logo
09 Dec 2018   |   
मनोरञ्जन

१७ वर्षे मोडललाई यौन शोषणको आरोपमा मिका सिंह दुबईमा पक्राउ



मनोरञ्जन   62 पटक पढिएको   कलमपाटी     
भारतीय गायक मिका सिंह यौन शोषणको आरोपमा दुबईमा पक्राउ परेका छन् । उनीमाथि १७ वर्षे ब्राजिलियन मोडलमाथि यौन शोषणको आरोप लागेको हो ।

१७ वर्षे मोडललाई यौन शोषणको आरोपमा मिका सिंह दुबईमा पक्राउ


गल्फ न्यूजका अनुसार मिकाले ब्राजिलियन किशोरीलाई ह्वाट्सएपमार्फत एक अश्लील तस्बिर पठाएका थिए त्यसपछि उनले दुबई पुलिसलाई यसबारे जानकारी दिएकी थिइन् ।

मिकालाई बिहिबार दिउँसो तीन बजे दुबईको एक होटलबाट पक्राउ गरिएको हो । उनी मसाला अवार्डस् फङ्शन २०१८ मा समावेश हुनका लागि दुबई गएका थिए । बिहिबार राती उनको दुबईको एक होटलमा कार्यक्रम थियो जसपश्चात् उनी भारत फर्किने तयारीमा थिए तर अब उनको भारत फिर्तीमा केही समय लाग्ने बताइएको छ ।

रिपोर्टका अनुसार मिकाले ब्राजिलियन मोडललाई बलिउडमा काम दिलाउने बाचा पनि गरेका थिए । मिकाले काउन्सलर एक्सेसको माग गरेका छन् । यूएई अर्थात् संयुक्त अरब इमिरेट्सस्थित भारतीय दूतावास मिकालाई काउन्सलर उपलब्ध गराउने कोसिस गरिरहेको छ । जब घटना दुई देशबीचको हुन्छ तब आरोपीलाई काउन्सलर उपलब्ध गराइने प्रावधान छ । यूएईमा भारतीय राजदूत नवदीप सिंह सुरीले यसबारे जानकारी दिएका हुन् ।

यस मामलामा नयाँ अपडेट सार्वजनिक भएको छ । मिकालाई बिहिबार अबेर राती जमानतमा रिहा गरिएको छ । उनलाई शुक्रबार अदालतमा पेश गरिनेछ जहाँ यसको सुनुवाई हुनेछ । एजेन्सी










2085068 Times Visited.

Suprim Sanchar Pvt. Ltd.
Main Raod, Chandranighapur -1, Chandrapur Municipality, Rautahat
Mobile: 9855041125
http://www.kalampati.com
Email: kalampati@gmail.com
द. न. ४११
सचालक/ सम्पादक : फणि महत
more...
कम्पनी दर्ता : १५३७६१/०७३/०७४
सुचना बिभाग दर्ता : ४११, चन्द्रपुर ४, रौतहट
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © सुप्रिम संचार प्रा. लि. २०७५ मा सुरक्षित रहनेछ ।
Top