ । चलचित्र हो –‘साली कसको भेनाको’ । यो चलचित्र देशभरबाट एकसाथ प्रदर्शनमा आएका हो ।

यद्यपि, देशभरका चलचित्र भवन ‘साली कसको भेनाको’ले मात्र पाउँने छैन ।

गत साता प्रदर्शनमा आएका दुई चलचित्रले पनि ‘रोज’ र ‘रामकहानी’ले पनि केही स्टेशनमा निरन्तरता पाएका छन् । यी दुवै चलचित्रले राम्रो व्यवसाय गर्दै दोस्रो सातामा प्रवेश गरेको यी चलचित्रका निर्माता निर्देशकको भनाई रहेको छ ।

भद्र भुजेलको निर्देशन रहेको चलचित्र ‘साली कसको भेनाको’ केही दिन पहिले राजधानीमा प्रिमियर गरिएको थियो ।

सिनेकर्मी तथा सञ्चारकर्मीको उपस्थिति रहेको प्रिमियरमा अभिनेता मदनकृष्ण श्रेष्ठले चलचित्र रमाइलो बनेको प्रतिक्रिया दिएका थिए । सो अवसरमा कलाकार हरिहर शर्माले समसामयिक विषयमा हाँस्यप्रधान चलचित्र बनेको बताए ।

विल्सन विक्रम राई, मरिस्का पोखरेल, रजनी गुरुङ, बुद्धि तामाङ, जयनन्द लामा, कविता आले, वीरेन श्रेष्ठ, देव सागर, पुष्प आचार्य लगायतको अभिनय रहेको चलचित्रले मगर समुदायमा प्रचलित साली भेनाको सम्बन्धको कथा देखाउन खोजेको छ ।

दीर्घ गुरुङको छायाँकन, बनिश शाहको सम्पादन, वसन्त श्रेष्ठ र गम्भीर विष्टको नृत्य निर्देशन यो चलचित्रमा रहेको छ ।

यो चलचित्रलाई प्रसाद श्रेष्ठसँगै रामप्रसाद श्रेष्ठ, सुशील गोपाल न्याछ्योर, काजीमान श्रेष्ठ, कमला भट्टराई र मुक्ति अधिकारीले निर्माण गरेका हुन् । आफ्नो चलचित्र दर्शकको रोजाइमा पर्ने निर्देशक भुजेलले बताए । साभार रातोपाटी
बलिउड नायिका रियाको अपेक्षित गर्भवती हल्ला - 2017-09-09
बलिउड नायिका रिया सेनको आफ्ना बारेमा चलेको प्रेग्नेन्सी हल्लाले आफूलाई अचम्ममा नपारेको बताएकी छन् । ३६ वर्षीया अभिनेत्री सेनले अघिल्लो महिनामात्रै प्रेमी शिभम् तिवारीसँग लगनगाँठो बाँधेकी थिइन् । उनले यस्ता हल्लाको अपेक्षा गरेको पनि बताएकी छन् ।

यूवापुस्ताको कथा ‘टिनएज’मा, यस्ता छन् गीत - 2017-09-09
असोज २७ गतेबाट नेपालभरका हलमा रिलिज हुन लागेको चलचित्र ‘टिनएज’को ट्रेलर केही दिन अगाडि मात्र सार्वजनिक भएको थियो । अब, यसको निर्माणपक्षले चलचित्रको अडियो जुकबक्स सार्वजनिक गरेको छ ।

जेनिफरको रुचाइएको गाउन - 2017-09-08
२७ वर्षीया हलिउड नायिका जेनिफर लरेन्सले आउँदै गरेको फिल्म ‘मदर’को यूके प्रिमियरमा लगाएको गाउन रेड कार्पेटमा अधिक मन पराइएको छ । थ्रिलर फिल्म मदरको यूके प्रिमियरमा उनी सिल्भर कलरको गाउन लगाएर उत्रिएकी थिइन् । लन्डनमा भएको त्यो सन्ध्यामा जेनिफर निकै चम्किली थिइन् ।

आयुर्वेदिक अस्पतालमा उपचार गर्दै कपिल - 2017-09-08
टेलिभिजनमा कमेडी कार्यक्रम सञ्चालन गरेर चर्चामा आएका कमेडियन कपिल शर्माका लागि अबको केही वर्ष टेलिभिजनको यात्रा सकशको विषय हुनसक्छ । सहकर्मी कलाकारसँग झगडा गरेको आरोप कपिललाई लागेको छ भने कार्यक्रममा गेष्ट बोलाएर सम्पर्कबिहिन भएको भन्दै सोनी टीभीले उनको कार्यक्रम बन्द गर्ने निर्णय गरेको छ ।

‘ऐश्वर्य’सँगै आउँने भो रोजको ‘मेरो पैसा खोइ’ - 2017-09-07
एकल प्रदर्शनको मौका छोप्दै २ कात्तिकबाट एकसात पछि सरेको चलचित्र ‘ऐश्वर्य’ले एकल प्रदर्शनको अवसर भने नपाउने भएको छ । कात्र्तिक ९ मै चलचित्र ‘मेरो पैसा खोइ’ आउँने भएपछि ‘ऐश्वर्य’ले यो मितिमा एकल प्रदर्शनको अवसर नपाउँने भएको हो ।

‘साढे सात’मा पत्रकार बने सत्य, मेनुका र सुप्रियासँग प्रेम - 2017-09-07
मंसिर १५ गतेलाइ प्रदर्शन मिति तय गर्दै चलचित्र ‘साढे सात’को ट्रेलर सार्वजनिक भएको छ । सत्य स्वरुप इन्टरटेन्मेन्ट, मौरी इन्टरटेन्मेन्ट, ब्ल्याक पेपर स्टूडियो, एवीसी एन्ड एआरसी ग्रान्डसन फिल्म प्रोडक्शनले संयुक्त रुपमा यो चलचित्र निर्माण गरेका हुन् । सुनिल थापा यो चलचित्रका प्रस्तुतकर्ता हुन् ।

क्रिस्टिन पौडेल चलचित्र क्षेत्रमा रमाउन चाहन्छिन् - 2017-09-06
चितवनकी क्रिस्टिन पौडेल चलचित्र क्षेत्रमा रमाउन चाहन्छिन् । अहिले नै उनी यो क्षेत्रमा प्रवेश गर्ने सोचमा भने छैनन् । ‘मिस टिन अफ दि इयर २०१७’को उपाधि जितेपछि उनको मोडलिङ यात्राको बाटो भने खुलेको छ ।

२४ बर्षपछि सनीले खोले साहरुखसँगको दुश्मनीको राज - 2017-09-06
नायक सनी देओल अहिले आफू निर्मित तथा अभिनित चलचित्र ‘पोष्टर ब्वाइज’को प्रचारमा व्यस्त छन् । यो चलचित्रको प्रचारको क्रममा उनले नायक साहरुख खान र यशराज ब्यानरसँगको आफ्नो दुश्मनीको कारण खुलाएका छन् ।

अभिनेत्री करिश्माको ९ कक्षाको परीक्षा छुट्यो - 2017-09-05
आजदेखि सुरु भएको कक्षा ९ को दोस्रो चरणको परीक्षामा अभिनेत्री करिश्मा मानन्धर छुटेकी छन् । नयाँ शक्ति नेपाल पार्टीकी नेतृ करिश्मा चुनावी अभियानमा खटिनुपर्ने भएकाले परीक्षा दिन नपाएकी हुन् । उनी यसै वर्षदेखि ९ कक्षामा अध्ययनरत छिन् ।

PREV 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 NEXT

English News



1695651 Times Visited.

Suprim Sanchar Pvt. Ltd.
Main Raod, Chandranighapur -1, Chandrapur Municipality, Rautahat
Mobile: 9855041125
http://www.kalampati.com
Email: kalampati@gmail.com
द. न. ४११
सचालक/ सम्पादक : फणि महत
more...
कम्पनी दर्ता : १५३७६१/०७३/०७४
सुचना बिभाग दर्ता : ४११, चन्द्रपुर ४, रौतहट
All right reserved 2017 © Suprim Sanchar Pvt. Ltd.
Powered by :
Top