आयुर्वेदिक अस्पतालमा उपचार गर्दै कपिल

मनोरञ्जन

फ्राइडे रिलिज : एक्लै आयो ‘साली कसको भेनाको’



मनोरञ्जन प्रकाशित मिति:

फ्राईडे रिलिज अन्तर्गत यो साता अर्थात आज शुक्रबारबाट एकमात्र चलचित्र प्रदर्शनमा आएको छ । चलचित्र हो –‘साली कसको भेनाको’ । यो चलचित्र देशभरबाट एकसाथ प्रदर्शनमा आएका हो ।

यद्यपि, देशभरका चलचित्र भवन ‘साली कसको भेनाको’ले मात्र पाउँने छैन ।

गत साता प्रदर्शनमा आएका दुई चलचित्रले पनि ‘रोज’ र ‘रामकहानी’ले पनि केही स्टेशनमा निरन्तरता पाएका छन् । यी दुवै चलचित्रले राम्रो व्यवसाय गर्दै दोस्रो सातामा प्रवेश गरेको यी चलचित्रका निर्माता निर्देशकको भनाई रहेको छ ।

भद्र भुजेलको निर्देशन रहेको चलचित्र ‘साली कसको भेनाको’ केही दिन पहिले राजधानीमा प्रिमियर गरिएको थियो ।

सिनेकर्मी तथा सञ्चारकर्मीको उपस्थिति रहेको प्रिमियरमा अभिनेता मदनकृष्ण श्रेष्ठले चलचित्र रमाइलो बनेको प्रतिक्रिया दिएका थिए । सो अवसरमा कलाकार हरिहर शर्माले समसामयिक विषयमा हाँस्यप्रधान चलचित्र बनेको बताए ।

विल्सन विक्रम राई, मरिस्का पोखरेल, रजनी गुरुङ, बुद्धि तामाङ, जयनन्द लामा, कविता आले, वीरेन श्रेष्ठ, देव सागर, पुष्प आचार्य लगायतको अभिनय रहेको चलचित्रले मगर समुदायमा प्रचलित साली भेनाको सम्बन्धको कथा देखाउन खोजेको छ ।

दीर्घ गुरुङको छायाँकन, बनिश शाहको सम्पादन, वसन्त श्रेष्ठ र गम्भीर विष्टको नृत्य निर्देशन यो चलचित्रमा रहेको छ ।

यो चलचित्रलाई प्रसाद श्रेष्ठसँगै रामप्रसाद श्रेष्ठ, सुशील गोपाल न्याछ्योर, काजीमान श्रेष्ठ, कमला भट्टराई र मुक्ति अधिकारीले निर्माण गरेका हुन् । आफ्नो चलचित्र दर्शकको रोजाइमा पर्ने निर्देशक भुजेलले बताए । साभार रातोपाटी
भिडन्त भएपनि सन्नीले दिइन् कपिललाई शुभकामना - 2017-11-29
डिसेम्बर १ तारिखमा रिलिज हुने भनिएको चलचित्र ‘पद्यमावती’को प्रदर्शन मिति अनिश्चित बनेपछि केहि चलचित्रले सो मितिमा आफ्नो चलचित्रको डेट सारेका छन् । सोहीकारणले केहि चलचित्रको भिडन्त डिसेम्बर १ तारिखमा हुने भएको छ ।

अष्ट्रेलियामा साम्राज्ञीको रेड हट अवतार - 2017-11-29
अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह यतिबेला अष्ट्रेलियामा छिन् । स्वदेशमा राम्रै चलेको उनको पछिल्लो चलचित्र ‘ए मेरो हजुर २’ प्रिमियरका लागि उनी अष्ट्रेलिया पुगेकी हुन् ।

‘मंसिर’ लागेपछि बिहे गर्न मन लाग्छ’: बर्षा राउत - 2017-11-28
मंसिर महिनालाई बिहेको महिना पनि भनिन्छ । यो महिनामा धेरै सम्बन्धहरु जोडिएका हुन्छन् ।

हट दृश्य बाहिरिएपछि ‘जुली २’ हिरोइन तनावमा - 2017-11-27
भारतीय क्रिकेटर महेन्द्र सिंह धोनीसँगको अफेयरको कारण कुनै समय चर्चामा रहेकी नायिका राय लक्ष्मीले हिन्दी चलचित्र ‘जुली-२’ बाट बलिउडमा डेब्यु गरेकी छिन् ।

सर्लाही ४ का माओवादी उम्मेदवार शिवपुजनको उम्मेदवारी खारेज - 2017-11-27
सर्लाही क्षेत्र नम्बर ४ का वाम गठबन्धनका उम्मेदवार शिवपुजन राय यादवको उम्मेदवारी खारेज भएको छ ।

प्रियंकापछि एमीको हलिउड फड्को - 2017-11-26
प्रियंका चोपडा पछि अभिनेत्री एमी ज्याक्सन पनि हलिउड अभिनयमा डेब्यु गर्दैछिन् । उनले पनि प्रियंकाझै अमेरिकन टिभी शो मार्फत हलिउड डेब्यु गर्न लागेकी हुन् ।

उमेरले ४२ टेक्दा पनि अझै सिंगल यी अभिनेत्री - 2017-11-26
मिस युनिवर्स बिजेता बलिउड अभिनेत्री सुष्मिता सेन ४२ बर्षकी भएकी छन् । थुप्रै चलचित्रमा अभिनय गरेकी सेनले अभिनयबाट खासै नाम कमाउन सकिनन् । सुष्मिता अहिले पनि सिंगल छिन् ।

ज्याकलिनको पोलमा यस्तो हर्कत - 2017-11-21
चर्चाका लागि अजिव अजिवका हर्कत गर्ने बलिउड अभिनेत्री मध्य ज्याकलीन फर्नाडिज पनि एक हुन् । उनले हालै एक तस्बिर इस्टाग्राम एकाउन्टमा पोष्ट गरेकी छन् । जुन तस्बिर अहिले चर्चाको बिषय बनेको छ ।

मलाइकाको हट पोल डान्सको चर्चा - 2017-11-21
बलिउड हट आइटम गर्ल मलाइका अरोरा अहिले एमटीभी इण्डियाको ‘नेक्स्ट टप मोडल सीजन-३’को मुल्यांकनकर्ता बनेकी छिन् । यस शोमा उनको साथमा छन्, मिलिन्द सोमन र फोटोग्राफर डब्बु रतानी ।

PREV 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 NEXT

English News



1702926 Times Visited.

Suprim Sanchar Pvt. Ltd.
Main Raod, Chandranighapur -1, Chandrapur Municipality, Rautahat
Mobile: 9855041125
http://www.kalampati.com
Email: kalampati@gmail.com
द. न. ४११
सचालक/ सम्पादक : फणि महत
more...
कम्पनी दर्ता : १५३७६१/०७३/०७४
सुचना बिभाग दर्ता : ४११, चन्द्रपुर ४, रौतहट
All right reserved 2017 © Suprim Sanchar Pvt. Ltd.
Powered by :
Top