आयुर्वेदिक अस्पतालमा उपचार गर्दै कपिल

मनोरञ्जन

फ्राइडे रिलिज : एक्लै आयो ‘साली कसको भेनाको’



मनोरञ्जन प्रकाशित मिति:

फ्राईडे रिलिज अन्तर्गत यो साता अर्थात आज शुक्रबारबाट एकमात्र चलचित्र प्रदर्शनमा आएको छ । चलचित्र हो –‘साली कसको भेनाको’ । यो चलचित्र देशभरबाट एकसाथ प्रदर्शनमा आएका हो ।

यद्यपि, देशभरका चलचित्र भवन ‘साली कसको भेनाको’ले मात्र पाउँने छैन ।

गत साता प्रदर्शनमा आएका दुई चलचित्रले पनि ‘रोज’ र ‘रामकहानी’ले पनि केही स्टेशनमा निरन्तरता पाएका छन् । यी दुवै चलचित्रले राम्रो व्यवसाय गर्दै दोस्रो सातामा प्रवेश गरेको यी चलचित्रका निर्माता निर्देशकको भनाई रहेको छ ।

भद्र भुजेलको निर्देशन रहेको चलचित्र ‘साली कसको भेनाको’ केही दिन पहिले राजधानीमा प्रिमियर गरिएको थियो ।

सिनेकर्मी तथा सञ्चारकर्मीको उपस्थिति रहेको प्रिमियरमा अभिनेता मदनकृष्ण श्रेष्ठले चलचित्र रमाइलो बनेको प्रतिक्रिया दिएका थिए । सो अवसरमा कलाकार हरिहर शर्माले समसामयिक विषयमा हाँस्यप्रधान चलचित्र बनेको बताए ।

विल्सन विक्रम राई, मरिस्का पोखरेल, रजनी गुरुङ, बुद्धि तामाङ, जयनन्द लामा, कविता आले, वीरेन श्रेष्ठ, देव सागर, पुष्प आचार्य लगायतको अभिनय रहेको चलचित्रले मगर समुदायमा प्रचलित साली भेनाको सम्बन्धको कथा देखाउन खोजेको छ ।

दीर्घ गुरुङको छायाँकन, बनिश शाहको सम्पादन, वसन्त श्रेष्ठ र गम्भीर विष्टको नृत्य निर्देशन यो चलचित्रमा रहेको छ ।

यो चलचित्रलाई प्रसाद श्रेष्ठसँगै रामप्रसाद श्रेष्ठ, सुशील गोपाल न्याछ्योर, काजीमान श्रेष्ठ, कमला भट्टराई र मुक्ति अधिकारीले निर्माण गरेका हुन् । आफ्नो चलचित्र दर्शकको रोजाइमा पर्ने निर्देशक भुजेलले बताए । साभार रातोपाटी
स्विमिङ पूलमा सुष्माको विकिनी अवतार - 2017-11-21
नायिका सुष्मा कार्कीलाई दर्शकले विकिनी अवतारमा यस अगाडि पनि देखेकै हुन् । सुष्मा कार्कीको चर्चा चलचित्र क्षेत्रमा अभिनय भन्दा यस्तै बोल्ड शैलीले बढी भएको थियो ।

सन्नीको खुलासा – मलाई हरेक दिन ज्यान मार्ने धम्की आउँछ - 2017-11-21
फिल्म ‘पद्मावती’को विषयलाई लिएर राजपुत करणी सेनाले निर्देशक संजय लिला भंसालीको टाउको काट्ने र अभिनेत्री दीपिका पादुकोणको नाक काट्नेसम्मको धम्की दिएका छन् ।

नेपाल आइडलका विजेता र सहभागीको कन्सर्ट आज जावलाखेलमा - 2017-11-18
नेपाल आइडलका विजेता र सहभागीहरुको कन्सर्ट आज जावलाखेलमा हुँदैछ ।

‘पद्यमावती’को समर्थनमा बोले सलमान - 2017-11-14
चौतर्फी आक्रमणमा परेका बलिउड निर्देशक सञ्जयलीला भन्साली र चलचित्र ‘पद्यमावती’को नायक सलमान खानले बचाउ गरेका छन् ।

‘क्विन’का लागि पसिना बगाउँदै तमन्ना - 2017-11-14
साउथ चलचित्रकी सुपरस्टार तमन्ना भाटिया हिन्दी चलचित्र ‘क्विन’ को तेलुगु रिमेकमा काम गर्दै छिन् । ‘क्विन’मा मुख्य भुमिका निर्वाह गर्ने भएपछि अहिले तमन्नाको दैनिकी फेरिएको छ ।

छोरीका लागि किताब लेख्दै शाहरुख - 2017-11-12
बलिउडमा किङ खानले परिचित शाहरुख खानलाई ट्विटरमा फलो गर्नेको संख्या तीन करोड पुगेको छ ।

ईशाको यस्तो तस्बिरले मच्चायो सनसनी - 2017-11-12
बोल्ड अन्दाजले हमेसा चर्चामा रहने अभिनेत्री ईशा गुप्ता यो साता बलिउडमा हट केक बनेकी छन् ।

यी हुन् निर्देशक ‘कट’ भनेपछि पनि चुम्बनमै हराएका बलिउडका कलाकार - 2017-11-10
बलिउड चलचित्रमा इन्टिमेट दृश्य खिच्दा निर्देशकलाई अहिले पनि हम्मे-हम्मे पर्छ । केही कलाकार चुम्बनको दृष्य गर्न गार्‍हो मानेको घटना सार्वजनिक भएकै हो ।

शारीरिक सम्बन्धको प्रस्ताव अस्विकार गर्दा फिल्मबाट निकालिइन् स्वरा - 2017-11-08
अहिले चलचित्र ‘वीरे दी वेडिङ’को सुटिङमा ब्यस्त नायिका स्वरा भास्करले आफू बलिउड निर्देशकबाट शारीरिक शोषणमा परेको बताएकी छिन् ।

PREV 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 NEXT

English News



1695485 Times Visited.

Suprim Sanchar Pvt. Ltd.
Main Raod, Chandranighapur -1, Chandrapur Municipality, Rautahat
Mobile: 9855041125
http://www.kalampati.com
Email: kalampati@gmail.com
द. न. ४११
सचालक/ सम्पादक : फणि महत
more...
कम्पनी दर्ता : १५३७६१/०७३/०७४
सुचना बिभाग दर्ता : ४११, चन्द्रपुर ४, रौतहट
All right reserved 2017 © Suprim Sanchar Pvt. Ltd.
Powered by :
Top